प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • नोभेम्बर १३ मा सुरु हुने हप्ता
  • नोभेम्बर २० मा सुरु हुने हप्ता
  • नोभेम्बर २७ मा सुरु हुने हप्ता
  • डिसेम्बर ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर १३ मा सुरु हुने हप्ता

गीत १५३

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१३ मि: राज्य समाचार न. ३६ वितरण गर्दाका अनुभवहरू। बेग्ला बेग्लै प्रकाशकहरूलाई राज्य समाचार न. ३६ वितरण गर्दा तिनीहरूले अनुभव गरेका आनन्ददायक अनि प्रोत्साहनजनक परिणामहरू बताउन लगाउनुहोस्‌। नियमित तथा सहायक अग्रगामीहरूलाई यस अभियानको दौडान क्रियाकलाप बढेकोमा र थुप्रै प्रकाशकसँग काम गर्ने मौका पाएकोमा मूल्यांकन व्यक्‍त गर्न आमन्त्रित गर्नुहोस्‌।

२२ मि: रीजनिङ पुस्तकको सदुपयोग गर्नुहोस्‌। पृष्ठ ७-८ बाट प्रश्‍नोत्तर छलफल। सेवकाईमा अझ प्रभावकारी ढंगमा भाग लिन यस पुस्तकले कसरी मदत दिन्छ, देखाउनुहोस्‌। टेलिफोन साक्षी दिंदा यो पुस्तक कसरी प्रयोग गर्न सकिन्छ, त्यसबारे बताउनुहोस्‌। कुनै प्रश्‍नको जवाफ दिन मदतकारी जानकारी कसरी खोज्न सकिन्छ भनी देखाउनुहोस्‌। यो पुस्तकसँग राम्ररी परिचित हुन, यसलाई सधैं प्रचारमा जाँदा बोक्ने झोलामा राख्न र बारम्बार प्रयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १७५ र समापन प्रार्थना।

नोभेम्बर २० मा सुरु हुने हप्ता

गीत १११

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अहिलेसम्म इलाकाको कति भाग ढाकिसकिएको छ, त्यसबारे संक्षिप्त रिपोर्ट प्रस्तुत गर्नुहोस्‌। अनि नोभेम्बर ३० भित्रमा सम्पूर्ण इलाका ढाक्न के गर्नु आवश्‍यक छ भनी बताउनुहोस्‌।

१३ मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

२० मि: “प्रचार गरिरहनुहोस्‌!” भाषण तथा अन्तरवार्ता। कसै कसैले यहोवाको संगठनमा सम्मिलित हुँदै आफ्नो जीवन नै प्रचार कार्यमा लगाएका छन्‌। सकारात्मक मनोवृत्तिको कारण तिनीहरूले यस काममा आनन्द महसुस गरेका छन्‌। (ज्ञान पुस्तक, पृष्ठ १७९, अनुच्छेद २० र मे १, १९९२, प्रहरीधरहरा, पृष्ठ १९-२०, अनुच्छेद १४-१५ हेर्नुहोस्‌।) धेरै वर्षदेखि सक्रिय कुनै एक प्रकाशकलाई प्रचार कार्यमा यसरी दृढ भई लागिरहन सक्नुको कारणबारे बताउन आमन्त्रित गर्नुहोस्‌।

गीत १४१ र समापन प्रार्थना।

नोभेम्बर २७ मा सुरु हुने हप्ता

गीत ४

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। डिसेम्बर महिनामा ज्ञान पुस्तकसँगै न्यु वर्ल्ड ट्रान्सलेसन प्रस्तुत गरिनेछ। विभिन्‍न भाषाहरूमा बाइबल उत्पादन गर्न यहोवाका साक्षीहरूले कसरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌, बताउनुहोस्‌।—अक्टोबर १५, १९९७, प्रहरीधरहरा, पृष्ठ ११-१२.

२० मि: “राज्य समाचार न. ३६ ले जगाएको चासोलाई अझ बढाउने।” अनुच्छेद १-५ सम्मको भागलाई प्रश्‍नोत्तरद्वारा छलफल। अहिलेसम्म काम नगरिएको कुनै पनि इलाका ढाक्न गरिएको स्थानीय प्रबन्धबारे संक्षिप्तमा बताउनुहोस्‌। पुनःभेट गर्न अनुच्छेद ७ र ८ मा दिइएका प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस्‌ र प्रत्येक तरिका प्रर्दशनद्वारा देखाउनुहोस्‌। सबै इच्छुक व्यक्‍तिलाई फेरि भेट्‌नुपर्ने र बाइबल अध्ययन थाल्न प्रयत्न गर्नुपर्ने महत्त्वमा जोड दिनुहोस्‌। अन्तमा, अनुच्छेद ९ अनि उद्धृत शास्त्रपदहरू छलफल गर्नुहोस्‌।

१५ मि: म मेरो टि भी हेर्ने बानीलाई कसरी नियन्त्रण गर्नसक्छु? धेरै समय टि भी हेरेर बिताउने एक जवान भाइसँग प्राचीनको कुराकानी। सुरुमा भाइले टि भी हरेर केही हानि हुँदैन भन्छन्‌। खालि यसो मन बहलाउनको लागि हेर्ने हो। यसले खासै आफूलाई हानि नगरेको कुरो बताउँछन्‌। प्राचीनले युवा जनहरूका प्रश्‍न पुस्तकको अध्याय ३६ का मुख्य बुँदाहरूलाई पुनरावृत्ति गर्छन्‌। ज्यादै टि भी हेर्दा यसले हाम्रो मूल्यवान्‌ समय खाइदिन्छ। बरु, त्यस समयलाई व्यक्‍तिगत अध्ययन गर्न, सेवकाईमा जान, मण्डलीका आवश्‍यकताहरू पूरा गर्न मदतका लागि खर्च गर्न सकिन्छ। जवान भाइले सल्लाहको मूल्यांकन गर्दै आफ्नो आध्यात्मिक फाइदाको लागि, टि भी हेर्ने बानीमा परिवर्तन ल्याउछु भन्छन्‌।

गीत ६३ र समापन प्रार्थना।

डिसेम्बर ४ मा सुरु हुने हप्ता

गीत १८९

१० मि: स्थानीय घोषणाहरू। “आन्सरिङ मेसिनमा तपाईंले के भन्‍ने?”

१५ मि: राज्य समाचार न. ३६ वितरण गर्दाका अनुभवहरू। सफलतासाथ इलाका ढाकेको रिपोर्ट प्रस्तुत गर्नुहोस्‌। के मण्डलीमा कसैले पहिलो पटक सेवामा भाग लिए? घरधनीले गरेका सकारात्मक टिप्पणीहरू बताउनुहोस्‌। के कुनै प्रकाशकले बाइबल अध्ययन सुरु गर्न सके? यदि सके भने, उनले यो कसरी गर्न सके बताउन वा प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌। इच्छुक व्यक्‍तिहरूको चासो बढाउन सबैलाई सम्झाउनुहोस्‌।

२० मि: “ठीक बेलामा भनेको ठीक कुरा।” श्रोताहरूसित छलफल तथा प्रदर्शनहरू। राम्रा परिणामहरू हासिल गर्न विशेष दक्षता चाहिन्छ भन्‍ने गलत धारणा राख्दै धेरैले कुराकानी थाल्न आफू असक्षम भएको महसुस गर्छन्‌। नयाँ तथा जवान सबै प्रकाशकहरूलगायत हामी सबैले कसरी उचित प्रयत्नद्वारा छलफल सुरु गर्न सक्छौं त्यसबारे बताउनुहोस्‌। दिइएका प्रस्तुतिहरूको सरलतामाथि जोड दिंदै पुनरावृत्ति गर्नुहोस्‌ र त्यस प्रस्तुतिलाई दुई वा तीन जना प्रकाशकहरूद्वारा प्रदर्शन गर्न लगाउनुहोस्‌। थप प्रस्तुतीका लागि मार्च १९९८ हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌। सेवकाईमा अझ बढी आनन्द उठाउन सबैलाई सकारात्मक मनोवृत्ति राख्न आग्रह गर्नुहोस्‌।

गीत २१८ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने