सेवा सभाको तालिका
अप्रिल ९ मा सुरु हुने हप्ता
गीत ९३
१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। मण्डलीको स्मरणार्थ उपस्थिति संख्या घोषणा गर्नुहोस्। पहिलोपल्ट उपस्थित हुनेहरूले कस्तो प्रतिक्रिया देखाए, श्रोताहरूलाई भन्न लगाउनुहोस्। अप्रिल २३ को हप्तामा हुने छलफलको लागि तैयारी गर्न सबैलाई द बाइबल—इट्स पावर इन योर लाइफ नामक भिडियो हेर्न प्रोत्साहित गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
२० मि: “सेवकाईमा ‘व्यस्त’ हुनुहोस्।”* अनुच्छेद ३-५ मा दिइएको सल्लाहअनुसार अरूलाई मदत गरेर प्राप्त भएको आनन्दबारे दुई वा तीन प्रकाशकहरूलाई बताउन आमन्त्रित गर्नुहोस्।
गीत ८० र समापन प्रार्थना।
अप्रिल १६ मा सुरु हुने हप्ता
गीत १४५
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अप्रिलमा दुई सप्ताहन्त मात्र बाँकी भएको हुनाले महिना अन्त हुनुअघि नै सबैलाई सेवकाईमा भाग लिन आग्रह गर्नुहोस्।
१५ मि: “‘परमेश्वरको वचनका शिक्षकहरू’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००१।”* सचिवले प्रश्नोत्तरद्वारा सञ्चालन गर्नेछन्। पहिले सोसाइटीबाट मार्च १५, २००१ मा प्राप्त अधिवेशनको असाइनमेन्ट पत्र पढ्नुहोस्। उल्लिखित शास्त्रपदहरू प्रयोग गर्दै हामी सबैले सोसाइटीको निर्देशन राम्ररी पालन गर्नु किन आवश्यक छ, बुझाउनुहोस्। तीनै दिन अधिवेशनमा उपस्थित हुन सबैले पहिल्यै बिदा मिलाउनुपर्ने आवश्यकतामा जोड दिनुहोस्। सोसाइटीका प्रबन्धहरूअनुरूप चलेकोमा सबैको प्रशंसा गर्नुहोस्।
२० मि: “सरल अनि स्पष्ट प्रस्तुती नै सबैभन्दा प्रभावकारी हुन्छ।”* जुलाई १९९९ हाम्रो राज्य सेवकाई पृष्ठ ४ को “के भन्न खोज्नुभएको, त्यो भन्नुहोस् न!” लेखमा दिइएका विचारहरूलाई समावेश गर्नुहोस्। एक वा दुइटा छोटो र सरल प्रदर्शन प्रस्तुत गर्नुहोस्।
गीत १४६ र समापन प्रार्थना।
अप्रिल २३ मा सुरु हुने हप्ता
गीत १६३
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: “पहिल्यै योजना बनाउने—तर कुन कुराको लागि?” भाषण। नोभेम्बर १, २००० प्रहरीधरहरा पृष्ठ १८-२१ का उपयुक्त बुँदाहरू समावेश गर्नुहोस्।
२५ मि: “द बाइबल—इट्स पावर इन योर लाइफ नामक भिडियोबाट के सिक्यौं?” श्रोताहरूसित छलफल। सोसाइटीका भिडियोहरूको सदुपयोग गर्ने सन्दर्भमा यरबूक १९९७ को पृष्ठ ५४ अनुच्छेद १ मा दिइएको अनुभवमा आधारित उपायहरू प्रयोगमा ल्याए कसो होला? जून महिनामा हामी जेहोभाज् विट्नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी एसल्ट नामक भिडियोको पुनरावृत्ति गर्नेछौं।
गीत २०२ र समापन प्रार्थना।
अप्रिल ३० मा सुरु हुने हप्ता
गीत २१५
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अप्रिल महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। पुस्तक अध्ययन सञ्चालकहरूले आफ्नो समूहको हरेकले रिपोर्ट दिएका छन् कि छैनन् पक्का गर्नुपर्छ ताकि मे ६ भित्रै जम्मै रिपोर्ट संकलन गर्न सकियोस्।
१५ मि: “असल छिमेकी बनेर साक्षी दिनुहोस्।”* आचरणद्वारा साक्षी दिन सकिने अतिरिक्त तरिकाहरू उल्लेख गर्नुहोस्।—नोभेम्बर १, १९९७ प्रहरीधरहरा पृष्ठ १८ अनुच्छेद १६ हेर्नुहोस्।
२० मि: अग्रगामीहरू अरूलाई मदत गर्छन्। सेवा निरीक्षकद्वारा भाषण तथा अन्तरवार्ता। सेप्टेम्बर १९९८ अंकको हाम्रो राज्य सेवकाई पृष्ठ ८ मा दिइएको अग्रगामीहरू अरूलाई मदत गर्छन् शीर्षकको लेख पुनरावृत्ति गर्नुहोस्। स्थानीय रूपमा हासिल भएका उत्थानदायी नतिजाहरूबारे बताउनुहोस्। कुनै भाइ वा बहिनीलाई मदत दिने अग्रगामी र अरूबाट मदत पाउने कुनै एक प्रकाशकको अन्तरवार्ता लिनुहोस्। सेवकाईमा सँगै काम गर्दा दुवैले कसरी लाभ उठाए सो देखाउनुहोस्। आउँदा महिनाहरूमा यस प्रबन्धबाट लाभ उठाउन अरूलाई आमन्त्रित गर्नुहोस्।
गीत २१६ र समापन प्रार्थना।
मे ७ मा सुरु हुने हप्ता
गीत ८४
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “परमेश्वरको लागि सबै कुरा सम्भव छ।”a सन् १९३५ मा विस्तार गरिएको प्रचार कार्यलाई हालैको यरबूक-मा प्रकाशित रिपोर्टसँग तुलना गर्दै प्रोक्लेमर्स पुस्तकको पृष्ठ ४४३ मा दिइएका कुराहरूबारे छोटो टिप्पणी गर्नुहोस्। एकताक यो वृद्धि कसरी असम्भवजस्तै देखिन्थ्यो, बताउनुहोस्।
२० मि: हाम्रो परिवारले कसरी पवित्रता देखाउन सक्छन्? प्राचीन र उनको परिवार मिलेर प्रहरीधरहरा, अगस्त १, १९९६, पृष्ठ १७-२० का विषयवस्तु छलफल गर्छन्। घरमा, नातेदारहरूसँग, मण्डलीमा, छरछिमेकमा र स्कूल तथा कार्यस्थलमा पवित्रता झल्काउने तरिकाहरूबारे पुनरावृत्ति गर्नुहोस्।
गीत ७० र समापन प्रार्थना।
[फुटनोट]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।