प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 फेब्रुअरी पृ. ७
  • परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरूमा ध्यान दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरूमा ध्यान दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचन पालन गर्नेहरू आनन्दित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “वचन पालन गर्ने” आनन्दित व्यक्‍तिहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • पालन गर्ने होओ—सुन्‍ने मात्र होइन
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 फेब्रुअरी पृ. ७

परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरूमा ध्यान दिनुहोस्‌

१ हामी “परमेश्‍वरको वचन पालन गर्ने होओ” विषयक रोमाञ्चक जिल्ला अधिवेशनमा तीनै दिन भेला भयौं। हामीले आफ्ना दैनिक फिक्रीहरूलाई एकातिर पन्छाएर परमेश्‍वरका आश्‍चर्यका कार्यहरूमा ध्यानकेन्द्रित गऱ्‍यौं। यो कार्यक्रम परमेश्‍वर र उहाँको वचनप्रति हाम्रो विश्‍वास बढाउन, उहाँसितको सम्बन्ध बलियो बनाउन अनि सेवकाईका लागि हाम्रो जोस बढाउने हेतुले तयार पारिएको थियो। आफूलाई सिकाइएका कुराहरूबाट हामीले कसरी लाभ उठाइरहेका छौं त?—यूह. १३:१७.

२ परिवारहरू हो परमेश्‍वरको वचन पालन गर्नुहोस्‌: “परमेश्‍वरको वचनप्रति आज्ञाकारी हुनुहोस्‌” विषयक गोष्ठीले आ-आफ्नो परिवारको आध्यात्मिक स्थिति जाँच्न मदत गऱ्‍यो। केटाकेटीहरू सिक्ने प्रकृतिका हुन्छन्‌। तसर्थ, परिवारलाई आध्यात्मिक तवरमा बलियो बनाउन ईश्‍वरभीरु आमाबाबुलाई पारिवारिक बाइबल अध्ययन थाल्न प्रोत्साहित गरियो। यसले तिनीहरूलाई यहोवासित आनन्दित अनि सुरक्षित सम्बन्ध विकास गर्न मदत गर्नेछ। आमाबाबु हो, आफ्ना छोराछोरीलाई परमेश्‍वरका भावनाहरू बुझ्न सिकाउनुहोस्‌। तपाईं आफै पनि उहाँ र उहाँका कार्यहरूप्रति प्रेम प्रदर्शित गर्नुहोस्‌। (भज. १०३:२) अझ बढी यहोवाको सेवामा भाग लिन परिवारै मिलेर आध्यात्मिक लक्ष्यहरू निर्धारण गर्नुहोस्‌ र त्यसलाई हासिल गर्नुहोस्‌।

३ परमेश्‍वरको वचनले हाम्रो मार्ग उज्यालो पार्छ: आइजयाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड १ नामक नयाँ पुस्तक पाउँदा हामी सबै रमायौं। यो पहिलो खण्ड तपाईंले कतिसम्म पढी सिध्याउनुभयो? यशैयाको पुस्तकले अभक्‍त राष्ट्रहरूका लागि दुःखलाग्दो न्याय र परमेश्‍वरका जनहरूले पाउने उज्ज्वल राज्यका आशिष्‌हरूबारे भविष्यवाणी गर्छ। (यशै. ३४:२; ३५:१०) यसले यहोवा र उहाँले काम कारवाई गर्नुहुने तौर तरिकाहरूमाथिको हाम्रो विश्‍वास र भरोसा पनि बढाउँछ।—यशै. १२:२-५.

४ आइजयाज प्रोफेसी १ पढ्‌दा सुरुका अध्यायहरूमा यशैयाले आफू वरपर दुष्टता व्याप्त भए तापनि कसरी आफ्नो निष्ठा कायमै राखे भनेर तपाईंले बुझ्न सक्नुहुन्छ। परमेश्‍वरको सन्देशवाहक हुने निम्तो पाउँदा तिनले यस्तो जवाफ दिए: “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशै. ६:८) तिनको स्वेच्छाबारे मनन गर्दा तपाईंले सुसमाचार प्रचार गरिरहन र “सब जातिहरूलाई साक्षी” दिने काममा पूर्णतया सहभागी भइरहन प्रोत्साहन पाउनुहुनेछ।—मत्ती २४:१४.

५ यहोवाका कार्यहरूमा हामीले ध्यान दिइरह्‍यौं भने उहाँको महानता अझ बढी थाह पाउनेछौं। त्यसैले, परमेश्‍वरको वचन पालन गर्ने सुअवसरको मूल्यांकन गर्नुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने