सेवा सभाको तालिका
जनवरी ८ मा सुरु हुने हप्ता
गीत २९
७ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१८ मि: “तिमीहरूको ज्योति . . . चम्कोस्।”a जून १ १९९७, प्रहरीधरहरा, पृष्ठ १५, अनुच्छेद १२-१३ का टिप्पणीहरू समावेश गर्नुहोस्। सबैलाई हर अवसरको फाइदा उठाउँदै साक्षी दिन प्रोत्साहित गर्नुहोस्।
२० मि: हाम्रो स्वास्थ्य उपचारको लागि मायालु प्रबन्ध। योग्य प्राचीनद्वारा भाषण। एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देशन/पुर्जी) भर्नु भनेको अनइच्छुक रक्तक्षेपण विरुद्ध उत्तम सुरक्षा पाउनु हो भन्ने कुरामा जोड दिनुहोस्। सभापछि बप्तिस्मा प्राप्त साक्षीहरूलाई एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) उपलब्ध गराइनेछ तर यो कार्ड तिनीहरूले त्यसै बेला भरिहाल्नु हुँदैन। वितरणको लागि मण्डलीसित यो कार्ड पर्याप्त मात्रमा हुनुपर्छ। साक्षीहरूको हस्ताक्षर तथा कार्डमा मिति लेख्ने काम अर्को पटकको मण्डली पुस्तक अध्ययनपछि गरिने छ र कुनै पनि प्रकारको मदत चाहिएमा मण्डली पुस्तक अध्ययन सञ्चालकबाट लिनुपर्छ भनी सम्झाउनुहोस्। प्रत्येक व्यक्तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ। पुस्तक अध्ययन सञ्चालकहरूले आफ्नो समूहमा खटाइएका सबैले एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) भर्न आवश्यक सहयोग पाए कि पाएनन् भनेर पक्का गर्नुपर्छ। यस सभापछि आमाबाबुहरूलाई केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) उपलब्ध गराइनेछ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा प्रयोग गरिएको भाषा प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्वासको आधारमा आफैले व्यक्तिगत निर्देशन पुर्जी बनाउन सक्नेछन् साथै आफ्नो बच्चाको लागि पनि बनाइदिनसक्छन्।
गीत १ र समापन प्रार्थना।
जनवरी १५ मा सुरु हुने हप्ता
गीत ५१
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
२० मि: “हाम्रो सरलीकृत साहित्य वितरण प्रबन्ध।” योग्य प्राचीनले श्रोताहरूसित यो लेख छलफल गर्छन्। अनुभवी प्रकाशकहरूलाई तीनवटा छोटो अनि राम्ररी तयार पारिएको श्रृंखलाबद्ध प्रदर्शन गर्न लगाउनुहोस्। यस महिनामा प्रस्तुत गर्नुपर्ने साहित्य प्रयोग गर्दै पहिलो प्रदर्शन डिसेम्बर १९९९ को हाम्रो राज्य सेवकाई-को पृष्ठ ३, अनुच्छेद ४ का सुझाउहरूमा आधारित हुनेछन्। प्रकाशकले पुनःभेटको लागि प्रबन्ध मिलाउँछन् र घरधनीले दिएको स्वेच्छिक अनुदानको लागि खामको प्रयोग गर्छन्। दोस्रो प्रदर्शनमा घरधनीले कुरा गर्ने इच्छुकता देखाए तापनि राज्य सन्देशमा खासै चासो नदेखाएका कारण प्रकाशकले तिनलाई साहित्य नदिएको कुरा देखाउनुहोस्। तेस्रो प्रदर्शनमा कसैले साँचो चासो देखाउँछ तर तिनी निकै व्यस्त छ भने कसरी पर्चा प्रस्तुत गर्न सकिन्छ भनी देखाउनुहोस्। प्रकाशकले पुनःभेट गर्ने प्रबन्ध मिलाउँछन्।
१५ मि: के तपाईं दिनहुँ धर्मशास्त्र जाँच गर्नुहुन्छ? भाषण तथा अन्तरवार्ता। पारिवारिक रूपमा दिनहुँ धर्मशास्त्र जाँच गर्दा प्राप्त हुने बुद्धिमाथि जोड दिंदै, डिसेम्बर १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १७-१८, अनुच्छेद १२-१४ छलफल गर्नुहोस्। परिवारका सदस्यहरूको अन्तर्वाता लिनुहोस्। तिनीहरू प्रत्येकले हालै कुन दिनको पद पढ्दा अत्यन्तै लाभकारी पाए, सो कारणसहित बताउँछन्। परिवारलाई बलियो बनाउन तथा सेवकाईमा सक्रिय राख्न, दैनिक पद पढ्ने कार्यक्रमलाई नियमित पारिवारिक अध्ययनको भाग बनाउनुपर्ने खाँचोमाथि जोड दिनुहोस्।
गीत ६७ र समापन प्रार्थना।
जनवरी २२ मा सुरु हुने हप्ता
गीत ९०
७ मि: स्थानीय घोषणाहरू।
१८ मि: परिचय कसरी तैयार गर्ने। भाषण तथा प्रदर्शनहरू। रीजनिङ पुस्तक पृष्ठ ९ का मुख्य बुँदाहरूको पुनरावृत्ति गर्नुहोस्। हाम्रो प्रस्तुती गर्ने शैली, व्यक्तित्व तथा इलाका सुहाउँदो परिचय हामी कसरी छान्न सक्छौं भनी देखाउनुहोस्। चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्दा चलाउन सकिने केही नमुना परिचयहरूको पुनरावृत्ति गर्नुहोस् र त्यसमध्ये एक वा दुईको प्रदर्शन गरेर देखाउनुहोस्। (अप्रिल १९९७, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्।) क्षेत्र सेवामा रीजनिङ पुस्तक तथा हाम्रो राज्य सेवकाई-मा दिइएका सुझाउहरूको सदुपयोग गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्।
२० मि: “ध्यान दिएर सुन्नुहोस्।” भाषण तथा श्रोताहरूसित छलफल। स्कूल गाइडबूक, पृष्ठ २७-८, अनुच्छेद १५-१७ का बुँदाहरू पुनरावृत्ति गर्नुहोस्। सुन्ने बानी जाँच्ने एउटा उत्तम तरिका हामीले सुनेका कुराहरू कत्तिको सम्झनसक्छौं पत्ता लगाउनु हो। आज साँझको ईश्वरतान्त्रिक स्कूलमा भाग पाउनेहरूले ढाकेका केही गहकिला बुँदाहरू सम्झन श्रोताहरूलाई आग्रह गर्नुहोस्।
गीत ९६ र समापन प्रार्थना।
जनवरी २९ मा सुरु हुने हप्ता
गीत १३९
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्यहरू उल्लेख गर्नुहोस्। मण्डलीको स्टकमा रहेका किताबहरू उल्लेख गर्नुहोस्।
१५ मि: सृष्टिकर्तालाई अझ राम्ररी चिन्नुहोस्। जून १५, १९९९, प्रहरीधरहरा, पृष्ठ २४-६ मा आधारित भाषण। मण्डली पुस्तक अध्ययनको लागि इज देर अ क्रिएटर हु क्येर्स अबाउट यू? पुस्तकप्रति उत्सुकता जगाउने। हरेक हप्ता पुस्तक अध्ययनमा सक्रिय भई भाग लिन जवानहरूलाई प्रोत्साहित गर्नुहोस्। आफ्नो महान् सृष्टिकर्ताबारे जतिसक्दो धेरै सिक्ने उत्कट चाहना राख्दै सबैजना नियमित रूपमा उपस्थित हुन चाहनेछन्। यदि मण्डलीले क्रिएटर पुस्तक अध्ययन नगर्ने हो भने, अध्ययनको लागि निर्धारण गरिएका पाँच पुस्तिकाअनुसार विषयवस्तुमा काँटछाँट गर्नुहोस्।
२० मि: “आमाबाबु हो—आफ्ना छोराछोरीलाई असल बानी बसाल्न लगाउनुहोस्।” भाषण तथा आध्यात्मिकतामा प्रगति गरिरहेका छोराछोरीका आमाबाबुहरूसित अन्तरवार्ता। आमाबाबुले आफ्ना छोराछोरीलाई क्षेत्र सेवकाईमा सहभागी गराउन अपनाएका सकारात्मक पक्षहरूबारे बताउँछन्। समयले भ्याएमा पारिवारिक आनन्द पुस्तक, पृष्ठ ५५-९ मा दिइएका सुझाउहरू समावेश गर्नुहोस्।
गीत १४९ र समापन प्रार्थना।
जनवरी ५ मा सुरु हुने हप्ता
गीत १६८
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “वचन पालन गर्ने आनन्दित व्यक्ति हुनुहोस्।”b इन्साइट पुस्तक, खण्ड २, पृष्ठ १२०, अनुच्छेद ६-८ मा बताइएअनुसार परमेश्वरको सेवा गर्दा कुन कुराले हाम्रो आनन्द बढाउँछ भनी देखाउनुहोस्।
२० मि: तपाईं लाभदायक मनोरञ्जन प्राप्त गर्न सक्नुहुन्छ। परिवार बसेर मे २२, १९९७ ब्यूँझनुहोस्!-मा दिइएका सुझाउहरू छलफल गर्छन्। परिवारको मनोरञ्जनबारे बाबु चिन्तित छन्। “मनोरञ्जनको नाउँमा के भइरहेको छ?” (पृष्ठ ४-७) नामक लेखलाई छोटकरीमा पुनराबृत्ति गरिसकेपछि तिनीहरू लाभदायक तथा फाइदाजनक मनोरञ्जनहरूतर्फ ध्यान दिन्छन्। आवर मिनिस्ट्री पुस्तकको पृष्ठ १३१-२ मा दिइएको “रिक्रिएसन” शीर्षक अन्तर्गतका विषयवस्तु तथा पृष्ठ १३५-६ मा दिइएको “डु अल थिंग्स् फर गड्स ग्लोरी” शीर्षक अन्तर्गतका विषयवस्तुमाथि ध्यान दिनुहोस्। घरपरिवारको फाइदाको लागि आमाबाबुले लिनुपर्ने नेतृत्त्व तथा परिवारका सदस्यहरूले आपसमा सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्।
गीत १९० र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।