घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जनवरी: पुस्तिकाहरू: जेहोभाज् विट्नेसेज इन द ट्वेन्टिइथ सेन्चुरी र यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन्। पुराना १९२ पृष्ठे पुस्तकहरू पनि प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुसन अर बाई क्रिएशन? वा मण्डलीको स्टकमा भएका कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक चलाउन सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। अनि यस महिना गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ। अप्रिल: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाउनेहरूलाई ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। साथै आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्।
▪ सन् २००२ को स्मरणार्थ उत्सव सन् २००१ को क्यालेण्डरको अन्तिम पानामा देखाइएअनुसार शुक्रबार, मार्च २२ मा नभई बिहीबार, मार्च २८ मा सूर्यास्तपश्चात् मनाइने छ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन् भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून् भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्याओस् भन्नाखातिर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थको वक्ताको रूपमा भाइहरूलाई पालैपालो छान्नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्नुपर्छ। तर भाषण दिनसक्ने योग्य अभिषिक्त भाइ छन् भने तिनले नै दिनेछन्।
▪ जनवरी ८ तारिखदेखि सुरु हुने हप्ताको सेवा सभामा उपस्थित बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूले आफ्नोलागि एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र आफ्ना केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचय पत्र) लिन सक्छन्।
▪ फेब्रुअरी महिनाको सुरुदेखि मार्च ४ सम्ममा क्षेत्रीय निरीक्षकहरूले नयाँ जन भाषण दिनेछन्। यसको विषय हुनेछ, “न्यायको दिन—डर वा आशा?”
▪ यस वर्ष अप्रिल ८, आइतबारको दिन सूर्यास्तपश्चात् स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू पास गर्ने कार्यक्रम भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्। त्यस दिन क्षेत्र सेवाका लागि हुने सभाबाहेक अरू कुनै सभा नहुने भएकाले अर्को समयमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्ने उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। स्थानीय परिस्थितिअनुसार क्षेत्रीय निरीक्षकले त्यस हप्ताका सभाहरूको तालिकालाई हेरफेर गर्नेछन्। हरेक मण्डलीले आफ्नोलागि बेग्ला बेग्लै स्मरणार्थ उत्सवको आयोजना गर्नु राम्रो भए तापनि यो सधैं सम्भव नहुनसक्छ। सामान्यतः थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउनुका साथसाथै उत्सवको अघिपछि आगन्तुकहरूलाई स्वागत गर्न र नवजिज्ञासुहरूलाई आध्यात्मिक मदत दिनको लागि कार्यक्रमहरूबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस् भनेर हामी तपाईंहरूलाई सुझाउ दिन्छौं। ट्राफिक र पार्किङलगायत यात्रुहरू उत्रने तथा चढ्ने ठाउँको विषयमा पनि सोच्नुपर्छ। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूले निर्णय गर्नुपर्छ।
▪ सन् २००१ स्मरणार्थ उत्सवको विशेष जनभाषण आइतबार, अप्रिल १ तारिखका दिन दिइनेछ। भाषणको विषय हुनेछ, “कसले उद्धार पाउन सक्छ?” भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यस सप्ताहमा विशेष सम्मेलन दिन हुने मण्डलीहरूले उक्त भाषण अप्रिल ९ तारिखमा दिन सक्छन्। अप्रिल १, २००१ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।
▪ जनवरी ८, २००१ देखि उर्दू भाषामा पनि ब्यूँझनुहोस्! मासिक रूपमा उपलब्ध हुनेछ।