प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 फेब्रुअरी पृ. ८
  • तर्क शक्‍ति कसरी विकास गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तर्क शक्‍ति कसरी विकास गर्ने
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • पुनः भेटमा जानु हुँदा रीʹजनइङ्‌ पुस्तकलाई उपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
हाम्रो राज्य सेवकाई—२०००
km00 फेब्रुअरी पृ. ८

तर्क शक्‍ति कसरी विकास गर्ने

१ “तर्क” शब्दको एउटा अर्थ हुन्छ, “अर्को व्यक्‍तिको कार्य तथा विचारधारालाई असर गर्ने गरी कुराकानी गर्नु।” सेवकाईमा प्रभावकारिता बढाउन तपाईंले आफूले भेट्‌ने मानिसहरूसित तर्क गर्ने क्षमता खेती गर्नु आवश्‍यक छ। (प्रेरि. १७:२-४) तर तपाईंले कसरी यो सीप विकास गर्न सक्नुहुन्छ?

२ पहिलो चरण हो, मनन गरेर: बाइबल सच्चाइहरू अध्ययन गर्दा तपाईंले विषयवस्तुमाथि ध्यान दिनु मदतकारी हुनेछ। कुनै कुनै बुँदा बुझ्न अलि गाह्रो लाग्यो भने त्यसबारे जानकारी हासिल गर्न केही समय लगाएर अनुसन्धान गर्नुहोस्‌ र भेट्टाउनुभएका जवाफहरूमाथि मनन गर्नुहोस्‌। आफूले भेट्टाएका जवाफहरूका साथै त्यसका धर्मशास्त्रीय आधारहरूलाई राम्ररी बुझ्ने प्रयास गर्नुहोस्‌।

३ सेवकाईको लागि तयारी गर्नु पनि समावेश छ: विभिन्‍न किसिमका मानिसहरूलाई आफूले सिकेका सच्चाइ कसरी व्यक्‍त गर्नुहुन्छ, सोच्नुहोस्‌। चासो जगाउन सक्ने खालका घतलाग्दा प्रश्‍नहरू बनाउनुहोस्‌। यिनीहरूलाई धर्मशास्त्रीय बुँदाहरूसित कसरी जोड्‌ने र तर्क गर्ने, यकिन गर्नुहोस्‌। यसरी तर्क गर्दा कस्ता प्रश्‍नहरू उठ्‌नसक्छ, अन्दाज गर्नुहोस्‌ र ती प्रश्‍नहरू कसरी छलफल गर्ने, विचार गर्नुहोस्‌। तपाईंले प्रस्तुत गर्न लाग्नुभएको प्रकाशनको कुनचाहिं बुँदा तपाईंको तर्कसित मेल खान्छ, पत्ता लगाउनुहोस्‌।

४ येशूको उदाहरण पछ्याउनुहोस्‌: धर्मशास्त्रबाट प्रभावशाली ढंगमा तर्क गर्ने सन्दर्भमा येशूले राम्रो उदाहरण बसाल्नुभयो। उहाँको सिकाउने शैली जान्‍नका लागि लूका १०:२५-३७ सम्म लेखिएका कुराहरूलाई ध्यान दिनुहोस्‌। निम्न बुँदाहरूलाई विचार गर्नुहोस्‌: (१) प्रश्‍नहरूको जवाफ दिंदा सीधै धर्मशास्त्रमाथि ध्यानाकर्षित गर्ने। (२) तिनीहरूलाई आफ्नो विचार व्यक्‍त गर्न लगाउने र बुद्धिमानी जवाफ दिंदा तिनीहरूको प्रशंसा गर्ने। (३) प्रश्‍न अनि धर्मशास्त्रले दिने जवाफमाथि ध्यान केन्द्रित गराइरहने। (४) हृदय छुने उदाहरणहरू चलाएर तपाईंले दिनुभएको जवाफ बुझ्ने मदत दिने।—मार्च १, १९८६ अंग्रेजी अंकको प्रहरीधरहरा, पृष्ठ २७-८, अनुच्छेदहरू ८-१० सम्म हेर्नुहोस्‌।

५ उपलब्ध धनहरू चलाउनुहोस्‌: रिजनिंग फ्रम द स्क्रिप्चर्स पुस्तक क्षेत्र सेवकाईमा प्रयोग गर्न प्रकाशित गरिएको हाते पुस्तक हो। यसमा दिइएका परिचयहरू, कुराकानी रोक्न खोज्दा दिने जवाफहरू तथा तर्क गर्नसकिने बुँदाहरूले हामीलाई तर्क गर्ने क्षमता विकास गर्न मदत गर्छ। रिजनिंग पुस्तक हामीले सेवकाईमा सधैं बोकेर लैजानसक्ने बहुमूल्य औजार हो र बाइबलसम्बन्धी छलफलहरू गर्दा यसलाई प्रयोग गर्न हिचकिचाउनु हुँदैन। यस पुस्तकको पृष्ठ ७ र ८ लाई पुनरावलोकन गरेर यसको धेरैभन्दा धेरै लाभ कसरी उठाउनसकिन्छ हेर्नुहोस्‌।

६ तपाईंले तर्क गर्ने क्षमता विकास गर्नुभयो भने प्रचार गर्ने र शिक्षा दिने कार्यमा सिपालु हुनुहुनेछ। फलतः तपाईं र क्षेत्र सेवकाईमा तपाईंको कुरा सुन्‍ने मानिसहरूको निम्ति ठूलो आशिष्‌ साबित हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने