सेवा सभाको तालिका
सूचना: हाम्रो राज्य सेवकाई-ले आगामी महिनाहरूमा हरेक हप्ताका लागि सेवा सभाको तालिका बनाउनेछ। “परमेश्वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनमा उपस्थित हुनका लागि मण्डलीहरूले आवश्यक छाँटकाँट गर्नसक्छन्। अधिवेशनअघिको अन्तिम सेवा सभामा १५ मिनेट यस महिनाको परिशिष्टमा दिइएका सुस्पष्ट सल्लाहहरूमध्ये स्थानीय इलाकामा लागू हुने बुँदाहरू दोहऱ्याउनुहोस्। डिसेम्बर महिनाको एउटा सेवा सभामा अधिवेशनका विशेषताहरूबारे पुनरावृत्ति गर्ने प्रबन्ध मिलाइनेछ। उक्त छलफलमा भाग लिन अग्रिम तयारीका लागि सबैले अधिवेशनमा अर्थपूर्ण टिपोट लिनसक्छन्। टिपोट लिंदा आफूले व्यक्तिगत रूपमा र क्षेत्र सेवकाईमा प्रयोगमा ल्याउन चाहेका बुँदाहरूको सूची बनाउन सकिन्छ। त्यसपछि मात्र अधिवेशनमा प्रस्तुत गरिएका सुझाउहरूलाई हामीले कसरी व्यवहारमा उतारेका छौं भनी बताउन सक्नेछौं। अधिवेशनमा पाएका राम्रा निर्देशनहरूबाट हामीले कसरी लाभ उठायौं, त्यसबारे बताउँदा त्यो सबैको निम्ति प्रोत्साहनजनक साबित हुनेछ।
जुलाई ९ मा सुरु हुने हप्ता
गीत १०
८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। माथिको सूचनामा उल्लेखित सेवा सभाको छाँटकाँटबारे बताउनुहोस् र डिसेम्बर महिनामा सेवा सभाको लागि बनाइएका योजनाहरू र जिल्ला अधिवेशनका विशेषताहरूको पुनरावृत्ति हुने मिति पनि बताउनुहोस्।
१७ मि: युवाजन हो—आफूले छान्ने पेसाबारे बुद्धिमानी भई विचार गर्नुहोस्। एक जना पिता र उनका किशोर छोरा वा किशोरी छोरी, सांसारिक पेसामा व्यावहारिक अनुभव भएको प्राचीनकहाँ सल्लाहको लागि जान्छन्। पेसा छान्ने विषयमा तीन हप्ताअघिको सेवा सभाको भागलाई सम्झँदै तिनीहरू नियमित अग्रगामी सेवा थाल्नेबारे गम्भीरतासाथ सोच्दैछन् तर आफ्ना भौतिक आवश्यकताहरू कसरी जुटाउने भन्नेबारे तिनीहरू अन्योलमा परेका छन्। प्राचीनले सन्तुलित दृष्टिकोण राख्नुपर्ने आवश्यकतालाई जोड दिन्छन्। (सेप्टेम्बर १, १९९९, प्रहरीधरहरा, पृष्ठ ११, अनुच्छेद १३) आत्मनिर्भर हुनको लागि केही सीप सिक्नु बुद्धिमानी हुनेछ। धेरैले थोरै समय र खर्च लाग्ने आधारभूत सीपहरू सिकेर अग्रगामी गर्न सकिरहेका छन्। (फेब्रुअरी १, १९९६, प्रहरीधरहरा, पृष्ठ १४; युवाजनहरू सोध्छन्, पृष्ठ १७८) तिनीहरू सँगै मिलेर अप्रिल ८, १९९६, ब्यूँझनुहोस्!, पृष्ठ २६-२७ छलफल गर्छन् र अन्य उपयुक्त पेसा खोज्ने वा आफैले केही गर्नेबारे व्यावहारिक सल्लाहहरू छलफल गर्छन्।
