प्रश्न पेटी
▪ कुनै व्यक्तिलाई पुनर्स्थापित गरिएको घोषणा गर्दा के ताली बजाउनु के उपयुक्त छ?
यहोवा परमेश्वर कृपालु हुनुभएकोले कुमार्गमा लागेका पश्चात्तापी व्यक्तिहरूलाई उहाँको निगाह प्राप्त गर्न र मसीही मण्डलीमा पुनर्स्थापित हुन धर्मशास्त्रीय आधार दिनुभएको छ। (भज. ५१:१२, १७) यस्तो बेला तिनीहरूले गरेका हार्दिक पश्चात्तापप्रति प्रेम देखाउन हामीलाई प्रोत्साहित गरिएको छ।—२ कोरि. २:६-८.
हाम्रा नातेदार वा चिनजान भएका व्यक्तिहरू मण्डलीमा पुनर्स्थापित गरिएको घोषणा गर्दा हामीलाई आनन्द लागे तापनि हामीले त्यस अवसरको शान्त भएर कदर गर्नु बेस हुनेछ। अक्टोबर १, १९९८ अंकको प्रहरीधरहरा पृष्ठ १७ मा यस विषयमा यसरी लेखिएको पाइन्छ: “तथापि, कुन खास कारणले गर्दा एक व्यक्ति निकालियो वा पुनर्स्थापित भयो मण्डलीमा थुप्रैलाई थाह हुँदैन भनेर हामीले याद गर्नुपर्छ। यसबाहेक, पश्चात्तापीको गलत कार्यले गर्दा सायद निकै समयसम्म व्यक्तिगत तवरमा प्रभावित भएकाहरू वा आघात परेकाहरू हुनसक्छन्। त्यसकारण, यस्ता सम्भावनाहरूमा संवेदनशील हुँदै पुनर्स्थापित भएको घोषणा गरिंदा व्यक्तिगत तवरमा स्वागत गर्न नमिलुञ्जेल हामीले स्वतः आफ्ना भावनाहरू नियन्त्रण गर्नु स्वाभाविकै हो।”
कुनै व्यक्ति सच्चाइमा फर्कंदा हामीलाई आनन्द लागे तापनि त्यस भाइ वा बहिनी पुनर्स्थापित हुँदा ताली बजाएर प्रशंसा गर्नु उचित हुँदैन।