घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाउनेहरूलाई ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। साथै, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्ने यत्न गर्नुहोस्। जुलाई: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” ह्वाट हेपन्स टु अस ह्वेन वी डाई र ह्वेन समवान यु लभ डाइज्। उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू —तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, स्प्रिट अफ द डेथ—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र विल देयर बि अ वर्ल्ड विथआउट वार?
▪ “सन् २००१ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका” मा असाइनमेन्ट न. ३ र न. ४ मा रिजनिङ पुस्तकको निश्चित पृष्ठ र अनुच्छेद संख्याहरू उद्धत गरिएका छन्। अनुच्छेद गन्ती गर्दा इन्डेन्ट गरिएका अनुच्छेदहरूलाई मात्र गन्नुपर्छ।
▪ सोसाइटीले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको सही रेकर्ड राख्नु आवश्यक छ। ठेगाना र टेलिफोन नम्बरहरू परिवर्तन भएमा सचिवले मण्डलीको प्रिसाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराममा भरेर तुरुन्तै सोसाइटीलाई पठाउनुपर्छ। एस टि डि कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि समावेश गर्नुपर्छ।
▪ मण्डलीका सचिवहरूले निम्न अग्रगामी फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ: एप्लिकेशन फर रेगुलर पायोनिर सर्भिस (S-205), एप्लिकेशन फर अक्जुलरी पायोनिर सर्भिस (S-205b)। यसलाई लिटरेचर रिक्वेस्ट फाराममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामीले निवेदन फारम भरेपछि पूरा भयो कि भएन हेर्न, दोहोऱ्याएर हेर्नुहोस्। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउनसक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ।
▪ व्यक्तिगत यात्राको दौडान अन्य मुलुकका मण्डलीका सभाहरू, क्षेत्रीय सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि सीधै त्यस मुलुकमा भइरहेको कामको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा सूचीबद्ध गरिएको छ।
▪ मण्डलीले मगाएका साहित्यहरू केही समयको लागि स्टकमा छैन भने उक्त साहित्यहरूलाई प्याकिङ लिस्टमा पेन्डिङको सूचिमा राखिनेछ। स्टकमा आइसकेपछि सबै पेन्डिङ साहित्यहरू स्वतः पठाइनेछन्। तसर्थ, एक चोटि साहित्य पेन्डिङ सूचीमा आइसकेपछि, फेरि मगाइरहनु पर्दैन। यदि पेन्डिङ सूचीमा परेका साहित्यहरूको संख्यामा केही थप्नु आवश्यक छ भने विशेष मागमा पर्ने साहित्यहरू जस्तै, लिटरेचर रिक्वेस्ट फाराम (S-14) सँगै एउटा सानो टिपोट पनि संलग्न गर्नुहोस्। टिपोटमा यस्तो लेख्नुहोस्, माग गरिएका थप साहित्यहरू पहिल्यै अर्डर गरिसकिएको छ र यसलाई पेन्डिङ सूचीमा देखाइएको छ। यस्तो टिपोट संलग्न नगरिएका अर्डरहरू स्वीकारिनेछैन।
▪ एउटै राज्यभवन प्रयोग गर्ने मण्डलीहरूले साहित्यहरू आफ्नो संयोजक मण्डलीबाट पाउँछन्।
▪ यदि साहित्य र पत्रिका पठाउने ठेगाना परिवर्तन भएको कुरा मण्डलीले जानकारी गराएको छ भने परिवर्तन भएको ठेगाना प्रयोगमा नल्याइएसम्म पुरानै ठेगानाबाट साहित्यहरू संकलन गर्न निश्चित प्रबन्ध मिलाउनुहोस्। सोसाइटीलाई टेलिफोन र फ्याक्सद्वारा जानकारी दिए तापनि माथि भनिएअनुसार गर्नु आवश्यक छ।
▪ पुनः घोषणा नगरिएसम्म आ-आफ्नो भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स डिलक्स संस्करणको बाइबल, प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का अंग्रेजी खण्डहरू र भिडियो क्यासेटहरूको लागि अनुरोध नपठाउनुहोस्। कृपया पत्रिकाको व्यक्तिगत प्रति सुरक्षित राख्नुहोस् र वर्षको अन्तमा व्यक्तिगत र मण्डलीको पुस्तकालयको लागि खण्ड बनाउनुहोस्। मण्डलीको पुस्तकालयमा भएका भिडियो क्यासेटहरूलाई कुनै पनि समय प्रयोग गर्न सकिन्छ। प्रकाशकहरूलाई आ-आफ्नो भाषाको बाइबल स्थानीय रूपमै प्राप्त गर्न अनुरोध गरिन्छ।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
बाइबलका आधारभूत शिक्षाहरू —पंजाबी