प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • अगस्त १३ मा सुरु हुने हप्ता
  • अगस्त २० मा सुरु हुने हप्ता
  • अगस्त २७ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 अगस्त पृ. २

सेवा सभाको तालिका

अगस्त १३ मा सुरु हुने हप्ता

गीत ३०

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अगस्त २७ को हप्तामा हुने सेवा सभाको तयारीको लागि सबैलाई द न्यु वर्ल्ड सोसाइटी इन एक्सन भिडियो हेर्न प्रोत्साहित गर्नुहोस्‌।

१७ मि: अप्रिल महिनाको सेवा रिपोर्ट। भाषण तथा अन्तरवार्ता। यो भाग सेवा निरीक्षकद्वारा प्रस्तुत गरिनेछ। सम्पूर्ण देश र स्थानीय मण्डलीको अप्रिल महिनाको क्षेत्र सेवा रिपोर्टबारे प्रकाश पार्नुहोस्‌। उक्‍त महिना सेवकाईमा थप प्रयत्न गर्ने विभिन्‍न प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। सेवकाईमा पूर्णतया भाग लिंदा तिनीहरूले के-कस्ता आनन्द उठाए र सेवकाईमा व्यस्त रहन हाल तिनीहरू के गर्दैछन्‌, बताउन लगाउनुहोस्‌।—मार्च २००१, हाम्रो राज्य सेवकाई परिशिष्ट, अनुच्छेद २८-३० हेर्नुहोस्‌।

१८ मि: “के तपाईं अझ बढी गर्न चाहनुहुन्छ?”* आफ्नो इलाकामा बसोबास गर्ने बेग्लै भाषा बोल्ने मानिसहरूलाई कसरी अझ विस्तृत रूपमा साक्षी दिन सकिन्छ, त्यसबारे सुझाउहरू समावेश गर्नुहोस्‌। जून १५, १९९७, प्रहरीधरहरा, पृष्ठ २६-९ का विषयवस्तुमाथि छोटो टिप्पणी गर्नुहोस्‌।

गीत ६८ र समापन प्रार्थना।

अगस्त २० मा सुरु हुने हप्ता

गीत ३३

८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: “तपाईं ‘तमाशा’ बन्‍नुभएको छ!”a यहोवाका साक्षीहरूका कार्य अनि आचरणहरूबारे स्थानीय रूपमा मानिसहरूले गरेका केही सकारात्मक टिप्पणीहरूबारे बताउनुहोस्‌।—प्रहरीधरहरा, मार्च १५, १९९८, पृष्ठ १० र जनवरी १५, १९९९, पृष्ठ ३२ हेर्नुहोस्‌।

२२ मि: “शिष्टाचार—ईश्‍वरभक्‍त मानिसहरूको गुण।” लेखको १-५ सम्मका अनुच्छेदहरूलाई प्राचीनले भाषणको रूपमा प्रस्तुत गर्छन्‌। त्यसपछि लेखको बाँकी भाग मञ्चमा एक जना अर्को प्राचीन र सेवकाई सेवकसित छलफल गर्छन्‌। सभाहरूमा हाम्रो ध्यान भंग गर्ने अनि पूर्णतया लाभ उठाउन नदिने अविचारशील बानीहरूलाई कसरी हटाउन सकिन्छ, त्यसबारे तिनीहरू कुराकानी गर्छन्‌। तिनीहरूले अरूको भलाइप्रति मायालु भई ध्यान दिंदा एक अर्कासितको हाम्रो संगति कसरी साँच्चै प्रोत्साहनजनक साबित हुन्छ, त्यसलाई प्रकाश पार्छन्‌।—फिलि. २:४.

गीत ७२ र समापन प्रार्थना।

अगस्त २७ मा सुरु हुने हप्ता

गीत ४०

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अगस्त महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। सेप्टेम्बर महिनामा क्रिएशन पुस्तक सेवकाईमा कसरी प्रस्तुत गर्न सकिन्छ, छोटकरीमा केही सुझाउ प्रस्तुत गर्नुहोस्‌।—हाम्रो राज्य सेवकाई, जून १९९५, पृष्ठ ४ मा दिइएको उदाहरण हेर्नुहोस्‌।

१५ मि: “मनोरञ्जनलाई ठीक स्थानमा राख्नुहोस्‌।” पुस्तक अध्ययन सञ्चालकले अध्ययनपश्‍चात्‌ एक विवाहित जोडीसित कुराकानी गर्छन्‌। उनी निकै मृदुभाषी हुँदै हालैको क्षेत्र सेवा वा सप्ताहन्तको सभामा उक्‍त जोडीलाई नदेखेको कुरा व्यक्‍त गर्छन्‌। ती जोडीले छुट्टी र अन्य क्रियाकलापहरूले गर्दा व्यस्त भएको कुरा व्यक्‍त गर्छन्‌। आध्यात्मिक कामकुराले सधैं प्रथम स्थान पाएको हुनुपर्छ भन्‍ने कुरा बुझ्न मदत दिंदै, प्राचीनले लेखका मुख्य बुँदाहरू पुनरावृत्ति गर्छन्‌। राम्रा सम्झौटाहरूको लागि तिनीहरूले आभार व्यक्‍त गर्छन्‌। भविष्यमा ठीक प्राथमिकता निर्धारण गर्न तिनीहरू राजी हुन्छन्‌।—अक्टोबर १, २०००, प्रहरीधरहरा, पृष्ठ १९-२०.

२० मि: “द न्यु वर्ल्ड सोसाइटी इन एक्सन भिडियोको ऐतिहासिक पुनरावृत्ति।” श्रोतागणसित छलफल र अन्तरवार्ता। दिइएका प्रश्‍नहरू छलफल गरिसकेपछि, फिल्म हेर्ने वा सन्‌ १९५० दशकको अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित हुने व्यक्‍तिको अन्तरवार्ता लिनुहोस्‌। त्यस अधिवेशनका सम्झनाहरू, आध्यात्मिक तवरमा त्यसले पारेका असरहरू र यही नै यहोवाको संगठन हो भन्‍ने तिनीहरूको दृढ अडानबारे व्यक्‍त गर्न लगाउनुहोस्‌। अक्टोबरमा हामी यूनाइटेड बाइ डिभाइन टिचिङ भिडियो पुनरावृत्ति गर्नेछौं।

गीत ७४ र समापन प्रार्थना।

सेप्टेम्बर ३ मा सुरु हुने हप्ता

गीत ८०

८ मि: स्थानीय घोषणाहरू।

१७ मि: “मसीही संगति कत्तिको महत्त्वपूर्ण छ?”b जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ २२ को “मण्डलीद्वारा” उपशीर्षक अन्तर्गतका विषयवस्तु समावेश गर्नुहोस्‌।

२० मि: कसैकसैले यसो भनेमा। छलफल तथा प्रदर्शनहरू। सेवकाईमा कसैकसैले हामीले आशै नगरेका कुरा वा प्रश्‍न उठाउँदा, विषयलाई परिवर्तन गर्नु वा कुराकानी टुंग्याउनुको साटो त्यसको जवाफ दिने प्रयत्न गर्नुपर्छ। यस सन्दर्भमा अक्सर रीजनिङ पुस्तक मदतकारी हुनेछ। सामान्यतया मानिसहरूबाट आउने गरेका केही प्रतिक्रियाहरूलाई औंल्याउनुहोस्‌ र रीजनिङ पुस्तकमा उल्लेखित जवाफ कसरी दिने, प्रकाशकहरूद्वारा प्रदर्शन गरेर देखाउनुहोस्‌। उदाहरणका लागि: ‘म परमेश्‍वरमा विश्‍वास गर्दिनँ।’ (पृष्ठ १५०-१) ‘समाज सुधार कार्यमा तपाईंले भाग लिनुभए कसो होला?’ (पृष्ठ २०७-८) ‘हामी जुनसुकै चर्चसित सम्बन्धित भए पनि त्यसले केही फरक पार्दैन।’ (पृष्ठ ३३२) सेवकाईमा आशै नगरेका परिस्थितिहरू आइपर्दा रीजनिङ पुस्तकको यस अंशलाई प्रयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १२१ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने