तपाईंको निजी पुस्तकालयमा कुनै यरबूकहरू छैनन् कि?
प्रत्येक यरबूक अफ जेहोभाज् विट्नेसेज पढ्नको लागि मनोहर तथा मूल्यवान् खजाना हो। विश्वका चारैकुनाबाट प्राप्त राज्य प्रचारकार्यको उत्थानदायी रिपोर्टले यहोवाको मार्गदर्शन, सुरक्षा र आशिष्मा हाम्रो भरोसालाई अझ सुदृढ बनाउँछ। हामीसित सन् १९९७ देखि सन् २००० सम्मका यरबूक-का अंग्रेजी संस्करणहरू उपलब्ध छन्। यी यरबूकहरू-मा ऊरूग्वे, चेक गणतन्त्र, जर्मनी, जापान, पाराग्वे, ब्राजिल, बेनिन, बेलायत, मडागास्कर, मलावी, माइक्रोनेसिया र मार्टिनिक जस्तामुलुकहरूका राज्य गतिविधिहरूको उत्साहजनक इतिहास समावेश गरिएका छन्। यीमध्ये कुनै यरबूक-को संस्करण तपाईंको निजी पुस्तकालयमा छैनन् कि, जाँचे कसो होला? त्यसै गरी, ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकले राज्यभवनको पुस्तकालयमा पनि हेर्नुपर्छ। कुनै पनि प्रकाशक वा मण्डलीलाई यी यरबूकहरू चाहिन्छ भने मण्डलीका साहित्य सेवकद्वारा मगाउन सक्नुहुन्छ।