सेवा सभाको तालिका
मार्च १२ मा सुरु हुने हप्ता
गीत ११२
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना।” (अनुच्छेद १-१३) यो भाग मण्डलीका अध्यक्षले सँभाल्नेछन्। अप्रिलमा हामीले पूरा गर्न चाहेको कामबारे उत्साहजनक छलफल। उक्त महिना सेवकाईमा शतप्रतिशत प्रकाशक सहभागी हुने लक्ष्य पूरा गर्न मण्डलीका सबैलाई प्रोत्साहित गर्नुहोस्।
गीत १४७ र समापन प्रार्थना।
मार्च १९ मा सुरु हुने हप्ता
गीत १६६
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१७ मि: सन् २००१ यरबूक-को सदुपयोग गर्नुहोस्। भाषण तथा श्रोताहरूसित छलफल। पृष्ठ ३१ मा दिइएको “सन् २००० को कुल संख्या” पुनरावृत्ति गर्नुहोस्। पृष्ठ ३-५ मा दिइएको “परिचालक निकायको चिठी” छलफल गर्नुहोस्। श्रोताहरूमध्ये केहीलाई नयाँ यरबूक-बाट प्रोत्साहनदायी तथा विश्वासलाई बलियो पार्ने अनुभव तथा रिपोर्टहरू भन्न लगाउनुहोस्। विश्वभरिका वेथेल परिवारहरूले वर्षदिनभित्र यरबूक पढिसिध्याएजस्तै परिवारलाई एकसाथ यरबूक पूरै पढ्न प्रोत्साहन दिनुहोस्। सिकेका कुराहरूको पुनरावृत्ति गर्न प्रयोग गर्न सकिने पृष्ठ २५५ मा दिइएका प्रश्नहरूलाई स्पष्ट पार्नहोस्। बाइबल बिद्यार्थीलाई परमेश्वरको संगठनको उचित मूल्यांकन गर्न र यसको भाग हुने सुअवसर प्राप्त गर्न मदत दिन यरबूक कसरी प्रयोग गर्न सकिन्छ, सुझाव माग्नुहोस्।
२० मि: “अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना।” (अनुच्छेद १४-३०) यो भाग सेवा निरीक्षकले सँभाल्नेछन्। भाषण तथा छानिएका भागहरूको प्रश्नोत्तर छलफल। अप्रिल महिनाभरि सेवकाईमा सकेजति भाग लिन सबैले व्यावहारिक तालिका बनाउनुपर्छ। अप्रिल महिनामा आयोजना गरिएको सम्पूर्ण क्षेत्र सेवा सभाको तालिका घोषणा गर्नुहोस्। सहायक अग्रगामी गर्नसक्ने सबैलाई सभापछि निवेदन फारम लिन प्रोत्साहित गर्नुहोस्।
गीत १८८ र समापन प्रार्थना।
मार्च २६ मा सुरु हुने हप्ता
गीत २०४
१० मि: स्थानीय घोषणाहरू। अप्रिल महिनामा सहायक अग्रगामीको निवेदन बुझाउने समय अझै ढिलो भएको छैन भनी बताउनुहोस्। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००१ बाट अप्रिल ३-८ मा दिइएको स्मरणार्थ बाइबल पढाइ पढ्न सबैलाई प्रोत्साहन दिनुहोस्। स्मरणार्थको हप्तामा प्रहरीधरहरा अध्ययन गरिने मिति र समय घोषणा गर्नुहोस्। यस आइतबार, अप्रिल १ मा हुने “कसले उद्धार पाउन सक्छ?” नामक विशेष जनभाषणबारे बताउन नबिर्सनुहोस्। त्यस दिन सबैलाई सेवकाईमा भाग लिई अप्रिल महिनाको राम्रो सुरुवात गर्न आग्रह गर्नुहोस्।
२० मि: “आउनुहोस्, हामी सबै यहोवा र उहाँको पुत्रको आदर गरौं।” प्राचीनद्वारा धर्मशास्त्रमा आधारित प्रोत्साहनजनक भाषण। अप्रिलमा आयोजना गरिएको विशेष क्रियाकलापमा यथासक्य सबैलाई भाग लिन र स्मरणार्थमा मानिसहरूलाई नित्याउन विशेष प्रयत्न गर्न प्रोत्साहित गर्नुहोस्।
१५ मि: हाम्रो पत्रिकाको प्रस्तुतिहरू तयार गर्ने। अप्रिल महिनाभरि हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू प्रस्तुत गर्नेछौं। अक्टोबर १९९६ हाम्रो राज्य सेवकाई-को पृष्ठ ८, अनुच्छेद ३ र १० पुनरावृत्ति गर्नुहोस्। (१) लेख, (२) कुराकानी गर्ने उपयुक्त बुँदा, (३) चासो जगाउने कुनै एक प्रश्न र (४) प्रत्येक नयाँ पत्रिका प्रस्तुत गर्दा प्रभावकारी हुनसक्ने समसामायिक शास्त्रपद। इच्छुक व्यक्तिहरूसँग बाइबल अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रयोग गर्न प्रयत्न गर्नुहोस्। अन्तमा, प्रथम भेटमा कसरी यसो गर्न सकिन्छ भनी राम्ररी तयार पारिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्।
गीत २०७ र समापन प्रार्थना।
अप्रिल २ मा सुरु हुने हप्ता
गीत २२०
९ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मार्च महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्। “स्मरणार्थका सम्झौटोहरू” पुनरावृत्ति गर्नुहोस्।
१८ मि: “प्रेमले हामीलाई प्रचार गर्न उत्प्रेरित गर्छ।”a लेखमा दिइएका शास्त्रपदहरू स्पष्ट पार्नुहोस्। इन्साइट, खण्ड २, पृष्ठ ६७३, अनुच्छेद १ मा दिइएका विचारहरू समावेश गर्नुहोस्। धेरै वर्षदेखि सक्रिय प्रकाशकलाई परमेश्वरप्रतिको प्रेमले प्रचारकार्यमा लागिरहन कसरी उत्प्रेरित गऱ्यो, त्यसबारे बताउन आमन्त्रित गर्नुहोस्। सबै प्रकाशकहरूलाई अप्रिल र त्यसपछिको हरेक महिनामा साक्षीकार्यमा भाग लिन आग्रह गर्नुहोस्।
१८ मि: “अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्।”* जून १९९६ हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद १४-१६, बाइबल बिद्यार्थीलाई संगठनतर्फ डोऱ्याउनका लागि अतिरिक्त सुझाउहरू प्रस्तुत गर्नुहोस्। सभामा उपस्थित हुन प्रोत्साहित गर्न सुरुमा कसरी चाहनुहुन्छ पुस्तिका (पाठ ५, अनुच्छेद ७) र ज्ञान पुस्तक (अध्याय ५, अनुच्छेद २२) प्रयोग गर्न सकिन्छ देखाउनुहोस्। यसलाई उदाहरणद्वारा स्पष्ट पार्न, योग्य प्रकाशकद्वारा विद्यार्थीलाई सभामा उपस्थित हुन गम्भीरतासाथ सोच्न न्यानो प्रोत्साहन दिएको राम्ररी तयार पारिएको एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्।
गीत ४७ र समापन प्रार्थना।
[फुटनोट]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।