प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • डिसेम्बर ११ मा सुरु हुने हप्ता
  • डिसेम्बर १८ मा सुरु हुने हप्ता
  • डिसेम्बर २५ मा सुरु हुने हप्ता
  • जनवरी १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर पृ. २

सेवा सभाको तालिका

डिसेम्बर ११ मा सुरु हुने हप्ता

गीत ५०

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। मण्डलीमा महान पुरुष वा ग्रेट टीचर पुस्तकहरू स्टकमा छन्‌ भने क्रिसमस बिदाको दौडान प्रयोग गर्न सकिने तरिका देखाउनुहोस्‌। डिसेम्बर २५ को सेवा सभामा हुने छलफलको लागि सबैलाई द बाइबल—एक्युरेट हिस्ट्री, रिलायबल प्रोफेसी नामक भिडियो पहिले नै हेरेर आउन प्रोत्साहन दिनुहोस्‌। भिडियो भएकाहरूले नभएकाहरूलाई दिएर अथवा हुनसक्छ भने सँगै हेरेर तयारी गर्नसक्छन्‌।

१५ मि: “दिनभरि नै यहोवाको भय मान्‍नुहोस्‌।”a ब्यूँझनुहोस्‌! फेब्रुअरी ८, १९९८, पृष्ठ २७ मा दिइएको ईश्‍वरीय भयसम्बन्धी विवरण समावेश गर्नुहोस्‌। यहोवाको भय मान्दा उठाउन पाइने हितकर लाभहरूमाथि जोड दिनुहोस्‌।

२० मि: “साथीहरूको दबाउ र प्रचार गर्ने सुअवसर।” भाषण तथा अन्तरवार्ताहरू। साथीहरूको दबाउ अनुभव गरिसकेका भाइबहिनीहरूलाई त्यस्तो परिस्थितिका बावजूद प्रचार कार्यमा सक्रिय भइरहन कसरी सक्षम भए, बताउन आग्रह गर्नुहोस्‌।

गीत ७८ र समापन प्रार्थना।

डिसेम्बर १८ मा सुरु हुने हप्ता

गीत ९४

१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। डिसेम्बर २५ तथा जनवरी १ को लागि प्रबन्ध गरिएको विशेष क्षेत्र सेवाबारे उल्लेख गर्नुहोस्‌। यस प्रश्‍नको जवाफ दिनुहोस्‌: यदि धार्मिक कुराहरूसित सम्बन्धित छैन भने के गैरमसीही कुराहरूबाट सुरु भएका उत्सवहरूमा भाग लिनुमा कुनै खराबी छ?—रीजनिङ पुस्तकको पृष्ठ १७८-८० हेर्नुहोस्‌।

१२ मि: “सन्‌ २००१ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल।” स्कूल निरीक्षकद्वारा भाषण। सबैलाई आफ्नो साप्ताहिक बाइबल पढाइ कायमै राख्न र स्कूलमा पाएका असाइनमेन्टहरूलाई मेहनती भएर पूरा गर्ने प्रोत्साहन दिनुहोस्‌।

१८ मि: “के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?”* यस लेखमा दिइएका शास्त्रपदहरूबाट टिप्पणी गर्नुहोस्‌। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ८६ चलाउँदै साहस प्राप्त गर्ने तथा क्षेत्र सेवामा अझ बढी प्रभावशाली हुने तरिकाहरू देखाउनुहोस्‌।

गीत १२४ र समापन प्रार्थना।

डिसेम्बर २५ मा सुरु हुने हप्ता

गीत १२६

१० मि: स्थानीय घोषणाहरू। श्रोताहरूलाई साक्षी दिंदा भर्खरै बटुलेको अनुभव बताउन लगाउनुहोस्‌। जनवरीमा प्रस्तुत गरिने साहित्यहरूको पुनरावृत्ति गर्नुहोस्‌।

१० मि: “नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम।” प्रश्‍नोत्तर। आउँदो क्षेत्रीय सम्मेलन हुने दिनहरू घोषणा गरेर सबैलाई दुवै दिन उपस्थित हुन आग्रह गर्नुहोस्‌। बाइबल विद्यार्थीहरूलाई पनि निमन्त्रणा दिन यथासक्दो प्रयास गर्न प्रोत्साहन दिनुहोस्‌। किनकि सम्मेलनमा उपस्थित हुँदा सभाहरूमा नियमित तवरमा संगति गर्ने तिनीहरूको चाहना झनै बढ्‌नेछ।

