सेवा सभाको तालिका
फेब्रुअरी १४ मा सुरु हुने हप्ता
गीत ११३
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “अविलम्बी भई वचन प्रचार गर।” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ १७० मा दिइएको टिप्पणीहरू समावेश गर्नुहोस्। प्रचार कार्य अघि बढाउन केही व्यवहारिक सल्लाहहरू दिनुहोस्।
२० मि: “तर्क शक्ति कसरी विकास गर्ने।” भाषण तथा प्रदर्शन। सेवकाईमा तर्क शक्ति किन आवश्यक छ र यसलाई कसरी हासिल गर्नसकिन्छ बताउनुहोस्। दुई जना योग्य भाइहरूलाई सेवकाईको लागि कसरी तयारी गर्ने त्यसबारे यसै लेखको अनुच्छेद ३ मा उल्लेख गरिएका बुँदाहरू छलफल गर्न र प्रस्तुतिहरू प्रदर्शन गर्न लगाउनुहोस्।
गीत १८२ र समापन प्रार्थना।
फेब्रुअरी २१ मा सुरु हुने हप्ता
गीत १७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “प्रभुमा परिश्रम गर्ने स्त्रीहरू।” एक मिनेटभन्दा लामो परिचय नदिनुहोस्। प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। सेप्टेम्बर १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ १४-१५ अनुच्छेद १८-१९ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्। बहिनीहरूले दिएका स्वैच्छिक समर्थन, अरूहरूको निम्ति गरेका लाभदायी सेवाहरू तथा जोसिलो प्रचार कार्यको प्रशंसा गर्नुहोस्।
२० मि: “विश्वासमा स्थिर रहन हामीलाई केले मदत गर्न सक्छ?” प्राचीनद्वारा भाषण। हामी सबै जना कठिन समयमा बाँचिरहेका छौं र कुनै न कुनै तरिकामा हामीलाई मदतको आवश्यकता पर्दछ। समस्याहरूले गर्दा निरुत्साहित भएका भाइबहिनीलाई मदत गर्न प्राचीन तथा सेवकाई सेवकहरूले के गर्न सक्छन्, पुनरावलोकन गर्नुहोस्। (“उन्नति गराउने गोठालो कार्य” उपशीर्षक भएको सेप्टेम्बर १५, १९९३ को प्रहरीधरहरा अंग्रेजी अंकको पृष्ठ २१-३ हेर्नुहोस्।) हामी एकअर्कालाई कसरी आध्यात्मिक तवरमा स्थिर बनाउने गरी प्रोत्साहित गर्नसक्छौं, वर्णन गर्नुहोस्।—रोमी १:११, १२.
गीत ८२ र समापन प्रार्थना।
फेब्रुअरी २८ मा सुरु हुने हप्ता
गीत ४६
१० मि: स्थानीय घोषणाहरू। सबैलाई फेब्रुअरी महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्। ज्ञान पुस्तक प्रस्तुत गर्नुअगाडि शान्तिमय नयाँ संसारमा जीवन पर्चा चलाउन सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। पर्चाको सुरुको अनुच्छेदका प्रश्नहरूमा ध्यान केन्द्रित गरिसकेपछि पृष्ठ ३ को पहिलो अनुच्छेदका साथै भजन ३७:२९ पनि पढ्नुहोस्। चासो देखाएको खण्डमा ज्ञान पुस्तक निकाल्नुहोस् र पृष्ठ ५ को पेटी पढ्नुहोस् अनि बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्। यस महिना सबैले नयाँ गृह बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुपर्छ।
५ मि: प्रश्न पेटी। प्रचीनद्वारा भाषण।
१२ मि: डानियल्स प्रोफेसी पुस्तकको पुनरावलोकन गर्नुहोस्। भाषण तथा श्रोताहरूसित छलफल। नयाँ पुस्तकको विशेषताहरू बताउनुहोस्। जस्तै; चाखलाग्दा विषयहरू, जीवन्त चित्रहरू, हरेक छलफलपछि राखिएका हृदय जाँच्ने खालका प्रश्न पेटीहरू र वर्णनहरूलाई स्पष्ट पार्ने नक्सा तथा चार्टहरू आदि। माइकल कसरी विशेष तरिकामा “खडा हुनेछन्” भन्ने प्रोत्साहनदायी भाषण प्रस्तुत गर्नुहोस्। (पृष्ठ २८८-९०) हामी परमेश्वरका वचनका शिक्षकहरू भइरहनु किन आवश्यक छ, त्यो पनि छलफल गर्नुहोस्। (पृष्ठ ३११-१२) हामी सबैले यो पुस्तक होसियारी साथ पढ्नुका साथै चासो देखाउने व्यक्तिहरूलाई पनि त्यसरी नै पढ्न प्रोत्साहित गर्नुपर्छ।
१८ मि: “पूरा निश्चित भई सुसमाचार प्रचार गर्ने।” पहिलो र दोस्रो अनुच्छेदहरूमा उल्लिखित तथा उद्धृत पदहरू चलाउँदै विषयवस्तुसित सम्बन्धित दुई/तीन मिनेटसम्मको हृदयस्पर्शी परिचय दिनुहोस्। त्यसपछि अनुच्छेद ३-१२ प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।
गीत ६१ र समापन प्रार्थना।
मार्च ६ मा सुरु हुने हप्ता
गीत ११६
५ मि: स्थानीय घोषणाहरू।
१० मि: स्थानीय आवश्यकताहरू।
१० मि: “कसरी सुन्नुहुन्छ, ध्यान दिनुहोस्।” परिवारका मूलीले आफ्नी पत्नी तथा छोराछोरीसित मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूबाट कसरी अझ बढी लाभ उठाउनसकिन्छ, त्यसबारे छलफल गर्छन्। परिवारका सबैले राम्ररी ध्यान दिनसक्छन् भनेर तिनी आफ्नो विचार पोख्छन्। तिनीहरू दिइएका बुँदागत सल्लाहहरूको पुनरावलोकन गर्नुका साथै हरेकलाई कसरी प्रयोग गर्नसकिन्छ र सिकेका कुराहरू अझ बढी छलफल गर्नुपर्ने आवश्यकताबारे कुराकानी गर्छन्। कुनै पनि सभा वा अधिवेशन अथवा सम्मेलनका भागहरू सकेसम्म नछुटाउने आफ्नो अठोटलाई कसरी कायमै राख्ने भनेर पनि तिनीहरू छलफल गर्छन्।
२० मि: “पूरा निश्चित भई सुसमाचार प्रचार गर्ने।” गत हप्ता छलफल गरिएको परिशिष्टको १२ वटा अनुच्छेदहरूको छोटो पुनरावृत्ति गरिसकेपछि अनुच्छेद १३-२४ सम्म प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। उद्धृत तथा उल्लिखित शास्त्रपदहरूको सदुपयोग गर्नुहोस्।
गीत १८६ र समापन प्रार्थना।