ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा जनवरी ३ देखि अप्रिल १७, २००० सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. कहिलेकाहीं यहोवाको आशिष् पाउन हामीले पर्खनैपर्ने हुन्छ किनकि यहोवा हाम्रो परिस्थिति जान्नुहुन्छ र हाम्रा आवश्यकताहरू कुन बेला पूरा गरे धेरै लाभ हुन्छ, सो ध्यानमा राख्नुहुन्छ। (भज. १४५:१६; याकू. १:१७) [w-NP९८ १/१ पृ. २३ अनु. ६]
२. आफ्ना छोराछोरीलाई यौन विषयमा ठीक मात्रामा निर्देशन दिनु उचित मात्र नभई दयालु कुरा पनि हो। [w-NP९८ २/१५ पृ. ८]
३. आज हामीले आध्यात्मिक पोषण पाउन यहोवाको वचन पढे पुग्छ। (व्यव. ८:३) [साप्ताहिक बाइबल पढाइ; w८५ ६/१५ पृ. १७ अनु. १५, १७ हेर्नुहोस्।]
४. व्यवस्था २३:२० मा मोशाको व्यवस्थामा झल्काइएको सिद्धान्तअनुसार मसीहीले ऋण दिंदा ब्याज लिनु मायालु कुरा होइन। [साप्ताहिक बाइबल पढाइ; it-१ पृ. १२१२ अनु. ५; it-२ पृ. २५९ अनु. ११; w८६ १०/१५ पृ. १२ अनु. ९]
५. यहोशू र कालेबको आशावादी सन्देश प्रतिज्ञा गरिएको देश हासिल गर्न जस्तोसुकै अवरोध पार गर्न सक्छौं भन्ने इस्राएलीहरूको दृढ विश्वास र संकल्पमा आधारित थियो। (गन्ती १३:३०) [w-NP९८ २/१ पृ. ५ अनु. ४]
६. पहिलो तिमोथीमा पावलले “वरदान” शब्द उल्लेख गर्दा तिमोथी पवित्र आत्माले अभिषिक्त गरिएका हुन् र तिनले स्वर्गीय इनाम पाउनेछन् भनी बताइरहेका थिए। (१ तिमो. ४:१४) [w-NP९८ २/१५ पृ. २५ अनु. १]
७. व्यभिचार गरेको खण्डमा माफी दिन मिल्ने भए तापनि दोषी पति वा पत्नीसित सम्बन्धविच्छेद गर्ने यो एक मात्र शास्त्रीय कारण हो। (मत्ती ५:३२) [kl-NP अध्याय १३ अनु. १३]
८. येशूले मण्डलीसित ज्यादै कोमल, प्रेमपूर्ण र विचारशील व्यवहार गर्नुभएजस्तै पतिले पनि आफ्नी पत्नीसित गर्नुको अर्थ ख्रीष्टप्रति आफ्नो अधीनता व्यक्त गर्नु हो। (१ यूहन्ना २:६; मत्ती २०:२५-२८) [kl-NP अध्याय १४ अनु. १२]
९. न्यायकर्त्ता ६:३७-३९ मा वर्णन गरिएका गिदोनको अनुरोधले तिनी अनावश्यक किसिमले चनाखो र शंकालु हुँदै थिए भन्ने देखाउँछ। [साप्ताहिक बाइबल पढाइ; w८८ ४/१ पृ. ३० अनु. ६ हेर्नुहोस्।]
१०. येशूले आफ्ना चेलाहरूलाई ‘बाटोमा कसैलाई सलाम नगर’ भनेर निर्देशन दिनुहुँदा उहाँले प्रचारकार्यको जरुरी र यो सबैभन्दा महत्त्वपूर्ण काममा पूर्णतया ध्यान दिनुपर्ने आवश्यकतालाई जोड दिइरहनुभएको थियो। (लूका १०:४) [w-NP९८ ३/१ पृ. ३० अनु. ५]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. यहोवाका वचनहरू आमाबाबुको हृदयमा हुनु किन महत्त्वपूर्ण छ? (व्यव. ६:५, ६) [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ६/१ पृ. २० अनु. ४ हेर्नुहोस्।]
१२. व्यवस्था ११:१८, १९ मा दिइएको सिद्धान्त लागू गर्न परिवारको शिरले के गर्नसक्छन्? [साप्ताहिक बाइबल पढाइ; fy-NP पृ. ७० अनु. १४ हेर्नुहोस्।]
१३. पावलले फिलेमोनलाई पत्र लेख्नुअघि भगुवा दास ओनसिमस प्रेरित पावलसित लामो समयसम्म थिए भनेर कुन शास्त्रले देखाउँछ? [w-NP९८ १/१५ पृ. ३० अनु. २]
१४. हामीले अन्याय देख्दा वा आफैले अन्याय भोग्नुपर्दा हताश नमान्न वा निराश नहुन के गर्नसक्छौं? [w-NP९८ २/१ पृ. ६ अनु. २-३]
१५. यस रीतिरिवाजको अन्त कसरी हुनेछ? [kl-NP अध्याय ११ अनु. १५]
१६. यहोशू १०:१०-१४ मा वर्णन गरिएका घटनाहरू र आरमागेडोनमा हुने कुराहरू कसरी समान छन्? [साप्ताहिक बाइबल पढाइ; w८६ १२/१५ पृ. २३ अनु. १२-पृ. २४ अनु. १४ हेर्नुहोस्।]
१७. प्रशंसनीय आचरणको साँचो प्रशंसा गर्नुका तीनवटा फाइदाहरू बताउनुहोस्। (हितोपदेश १५:२३ तुलना गर्नुहोस्।) [w-NP९८ २/१ पृ. ३१ अनु. ५-६]
१८. यहोशू २०:४ अनुसार शरणस्थानको प्रतीकात्मक शहरमा कसरी भाग्न सकिन्छ? [साप्ताहिक बाइबल पढाइ; w८६ १२/१५ पृ. २४ अनु. १६ हेर्नुहोस्।]
१९. कीशोन खोल्चामा सीसराका उत्कृष्ट सेनाहरूको विरुद्धमा न्यायकर्ता बाराकले हासिल गरेको विजयले हाम्रो समयमा महत्त्वपूर्ण अर्थ राख्छ भनेर न्यायकर्त्ता ५:३१ ले कसरी देखाउँछ? [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २१ अनु. ४ हेर्नुहोस्।]
२०. न्यायकर्त्ता ७:२१ मा रेकर्ड गरिएको “हरेक मानिस आफू बसेको ठाउँमानै . . . उभिरहे” भन्ने अभिव्यक्तिको सिद्धान्तलाई हामीले कुन अर्थमा बुझ्नसक्छौं? [साप्ताहिक बाइबल पढाइ; w८२ ६/१ पृ. २५ अनु. १७]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. यहोवाका अझ थुप्रै आशिष्हरू अनुभव गर्न हामीले _______________ गरिरहनुपर्छ र यहोवाको वचनमा पाइने बहुमूल्य शिक्षाहरू _______________ प्रार्थनाद्वारा उहाँसँग मदत माग्नुपर्छ। (१ तिमो. ४:८, ९) [w-NP९८ १/१ पृ. २४ अनु. ६]
२२. चापलुसी बोलीले यहोवालाई असाध्यै अप्रसन्न तुल्याउँछ किनभने त्यो _______________ उत्प्रेरित भएको हुन्छ र यो न _______________ हुन्छ न _____________। अनि सबैभन्दा मुख्य कुरा, त्यो _______________ हुन्छ। [w-NP९८ २/१ पृ. ३० अनु. २-३]
२३. प्रेतवाद भनेको _______________ तथा _______________ सित प्रत्यक्ष अथवा कुनै _______________ सम्पर्क राख्नु हो। [kl-Np अध्याय १२ अनु. ६]
२४. मत्ती ७:२४-२७ मा भएको येशूको उखानअनुरूप बुद्धिमान् आमाबाबुले आफ्ना छोराछोरीलाई _______________ रहन मदत गर्ने _______________ दिएर यस संसारको दबाउको सामना गर्न मदत गर्नसक्छन्। [w-NP९८ २/१५ पृ. ९ अनु. १]
२५. बाइबलमा _______________ भन्दा बढी पटक यहोवालाई _______________ भनिएको छ। सर्वसत्ताधारी उनलाई भनिन्छ जोसित _______________ हुन्छ। [kl-Np अध्याय १४ अनु. ३]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. आफ्नो मृत्युपछि सम्पत्तिको हकदार को हुने हो भनी इच्छापत्र तयार गर्नु वा अरू नै व्यवस्था मिलाउनु (मण्डलीको मामिला; व्यक्तिगत मामिला; साँचो मसीहीको आवश्यकता) हो। (गला. ६:५) [w-NP९८ १/१५ पृ. १९ अनु. ६]
२७. पावलले (ओनामलाई; ओन्सिफरसलाई; ओनसिमसलाई) हार्दिक स्वागत गर्नु भनेर फिलेमोनलाई प्रोत्साहित गरे तर तिनले आफू प्रेरित हुनाको अधिकार जमाएर फिलेमोनलाई त्यसो गर्न जबरजस्ती गरेनन् र दासलाई फुकुवा गर्न कर पनि लगाएनन्। (फिले. २१) [w-NP९८ १/१५ पृ. ३१ अनु. १]
२८. येशूले निको पार्नुभएको कोरीहरूको विवरणमा देखाइएको गम्भीर कमजोरी तिनीहरूको (विश्वासको कमी; अनाज्ञाकारिता; कृतघ्नता) हो। (लूका १७:११-१९) [w-NP९८ २/१५ पृ. ५ अनु. १]
२९. राहाबले इस्राएली गुप्तचरहरूलाई खेद्ने यरीहोका मानिसहरूलाई भनेकी कुरा परमेश्वलाई स्वीकार्य भएकोले (झूट बोल्नु नबोल्नु व्यक्तिगत निर्णय हो; सरोकारै नभएकोलाई साँचो जानकारी दिनैपर्छ भन्ने छैन; तिनले आफ्नो सांसारिक तौरतरिकाहरू पूर्णतया छोडिसकेकी थिइनन्) भनेर देखाउँछ। (यहो. २:३-५; तुलना गर्नुहोस् रोमी १४:४) [साप्ताहिक बाइबल पढाइ; w९३ १२/१५ पृ. २५ अनु. १ हेर्नुहोस्।]
३०. यूहन्ना १३:५ मा रेकर्ड गरिएअनुसार येशूले दिनुभएको व्यवहारिक पाठले (दया; सहानुभूति; विनम्रता) झल्काउँछ र यो गुण छ भने अरूको लागि जस्तै निम्न दर्जाको काम गर्न पनि हिचकिचाउँदैन। [w-NP९८ ३/१५ पृ. ७ अनु. ६]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
व्यव. ७:३, ४; २५:११, १२; २८:३; यर्मि. १५:२०; एफि. १:२२
३१. सृष्टिकर्ताले प्रजनन क्षमताको एकदमै आदर गर्नुहुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै मसीहीले परिवार नियोजन गर्ने उचित तरिका अपनाउने निर्णय गर्नुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ६/१५ पृ. २८ अनु. १-४ हेर्नुहोस्।]
३२. परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने हाम्रो काम पूरा गर्न यहोवाले हामीलाई मदत गर्नुहुन्छ भनेर हामी विश्वस्त हुनसक्छौं। [w९८ ३/१ पृ. २८ अनु. १]
३३. मसीहीले बाइबलको चेताउनी पालन गर्दा बेग्लै धर्म मान्नेसित एउटै हलोमा जोतिंदा पाइने दुःखदायी परिणामबाट जोगिन सक्छन्। [साप्ताहिक बाइबल पढाइ; w८९ ११/१ पृ. २० अनु. ११ हेर्नुहोस्।]
३४. परमेश्वरबाट आशिष्को आनन्द उठाउनु हामी बस्ने ठाउँ अथवा हामीले सेवा गर्ने ठाउँ वा परमेश्वरको सेवामा हामीले पाएको असाइनमेन्टमा निर्भर छैन। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ६/१५ पृ. १५ अनु. १५ हेर्नुहोस्।]
३५. मण्डलीहरू येशू ख्रीष्टको हो र कोरिन्थमा जस्तै उहाँको आफ्नै समयमा मण्डलीको आध्यात्मिक हित र शान्तिलाई खतरामा पार्ने कठिनाइहरूको उहाँले समाधान गर्नुहुनेछ। [w-NP९६ ६/१५ पृ. ३०]