प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अगस्त पृ. १
  • मसीही संगति कत्तिको महत्त्वपूर्ण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीही संगति कत्तिको महत्त्वपूर्ण छ?
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक तालिका—मण्डलीका सभाहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मसीही जमघटहरूको मूल्यांकन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तपाईंको बानी कस्तो छ?
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अगस्त पृ. १

मसीही संगति कत्तिको महत्त्वपूर्ण छ?

१ “संगतिविना एक्लो मानिस मौलाउन सक्दैन।” सत्रौं शताब्दीका एक जना कविले व्यक्‍त गरेको यो अभिव्यक्‍तिले आधारभूत मानव आवश्‍यकताबारे बाइबलले भनेको कुरा सम्झना दिलाउँछ—त्यो हो संगति। (हितो. १८:१) हाम्रो मसीही संगतिले यो आवश्‍यकता पूरा गर्छ। कुन लाभदायक तरिकामा?

२ सेवकाईमा: संगतिले दिने सबैभन्दा लाभदायी कुरा त, जन सेवकाईमा भाइबहिनीहरूले दिने बल र मदत हो। येशूले आफ्ना चेलाहरूलाई “दुइ दुइ गरी” पठाउनुभयो। (मर्कू. ६:७; लूका १०:१) यस अनुरूप हाम्रा भाइबहिनीहरूसित क्षेत्र सेवकाईमा जाँदा हामी आफ्नो जीवनमा उपदेशक ४:९, १० सत्य साबित भएको महसुस गर्छौं। हामी सँगै सेवकाईमा जाँदा हाम्रा सँगीहरूको विश्‍वास, आज्ञाकारीता अनि प्रेमले हामीलाई साहसी हुन उत्प्रेरित गर्नुका साथै हाम्रो जोस नवीकरण गर्छ।

३ व्यक्‍तिगत मदतको लागि: तनाउको सामना गर्नुपर्दा अनि प्रलोभनको विरोध गर्नुपर्दा हाम्रो भ्रातृत्व प्रोत्साहन अनि डोऱ्‍याइको स्रोत पनि हुँदछ। हाम्रा मसीही मित्रहरूले हाम्रो व्यक्‍तिगत हित हुने शास्त्रपदहरूमा हाम्रो ध्यान केन्द्रित गर्नसक्छन्‌। हामीले तिनीहरूको निम्ति प्रार्थना गरेझैं तिनीहरूले पनि हाम्रोनिम्ति प्रार्थना गरिदिनसक्छन्‌। (२ कोरि. १:११) अनि तिनीहरूको असल उदाहरणले हामीलाई पक्कै पनि सही कार्य गर्न उत्प्रेरित गर्नुका साथै हामीलाई बलियो बनाउँछ।

४ सभाहरूमा: हामी नियमित तवरमा सभाहरूमा उपस्थित हुँदा मसीही संगतिको आनन्द उठाउन सक्छौं। (हिब्रू १०:२४, २५) कार्यक्रमहरू प्रचुर आध्यात्मिक निर्देशनहरूले भरिएका हुन्छन्‌ र सभाहरूमा उपस्थित हुँदा त्यसले हामीलाई सँगी विश्‍वासीहरूसित घनिष्ठ बनाउँछ। यस्ता जमघटहरूमा हाम्रा भाइबहिनीहरूले मञ्चबाट वा टिप्पणीहरूद्वारा व्यक्‍त गरेका विश्‍वासका अभिव्यक्‍तिहरू सुन्‍ने अवसरहरू प्राप्त हुन्छ। (रोमी १:१२) सभाअघि र पछि भाइबहिनीहरूसँगको कुराकानीले हाम्रो संगति अझ गहिरो बनाउँछ। यस्ता अवसरहरूले विश्‍वास बलियो बनाउने आफ्ना अनुभवहरू अरूलाई बताउने अवसर पनि प्रदान गर्छ। यहोवा, उहाँको वचन, उहाँको कार्य अनि उहाँका जनहरूलाई प्रेम गर्ने व्यक्‍तिहरूसित मन खोलेर संगति गर्दा हाम्रो व्यक्‍तित्वमा त्यसको सकारात्मक असर पर्छ।—फिलि. २:१, २.

५ हामीलाई हाम्रा मसीही मित्रहरू चाहिन्छ। तिनीहरूविना जीवनतर्फ डोऱ्‍याउने साँघुरो बाटोमा हिंड्‌न निकै गाह्रो हुनेछ। तिनीहरूको प्रेम अनि प्रोत्साहनद्वारा हामी यहोवाको धार्मिक नयाँ संसारतर्फ लैजाने मार्गमा लगातार हिंडिरहन सक्छौं।—मत्ती ७:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने