प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अप्रिल पृ. ५
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 अप्रिल पृ. ५

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा जनवरी १ देखि अप्रिल २३, २००१ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. हामीले भावनामा बहेर घोर अपराध गर्नुहुँदैन बरु हाम्रो विरुद्ध पाप गर्ने पश्‍चात्तापी व्यक्‍तिहरूलाई अनुकम्पापूर्ण ढंगमा क्षमा गरेर यूसुफको उदाहरण अनुकरण गर्नसक्छौं। (उत्प. ४२:२१; ४५:४, ५) [w-NP९९ १/१ पृ. ३१ अनु. २-३]

२. वैवाहिक एकता कायम गर्ने एक मात्र आधार एउटै विश्‍वास हुनु हो। [fy-NP पृष्ठ २१, २२ अनु. १४]

३. हबकूकको पुस्तकमा ख्रीष्टले चलाउनुहुने परमेश्‍वरको राज्यले पृथ्वी ढाक्नेछ र यसमाथि राज्य गर्नेछ भन्‍ने भविष्यवाणी गरिएको छ। [br78 पृ. १६ अनु. ३]

४. येशूले स्वर्गीय संसार छोडेर पृथ्वीमा स्वर्गदूतहरूभन्दा पनि तल्लो स्तरको तुच्छ मानिसजस्तै हुने विशेष कार्यभार स्वीकारेर नम्रता प्रकट गर्नुभयो। (फिलि. २:५-८; हिब्रू २:७) [w-NP९९ २/१ पृ. ६ अनु. ३]

५. शीशकले यहूदामाथि गरेको चढाइ र “परमप्रभुको भवन र राजाको महलका भण्डारका सबै थोकहरू” लुटेको कुरा पुरातात्त्विक उत्खननले प्रमाणित गर्छ। (२ इति. १२:९) [साप्ताहिक बाइबल पढाइ; w८८ २/१ पृ. २६ अनु. ४ हेर्नुहोस्‌।]

६. येशूले बप्तिस्मा लिनुभएपछि “स्वर्ग उघ्रियो” भन्‍नुको अर्थ स्पष्टतया उहाँलाई आफ्नो स्वर्गीय जीवनको सम्झना हुनु हो। (मत्ती ३:१६) [gt-NP १२]

७. कुनै प्रतिफल पाउने आशा नगरीकन परमेश्‍वरको सेवा गर्नुपर्छ। [w-NP९९ ४/१५ पृ. १६ अनु. १]

८. भजन १०३:२ मा यहोवाका “उपकारहरू[बारे]” उल्लेख गर्दा दाऊदले उहाँका भौतिक सृष्टिबारे सोचिरहेका थिए। [w-NP९९ ५/१५ पृ. २१ अनु. ५-६]

९. महत्त्वपूर्ण आध्यात्मिक विषयहरूको छलफल पारिवारिक अध्ययनमा मात्र गर्नुपर्छ भन्‍ने छैन। [fy-NP पृ. ७० अनु. १४]

१०. पत्नीले पतिलाई परिवारको राम्रो शिर हुन मदत गर्न सक्दिनन्‌। [fy-NP पृ. ३४, ३५ अनु. १७, १८]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. वैवाहिक सल्लाहका लागि बाइबललाई मूल स्रोतको रूपमा स्वीकार्नु किन व्यावहारिक छ? [fy-NP पृ. १० अनु. १८]

१२. विवाहै नगरी यूसुफले कसरी मरियमलाई ‘पारपाचुके गर्ने विचार’ गर्नसके? (मत्ती १:१८, १९) [gt-NP ४]

१३. यहूदाका राजा उज्जियाहबाट शक्‍तिबारे हामी कस्तो गम्भीर पाठ सिक्नसक्छौं? (२ इति. २६:१५-२१) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ १२/१ पृ. २६ अनु. १-२ हेर्नुहोस्‌।]

१४. आफ्ना प्रेरितहरूको खुट्टा धोइदिनुभएर येशूले धार्मिक प्रथाको स्थापना गर्नुभएको नभई कुन शक्‍तिशाली पाठ सिकाइरहनुभएको थियो? (यूह. १३:४, ५) [w-NP९९ ३/१ पृ. ३१ अनु. १]

१५. यशैयाको दिनको लागि चासोको विषय बनेको १ इतिहास १४:८-१७ आजका मसीहीजगत्‌लाई पनि किन चासोको विषय हुनुपर्ने हो? (यशै. २८:२१) [साप्ताहिक बाइबल पढाइ; w९१ ६/१ पृ. २१ अनु. २-३ हेर्नुहोस्‌।]

१६. बाल उपासनाको कुन पक्षले थुप्रै इस्राएलीलाई आकर्षित गऱ्‍यो? [w-NP९९ ४/१ पृ. २९ अनु. ३-६]

१७. यरूशलेममा पानीको आपूर्ति गर्ने नहरलाई सुरक्षित राख्न अनि त्यसलाई बढाउन हिजकियाहले गरेको कार्यबाट हामी कुन व्यावहारिक पाठ सिक्नसक्छौं? (२ इति. ३२:३, ४) [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ८/१५ पृ. ६ अनु. १-२ हेर्नुहोस्‌।]

१८. परमेश्‍वरको सेवा गर्न र झूटा उपासनाको विरुद्ध खडा हुन आजका जवानहरूलाई योशियाहको उदाहरण कसरी प्रोत्साहनदायी हुनसक्छ? (२ इति. ३४:३, ८, ३३) [साप्ताहिक बाइबल पढाइ; w-NP९१ ९/१ पृ. ५ अनु. २ हेर्नुहोस्‌।]

१९. के बेबिलोनमा बाँकी रहेका सबै यहूदीहरू अविश्‍वासी थिए अनि यसबाट हामी कुन व्यावहारिक पाठ सिक्नसक्छौं? (एज्रा १:३-६) [साप्ताहिक बाइबल पढाइ; w८६ १/१५ पृ. ८ अनु. ४, ७ हेर्नुहोस्‌।]

२०. यहोवाले आफ्ना जनहरूले गरेको सुरिलो प्रशंसा सुनिरहनुभएको थियो भनेर २ इतिहास ५:१३, १४ को विवरणमा भएको कुन कुराले देखाउँछ? [साप्ताहिक बाइबल पढाइ; w-NP९४ ५/१ पृ. १६ अनु. ७ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. आफ्नो सँगी मसीहीलाई मानिसको ______________________ तथा __________________ नभई ईश्‍वरीय __________________-मा आधारित सल्लाह वा सुझाउ दिनुपर्छ। (कल. २:८) [w-NP९९ १/१५ पृ. २२ अनु. १]

२२. यहोवाका साक्षीहरू जिज्ञासु व्यक्‍तिहरूसित तिनीहरूको __________________-मा गएर निश्‍शुल्क __________________ सञ्चालन गर्छन्‌। [br78 पृ. २८ अनु. १]

२३. काँडाहरूले बीउलाई हुर्केर बढ्‌न बाधा पुऱ्‍याएझैं अनियन्त्रित ______________________ र ______________________-को भ्रमात्मक शक्‍तिले आध्यात्मिक तवरमा परिपक्व हुनदेखि रोक्नसक्छ। (मत्ती १३:१९, २२) [w-NP९९ ३/१५ पृ. २२ अनु. ४]

२४. सांसारिक धन, __________________ वा ___________________ प्राप्त गर्ने अवसर हाम्रो सामुन्‍ने प्रस्तुत गरेर हामीलाई पनि दियाबलले त्यस्तै प्रकारको ______________________-मा पार्नसक्छ। [gt-NP १३]

२५. सुलेमानजस्तै नचुक्न साँचो मसीहीले उपासनाप्रतिको ______________________ अथवा ______________________ त्यागेर ‘आफ्नो परमेश्‍वर यहोवालाई आफ्नो पूरा हृदयले प्रेम गर्नुपर्छ’ भन्‍ने ______________________-का शब्दहरू अपनाउनुपर्छ। (मत्ती २२:३७; १ इति. २८:९) [साप्ताहिक बाइबल पढाइ; w८६ ६/१ पृ. १९ अनु. १७-१८ हेर्नुहोस्‌।]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. दोस्रो राजा १७:५, ६ मा दिइएको विवरणले इस्राएलको दस कुलको उत्तरी राज्य कसरी (तिग्लत-पिलेसेरले; शल-मनेसेर पाँचौंले; इसार-हिदोनले) कब्जा गरे अनि तीन वर्षसम्म नाकाबन्दीमा परेपछि सामरिया कसरी अन्ततः सा.यु.पू. (७४०; ६०७; ५३७) मा अश्‍शूरीहरूको हातमा पऱ्‍यो भनेर बताउँछ। [साप्ताहिक बाइबल पढाइ; w८८ २/१५ पृ. २७ अनु. १ हेर्नुहोस्‌।]

२७. बाइबल आजभन्दा करीब (३५००; २०००; १०००) वर्षअघि लेख्न सिद्धिएको भए तापनि त्यसमा पाइने सल्लाह आज पनि पूर्णतः व्यावहारिक छ। [fy-NP पृ. १२ अनु. २३]

२८. प्रस्थान ४:११ ले यहोवा परमेश्‍वरले ‘मानिसलाई लाटो, बहिरो, देख्ने र अन्धो’ बनाउनुहुन्छ भनेर बताउँदा उहाँ (मानिसको अशक्‍तताको लागि दोषी हुनुहुन्छ; सेवाका सुअवसरहरूका लागि भिन्‍नाभिन्‍नै बनाउनुहुन्छ; मानिसमा शारीरिक त्रुटि देखा पर्न दिनुहुन्छ) भन्‍न खोजिएको हो। [w-NP९९ ५/१ पृ. २८ अनु. २]

२९. मसीही आमाबाबुहरूले आफ्ना छोराछोरीलाई अनुशासन दिंदा (दयालु; दृढ; कठोर) हुनुपर्छ भन्‍ने कुरा ध्यानमा राख्नुको साथै एफिसी ६:४ मा दिइएको सल्लाह पनि विचार गर्छन्‌। [fy-NP पृ. ६० अनु. २१]

३०. मसीहीजगत्‌का आधारभूत सिद्धान्तहरू बाइबलमा नभई प्राचीन (तथ्यहरूमा; किंवदन्तीहरूमा; चलनहरूमा) आधारित छन्‌। [pr-NP पृ. १७ अनु. ४]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

प्रेरि. १७:१०, ११; हितो. २५:११; रोमी १२:२; यूह. २:१५-१७; मत्ती १३:५५, ५६

३१. हाम्रो सोचाइ परिवर्तन गरेर ईश्‍वरीय सत्य कुराद्वारा मन भर्न स्वैच्छिक प्रयास चाहिन्छ। [w-NP९९ ४/१ पृ. २२ अनु. २]

३२. सल्लाह दिंदा सही शब्दहरू छान्‍नु महत्त्वपूर्ण छ। [w-NP९९ १/१५ पृ. २३ अनु. १]

३३. कसैले बाइबल सच्चाइ भनेर कुनै कुरा सिकाउन खोज्छ भने यहोवाका साक्षीहरूले प्रथम शताब्दीका बिरियाका मानिसहरूको हुबहु नकल गर्छन्‌। [br78 पृ. ३, अनु. ४]

३४. येशूका कम्तीमा पनि छ जना भाइबहिनी थिए। [gt-NP ९]

३५. येशूले व्यापारी तथा बेच-बिखन गर्नेहरूलाई मन्दिरबाट लघार्नुभएको देख्दा उहाँका चेलाहरूले परमेश्‍वरका पुत्रबारे लेखिएको अगमवाणी सम्झे। [gt-NP १६]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने