द बाइबल—एक्युरेट हिस्ट्री, रिलायबल प्रोफेसी भिडियोबाट सिक्ने
यो भिडियो हेरिसकेपछि के तपाईं यी प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ? (१) बाइबलमा पाइने भरपर्दा जानकारीहरूको स्रोत को हुनुहुन्छ? (दानि. २:२८) (२) बाइबलले प्राचीन मिश्रको सही चित्रण कसरी गरेको छ अनि यशैया १९:३, ४ मा अभिलेख गरिएको भविष्यवाणी कसरी पूरा भयो? (३) अश्शूरी, तिनीहरूका राजाहरू तथा त्यसको पतनबारे बाइबलले गरेको वर्णनलाई पुरातत्व शास्त्रले कसरी सही ठहराएको छ? (नहे. ३:१, ७, १३) (४) बेबिलोनबारे गरिएको कुन कुन भविष्यवाणी भरपर्दो साबित भयो? (५) मादी तथा फारसीहरूले परमेश्वरका जनहरूमाथि कस्तो असर पारे? (६) दानियल ८:५, ८ कसरी पूरा भयो र यो भविष्यवाणी कति पहिले गरिएको थियो? (७) येशू कसरी मसीह साबित हुनुभयो? (८) आधुनिक समयका कुन कुन राजनैतिक शक्तिहरूले प्रकाश १३:११ र १७:११ मा पाइने भविष्यवाणीहरूलाई पूरा गर्छन्? (९) भिडियोका कुन कुन दृश्यहरूले उपदेशक ८:९ लाई सत्य साबित गर्छ? (१०) यस प्रस्तुतिले बाइबलमा गरिएका भावी प्रतिज्ञाहरू माथिको तपाईंको विश्वास कसरी बलियो बनायो? (११) बाइबल ईश्वरीय स्रोतबाटै आएको हो भनेर अरूलाई विश्वस्त गराउन तपाईंले यो भिडियो कसरी प्रयोग गर्न सक्नुहुन्छ?