२५ मि: “द बाइबल—एक्युरेट हिस्ट्री, रिलायबल प्रोफेसी भिडियोबाट सिक्ने।” श्रोतागणसित छलफल। अरूलाई उत्प्रेरित गर्न यस भिडियोलाई कसरी चलाउन सकिन्छ भनेर सुझाउ दिनुहोस्‌। (१९९९ यरबूक, पृष्ठ ५१-२) फेब्रुअरी महिनामा यस श्रेणीको दोस्रो भिडियो द बाइबल—म्यानकाइन्ड्‌स ओल्डेस्ट मोडर्न बूक पुनरावलोकन गरिनेछ।

गीत २१२ र समापन प्रार्थना।

जनवरी १ मा सुरु हुने हप्ता

गीत १७१

१० मि: स्थानीय घोषणाहरू। नयाँ वर्षमा तपाईंको मण्डलीका सभाहरू हुने समयमा कुनै हेरफेर हुँदैछ भने सबैलाई ती नयाँ समयहरूमा पनि निरन्तर सभा धाइरहन आग्रह गर्नुहोस्‌। बाइबल विद्यार्थी र अन्य जिज्ञासुहरूलाई समय परिवर्तनबारे जानकारी दिनुहोस्‌ र नयाँ तालिकाहरू उल्लेख गरिएका ह्‍याण्डबिलहरू प्रयोग गर्न थाल्नुहोस्‌। अगस्त महिनाको पूरा देशभरिकै अनि स्थानीय मण्डलीको क्षेत्र सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌। प्रकाशकहरूलाई डिसेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌।

१५ मि: “नयाँ विशेष सम्मेलन दिन कार्यक्रम।” भाषण। जानकारी भएमा आउँदो विशेष सम्मेलन दिनको मिति घोषणा गरेर सबैलाई पूरै दिन उपस्थित हुन आग्रह गर्नुहोस्‌। प्रकाशकहरूलाई नव जिज्ञासुहरू तथा बाइबल विद्यार्थीहरूलाई पनि निमन्त्रणा दिन प्रोत्साहित गर्नुहोस्‌।

२० मि: पुनःभेटका लागि कसरी तयारी गर्ने। क्षेत्र सेवामा अझ बढी उत्पादनशील कसरी हुने भनेर बुबाले आफ्नो परिवारसित छलफल गर्छन्‌। चासो दिनेहरू सबैकहाँ जानु किन आवश्‍यक छ, त्यसका शास्त्रीय कारणहरूमा तिनले जोड दिन्छन्‌। प्रहरीधरहरा जुलाई १, १९९९, पृष्ठ २२, अनुच्छेद १८ मा उपलब्ध निर्देशनहरू चलाउँदै तिनीहरू केही पुनःभेटहरूका लागि तयारी गर्छन्‌। तिनीहरू सबैले आफूले पुनःभेट गर्नुपर्ने खालकै मानिसहरू भेटेको स्वीकार गर्छन्‌। हरेकले पालैसित पहिलो भेटमा पाएको प्रतिक्रियाबारे बताउँछन्‌ र परिवारका अन्य सदस्यहरूले पुनःभेटमा प्रयोग गर्न सकिने सुझाउ तथा शास्त्रपदहरूबारे बताउँछन्‌। तिनीहरूले चाहनुहुन्छ पुस्तिकामा प्रभावकारी ढंगमा प्रयोग गर्न सकिने बुँदाहरू भेट्टाउँछन्‌। बाबु वा आमाचाहिंले आफ्नो एक जना छोरा वा छोरीलाई पुनःभेटमा कसरी कुरा गर्ने भनेर अभ्यास गर्न लगाउँछन्‌। आउँदो हप्ता सबैले पुनःभेट गर्न एउटा निश्‍चित समय मिलाउँछन्‌।

गीत १५१ र समापन प्रार्थना।

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने