सेवा सभाको तालिका
फेब्रुअरी १२ मा सुरु हुने हप्ता
गीत ६
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। फेब्रुअरी २६ को हप्तामा सेवा सभामा द बाइबल—म्यानकाइन्ड्स ओल्डेस्ट मोडर्न बूक भिडियोबाट छलफल गरिनेछ। छलफल, हाम्रो राज्य सेवकाई-को यस पृष्ठमा दिइएका प्रश्नहरूमा आधारित हुनेछ।
१५ मि: “सुकर्मद्वारा यहोवाको महिमा गर्नुहोस्।”* प्रोक्लेमर्स पुस्तकको पृष्ठ १८७ अनुच्छेद २-३ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “अरूलाई कसरी मनाउने।” यो लेख अनि मे १५, १९९८ को प्रहरीधरहरा पृष्ठ २१-३ मा दिइएका बुँदाहरूलाई अधार बनाएर मण्डली पुस्तक अध्ययन सञ्चालक तथा अग्रगामी वा प्रभावशाली प्रकाशकबीच छलफल। पृष्ठ २३ मा “तपाईंको विद्यार्थीको हृदयसम्म पुग्ने” विषयको पेटीमा भएका कुरा केलाउनुहोस्। स्थानीय क्षेत्रमा मानिंदै आएका झूटा धार्मिक विश्वासहरू छानिसकेपछि बाइबलले त्यस विषयमा दिएको जानकारीमाथि कसरी विश्वस्त गराउन सकिन्छ, छलफल गर्नुहोस्।
गीत २०८ र समापन प्रार्थना।
फेब्रुअरी १९ मा सुरु हुने हप्ता
गीत २२१
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “परमेश्वरका आश्चर्यजनक कार्यहरूमा ध्यान दिनुहोस्।”* यशैयाका भविष्यवाणीहरूप्रति मूल्यांकन बढाउन नयाँ पुस्तकका केही चित्रहरू औंल्याउनुहोस्।
२२ मि: “यहोवाको नाउँ अनि कार्यहरूबारे प्रचार गर्नुहोस्।”* मार्च र अप्रिलमा क्षेत्र सेवकाईमा बढीभन्दा बढी समय बिताउन सकियोस् भन्ने हेतुले तयार पारिएका विशेष योजनाहरूबारे बताउनुका साथै धेरैभन्दा धेरैलाई सहायक अग्रगामी बन्न प्राचीनले प्रोत्साहन दिने प्रयास गर्नेछन्। गत वर्ष अप्रिल महिनामा अग्रगामीको काम गर्ने केही भाइलाई त्यसबेला अग्रगामीको काम गर्दा पाएको आनन्दबारे बताउन लगाउनुहोस्। सबै योग्य निष्क्रिय प्रकाशकहरूलाई हामीसित फेरि सेवकाईमा लग्न के-कस्तो मदत दिन सकिन्छ, छलफल गर्नुका साथै साना केटाकेटी तथा अन्य बाइबल विद्यार्थीहरूलाई बप्तिस्मा अप्राप्त प्रकाशक बन्न सहयोग गर्ने विषयमाथि जोड दिनुहोस्।—नोभेम्बर २००० को हाम्रो राज्य सेवकाई-को प्रश्न पेटी हेर्नुहोस्।
गीत २७ र समापन प्रार्थना।
फेब्रुअरी २६ मा सुरु हुने हप्ता
गीत ४८
८ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई फेब्रुअरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्।
१२ मि: ज्ञान पुस्तकको लागि सुझावित प्रस्तुतिहरू। के तपाईंलाई मार्चमा ज्ञान पुस्तक प्रस्तुत गर्ने कुनै तरिका थाह छ? पुराना हाम्रो राज्य सेवकाई-का पछिल्ला पृष्ठहरूमा हेर्नुभयो भने तपाईंले पुनःभेटमा के भन्ने ती कुराहरूलगायत प्रथम भेटका लागि सुझाउहरू पाउनुहुनेछ। यीमध्ये दुई/तीनवटा सुझाउहरूको पुनरावलोकन गर्नुहोस्। (मार्च, जून, नोभेम्बर १९९६; जून १९९७; मार्च १९९८) सीधै बाइबल अध्ययन सुरु गर्ने सन्दर्भमा नोभेम्बर १९९६ मा दिइएका दुईवटा सुझाउहरू प्रस्तुत गर्नुहोस्। सबैलाई नयाँ अध्ययनहरू सुरु गर्न विशेष प्रयास गर्न प्रोत्साहन दिनुहोस्।
२५ मि: “द बाइबल—म्यानकाइन्ड्स ओल्डेस्ट मोडर्न बूक-प्रति मूल्यांकन बढाउने।” यस पृष्ठमा दिइएका प्रश्नहरू चलाउँदै श्रोतागणसित छलफल। पूरै वा आंशिक रूपमा ३७ भाषामा १० करोड प्रति छापिने न्यु वर्ल्ड ट्रान्सलेशन संसारमा सबैभन्दा बढी वितरण हुने पुस्तकहरूमध्ये पर्छ भनी प्रकाश पार्नुहोस्। अप्रिलमा हामी यस श्रेणीको तेस्रो भिडियो द बाइबल—इट्स पावर इन योर लाइफ पुनरावलोकन गर्नेछौं।
गीत ६४ र समापन प्रार्थना।
मार्च ५ मा सुरु हुने हप्ता
गीत ८१
५ मि: स्थानीय घोषणाहरू।
१८ मि: “यहोवाले शक्ति दिनुहुन्छ।”a शास्त्रपदहरू कसरी लागू हुन्छ श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्।
२२ मि: “सफल टेलिफोन साक्षी।”b यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नेछन्। डिसेम्बर १५, १९९९ को प्रहरीधरहरा पृष्ठ २३ अनुच्छेद १७ मा दिइएका प्रोत्साहनहरूलाई समावेश गर्नुहोस्। नोभेम्बर २००० को हाम्रो राज्य सेवकाई-मा दिइएको “आन्सरिङ मेसिनमा तपाईंले के भन्ने?” पेटीको पुनरावलोकन गर्नुहोस्। कुन कुन इलाकालाई टेलिफोन साक्षी दिने ठाउँको रूपमा छुट्याइएको छ बताउनुहोस्। स्थानीय तवरमा यस कार्यमा पाइएका वा हासिल गरेका सफलताबारे केही संक्षिप्त अनुभवहरू बताउनुहोस्।
गीत १०८ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।