२० मि: “के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?”* स्थानीय प्रकाशकहरूले पृथक वा कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकामा प्रचार गर्दा बटुलेका प्रोत्साहनजनक अनुभवहरू समावेश गर्नुहोस्।—आवर मिनिस्ट्री पुस्तक, पृष्ठ ११२-१३ हेर्नुहोस्।
गीत ४२ र समापन प्रार्थना।
जुलाई १६ मा सुरु हुने हप्ता
गीत ५७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: गुड न्युज फर अल नेशन्स। श्रोताहरूसित छलफल र प्रदर्शन। हाम्रो देशमा धेरै भाषा बोलिन्छन्। गुड न्युज फर अल नेशन्स पुस्तिका प्रयोग गरेर कसरी बेग्लै भाषा बोल्ने व्यक्तिहरूलाई साक्षी दिन सकिन्छ भनी देखाउनुहोस्। पृष्ठ २ मा भएको “यस पुस्तिकाको प्रयोग” शीर्षकअन्तर्गतका विषयवस्तुको सारांश बताउनुहोस् र तपाईंको मण्डलीले प्रयोग गर्ने भाषामा उपलब्ध प्रस्तुति पढ्नुहोस्। घरघरको प्रचारमा जाँदा अर्कै भाषा बोल्ने मानिस भेटेमा के गर्ने, प्रर्दशन गरेर देखाउनुहोस्। यस सन्दर्भमा तपाईंको इलाकाका केही राम्रा अनुभवहरू छन् भने बताउनुहोस्।—फेब्रुअरी १९९८, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद ७-८ हेर्नुहोस्।
२० मि: “पछि नहट्नुहोस्!”* समयले भ्याएमा डिसेम्बर १५, १९९९, प्रहरीधरहरा, पृष्ठ २५ का अनुभवहरू बताउनुहोस्।
गीत ६३ र समापन प्रार्थना।
जुलाई २३ मा सुरु हुने हप्ता
गीत २२
५ मि: स्थानीय घोषणाहरू।
२० मि: युवाजन हो—आफ्नो शिक्षाबारे योजना बनाउँदा विवेकी हुनुहोस्। एक जना प्राचीनले आमाबाबु र तिनीहरूका किशोरकिशोरी छोराछोरीसित अतिरिक्त शिक्षाबारे कुरा गर्छन्। प्राचीनले सेप्टेम्बर १, १९९९, प्रहरीधरहरा, पृष्ठ १६-१७, अनुच्छेद ११-१३ का विषयवस्तुबाट छलफल सुरु गर्छन् र पूर्ण-समय सेवकाईलाई नै उनीहरूले प्राथमिकता दिनुपर्ने कारणमाथि जोड दिन्छन्। (डिसेम्बर १, १९९६, प्रहरीधरहरा, पृष्ठ १८-१९, अनुच्छेद १३-१५) त्यसपछि सबै मिलेर अप्रिल ८, १९९८, ब्यूँझनुहोस्!, पृष्ठ २६-२७ का सल्लाहहरूको पुनरावृत्ति गर्छन् र थप शिक्षा हासिल गर्दा हुने फाइदा तथा बेफाइदा विचार गर्नुपर्ने अनि सेवकाईमा जोसका साथ लाग्दा आत्मनिर्भर बन्न चाहिने मात्रामा शिक्षा लिनुपर्ने आवश्यकतामाथि जोड दिन्छन्। पहिले राज्यलाई प्राथमिकता दिने येशूको सल्लाहअनुरूप गर्नुपर्छ भन्ने कुरामा सबै राजी हुन्छन्।—मत्ती ६:३३.
२० मि: “आइजायाज् प्रोफेसी अध्ययन गर्न तयार हुनुहोस्!”a यशैयाको पुस्तक अध्ययन गरेर हामी कसरी लाभ उठाउँछौं, त्यसबारे छोटो टिप्पणी गर्नुहोस्। (आइजायाज् प्रोफेसी १ को अध्याय १, अनुच्छेद १०-१२ हेर्नुहोस्।) सबैलाई नियमित तवरमा मण्डली पुस्तक अध्ययनमा उपस्थित हुन प्रोत्साहित गर्नुहोस्।
गीत ५३ र समापन प्रार्थना।
जुलाई ३० मा सुरु हुने हप्ता
गीत ३
५ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जुलाई महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१४ मि: “अधिवेशनहरू—रमाहट गर्ने समय!” प्राचीनद्वारा भाषण। बाइबलकालीन समयमा यहोवाका जनहरू किन ठूलो समूहमा भेला हुन्थे र आज पनि त्यसरी नै भेला हुनु किन लाभदायक छ, बुझाउनुहोस्। यस्ता अवसरहरूले एकअर्कालाई सुदृढ पार्ने संगति र अत्यावश्यक आध्यात्मिक आहार प्रदान गर्छन्। सबै जना जिल्ला अधिवेशनको तीनै दिन भेला हुनुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्।
१६ मि: “‘शिष्ट रुपले र नियमपूर्वक’ संगठित हुने।”b अधिवेशन आयोजना गर्न मिलाउनुपर्ने केही विस्तृत प्रबन्धहरूबारे बताउनुहोस्। हाम्रो भलाइको लागि गरिएका व्यवस्थाहरूलाई पूर्णतया सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्। हामी सबैले उचित आदर देखाउनसक्ने र अनावश्यक समस्याहरू ननिम्त्याउने केही तरिकाहरूबारे पुनरावृत्ति गर्नुहोस्।
गीत ३१ र समापन प्रार्थना।
अगस्त ६ मा सुरु हुने हप्ता
गीत ५२
१० मि: स्थानीय घोषणाहरू। श्रोताहरूलाई आफ्नो कार्यस्थल जाँदा, छुट्टीमा घुम्न जाँदा वा गैर-साक्षी नातेदारहरूलाई भेट्न जाँदा अनौपचारिक प्रचार गरेका अनुभवहरू बताउन आग्रह गर्नुहोस्।
१७ मि: “ध्यान दिएर सुन्नुहोस् र आफ्नो विद्या बढाउनुहोस्” भाषण तथा श्रोताहरूसित छलफल। अधिवेशनमा प्रदान गरिने निर्देशनहरू हाम्रोलागि किन महत्त्वपूर्ण र आवश्यक आध्यात्मिक आहार हुन्, व्याख्या गर्नुहोस्। त्यस्तो कार्यक्रम तयार गर्न निकै समय र प्रयास लगाउनुपर्ने आवश्यकताबारे टिप्पणी गर्नुहोस्। स्वयम् आफू र अरूको फाइदाको लागि प्रत्येकले के के गर्नसक्छन्, श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। प्रत्येक कार्यक्रम सुरु हुनुअघि हामी सबै जना आ-आफ्नो सिटमा बसिसक्नुपर्ने कारणमाथि जोड दिनुहोस्।
१८ मि: “असल कार्य गरेर प्रशंसाको पात्र बन्नुहोस्!”c ठूलठूला अधिवेशनहरूमा उपस्थित हुँदा हामीतिर अरूको ध्यान खिचिनुको कारण बुझाउनुहोस्। पर्यवेक्षकहरूको सकारात्मक टिप्पणीहरूले राज्यको साक्षी दिने कार्यमा टेवा पुऱ्याउँछ तर आलोचनात्मक प्रतिक्रियाले मानिसहरू तर्केर जानसक्छन्। हामीसित मसीही गुणहरू छन् भनेर देखाउन हामीले केही खासखास कुरा गर्नुपर्छ, जसमा अरूप्रति साँचो चासो देखाउनु पनि समावेश छ भनी औंल्याउनुहोस्।
गीत १०५ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।