घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँ दैछु,” ह्वाट ह्यापन्स टु अस ह्वेन वी डाई र ह्वेन सम्वान यु लभ डाइज। उपयुक्त देखिएमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: पुस्तिका: जेहोभाज् विट्नेसेज इन द ट्वेन्टिइथ सेन्चुरी र पुस्तक, लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? अक्टोर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। चासो देखाएमा पत्रिका रुट सुरु गर्न पुनःभेट गर्नुहोस्। पत्रिका रुट कायम गर्न व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। नोभेम्बर: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन् भने, म्यानकाइन्ड सर्च फर गड वा अन्य पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ।
▪ मण्डलीको अध्यक्ष वा उनले खटाएको कुनै भाइले सेप्टेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्नुअघि यसबारे घोषणा गर्नुहोस्।
▪ शाखा कार्यालय अब छिट्टै बंगलोरस्थित नयाँ भवनमा सर्ने भएकोले दुई वर्ष अर्थात् सन् २००२ र २००३ सेवा वर्षको अवधिभरि प्रयोगमा ल्याइने फारामहरू प्रत्येक मण्डलीलाई छुट्टा छुट्टै प्याकेटमा पठाइने छन्। कृपया समझदारीपूर्वक यी फारामहरूको प्रयोग गर्नुहोस्। यी फारामहरू जे कामका लागि हुन् त्यसका लागि मात्र प्रयोग गर्नुहोला। भावी प्रयोगको लागि सन् २००३ सेवा वर्षको प्याकेटलाई सुरक्षितसाथ राख्नुहोस्।
▪ यस वर्षदेखि, सप्टेम्बर १ सम्ममा १६ वर्ष नपुगेका नियमित अग्रगामीहरूले पाइनियर सर्भिस स्कूलमा भाग लिन पाउने छैनन्। यस्ता किशोर किशोरीहरूका अग्रगामी आमाबाबुहरू सो कक्षामा भाग लिन योग्यका छन् भने मात्र यिनीहरूको लागि विशेष व्यवस्था मिलाइनेछन्।
▪ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००१ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिट्रेचर इन्भेन्ट्री फाराममा (S-18) भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका समूहअन्तर्गत रहेका प्रत्येक मण्डलीका पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिट्रेचर इन्भेन्ट्री फाराम (S-18) प्राप्त गर्नेछन्। कृपया सेप्टेम्बर ६ अघि नै सोसाइटीलाई त्यसको सकल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। संयोजक मण्डलीको सचिवले इन्भेन्ट्रीमा भर्ने कार्यको सुपरिवेक्षण गर्नुपर्छ। संयोजक मण्डलीको सचिव र मण्डलीको अध्यक्ष दुवैले फाराममा हस्ताक्षर गर्नेछन्।
▪ अगस्त २४, २००१ देखि अगस्त ३१, २००१ सम्ममा सोसाइटीले लोनाभला बेथेलमा भएका सबै साहित्यहरूको इन्भेन्ट्री तयार गर्नेछ। यसकारण, यस समयावधिमा मण्डलीको कुनै पनि साहित्य मागहरू पठाइने छैनन्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
आइजायाज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड १—कन्नडा, तामिल, तेलगु, पंजाबी र हिन्दी
द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज—हिन्दी