कृपया स्कूल निरीक्षकलाई दिनुहोस्
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मे ७ देखि अगस्त २०, २००१ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. नहेम्याह २:४ मा नहेम्याहले गरेको प्रार्थना, अन्तिम घडीमा अतासिंदै गरेको प्रार्थना हो। [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २५ अनु. ८ हेर्नुहोस्।]
२. “मण्डली” शब्द एकलेसिया भन्ने युनानी शब्दबाट अनुवाद गरिएको हो। यो शब्दले संगति र पारस्परिक समर्थनको भाव झल्काउँछ। [w-NP९९ ५/१५ पृ. २५ अनु. ४]
३. येशू पृथ्वीमा आउनुको मुख्य उद्देश्य नै परमेश्वरको राज्यबारे प्रचार गर्नु थियो। यही राज्यले उहाँको पिताको नाउँ उच्च पारिनेछ र मानवजातिका सारा पीडाहरू सदाका लागि हटाइनेछन्। [gt-NP २४]
४. अय्यूबको समयमा यहोवाप्रति वफादार रहने व्यक्ति उनी एक जना मात्र थिए। (अय्यू. १:८) [साप्ताहिक बाइबल पढाइ; w९२ ८/१ पृ. ३१ अनु. ३-४ हेर्नुहोस्।]
५. शावल अर्थात् पावलले पाल बनाएर आफ्नो जीविकोपार्जन गर्नुले उनी आर्थिक अभावमा हुर्केका थिए भनी देखाउँछ। (प्रेरित १८:२, ३) [w-NP९९ ५/१५ पृ. ३० अनु. २–पृ. ३१ अनु. १]
६. राजा दाऊदले गम्भीर पाप गरे तापनि यहोवाले तिनको पश्चात्तापी मनोवृत्ति र असल गुणहरूले गर्दा तिनलाई “आफ्नो सारा हृदयले मलाई पछ्याउने मेरो दास” भन्न सक्नुभयो। (१ राजा १४:८) [w-NP९९ ६/१५ पृ. ११ अनु. ४]
७. धर्मशास्त्र विपरीत नभएसम्म हामीले यथासक्य आफ्नो वचन पूरा गर्नुपर्छ चाहे त्यो पूरा गर्न कठिनाइको सामना गर्न नै किन नपरोस्। (भजन १५:४) [साप्ताहिक बाइबल पढाइ; w८९ ९/१५ पृ. २८ अनु. ५ हेर्नुहोस्।]
८. भजन २२:१ ले दबाउमा परेर दाऊदले केही क्षणका लागि आफ्नो विश्वास गुमाए भनी देखाउँछ। [साप्ताहिक बाइबल पढाइ; w८६ ८/१५ पृ. २० अनु. १९ हेर्नुहोस्।]
९. निरुत्साह, नैराश्य र कानुनी वा आर्थिक तवरमा परिस्थिति बिग्रँदा एक जना मसीही ‘लड्न’ सक्छ, तर परमेश्वर र उहाँका मायालु उपासकहरूको मदतले उनी आध्यात्मिक तवरमा “लेटिएरै रहँदैनन्।” (भज. ३७:२३, २४) [साप्ताहिक बाइबल पढाइ; w८६ ११/१ पृ. ३० अनु. १४ हेर्नुहोस्।]
१०. येशूले ‘नता झगड़ा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्। नता कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ’ भन्नुको अर्थ उहाँले चिच्च्याएर वा ठूलो सोरले जनसमक्ष प्रचार गर्नु हुनेछैन भन्नखोज्नुभएको हो। (मत्ती १२:१९) [gt-NP ३३]निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. एज्रा अनि उनका सहयोगीहरूले कसरी व्यवस्थाको “अर्थ बुझाइदिए”? (नहे. ८:८) [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २६ अनु. ४ हेर्नुहोस्।]
१२. “परमप्रभुको आनन्द” कसरी प्राप्त हुन्छ? (नहे. ८:१०) [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २६ अनु. ९ हेर्नुहोस्।]
१३. “यरूशलेममा बस्न राजीहुनेहरू” किन आशिषित् भए? (नहे. ११:२) [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २६ अनु. १२ हेर्नुहोस्।]
१४. राजालाई आफ्नो खास अभिप्राय बताउन एस्तरले किन ढिला गरिन्? (एस्त. ५:६-८) [साप्ताहिक बाइबल पढाइ; w८६ ३/१५ पृ. २४ अनु. १८ हेर्नुहोस्।]
१५. बेग्लै विश्वास हुने व्यक्तिसित विवाह गर्ने सन्दर्भमा बाइबलले कस्तो सल्लाह दिन्छ? शास्त्रपद पनि उद्धृत गर्नुहोस्। [fy-NP पृ. १२९ अनु. ३]
१६. एलीपजको सल्लाहले अय्यूबलाई किन हतोत्साही एवम् निरुत्साहित बनायो? (अय्यू. २१:३४; २२:२, ३) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ २/१५ पृ. २७ अनु. ५-६ हेर्नुहोस्।]
१७. वैवाहिक जीवनमा उठ्ने समस्याहरूको समाधान कसरी र कहिले गर्नुपर्छ? [fy-NP पृ. १५४ अनु. ४]
१८. भजन २:१ मा बताएअनुसार अन्यजातिहरूले कुन “व्यर्थका कुरा”-बारे “खैलाबैला मच्चाउछन्।” [साप्ताहिक बाइबल पढाइ; w८६ ८/१५ पृ. २० अनु. ५ हेर्नुहोस्।]
१९. फिलिपले सामरीहरू र इथियोपियाली अख्तियारवालालाई गरेको प्रचारबाट हामी निष्पक्षताबारे कुन व्यावहारिक पाठ सिक्नसक्छौं? (प्रेरि. ८:६-१३, २६-३९) [w-NP९९ ७/१५ पृ. २५ अनु. २]
२०. अय्यूबले चिहानबाट, जसलाई तिनले आफ्ना समस्याहरूबाट मुक्ति पाउन लुक्ने ठाउँको रूपमा लिएका थिए, त्यहाँबाट परमेश्वरले पुनरुत्थान गर्न सक्नुहुन्छ भन्ने विश्वास कसरी देखाए? (अय्यू. १४:७, १३-१५) [साप्ताहिक बाइबल पढाइ; w-NP०० ५/१५ पृ. २७ अनु. ७–पृ. २८ अनु. १ हेर्नुहोस्।]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. एस्तर ८:१७ मा मानिसहरूले “आफू आफूलाई यहूदी बनाए” भनी उल्लेख गरिएको छ; त्यसरी नै आज पनि “अरू भेडा[का]” _______________-को पक्षमा खडा भएका छन्। (प्रका. ७:९; यूह. १०:१६; जक. ८:२३) [साप्ताहिक बाइबल पढाइ; w८६ ३/१५ पृ. २५ अनु. १४ हेर्नुहोस्।]
२२. प्रेरित १:७ ले देखाएअनुसार परमेश्वर _______________-को ख्याल गर्नुहुन्छ तर उहाँको लेखा लिने दिन मानिसहरूले नचिताएको समयमा _______________-जस्तै गरी आउनेछ। (२ पत्रु. ३:१०) [w-NP९९ ६/१ पृ. ५ अनु. २-३]
२३. मत्ती ९:१६, १७ मा बताइएको उदाहरणद्वारा येशूले _______________ राख्ने जस्ता _______________-को पुरानो परम्परामा येशूका चेलाहरू चल्ने छन् भनेर कसैले आशा गर्नु हुँदैन भनी _______________-का चेलाहरूलाई बुझ्ने मदत दिंदै हुनुहुन्थ्यो। [gt-Np २८]
२४. एकअर्काप्रतिको विश्वास, भरोसा र समझदारीले फलदायी कुराकानीको बाटो खोल्छ र यस्ता गुणहरू विवाहलाई _______________ सम्बन्ध सम्झेर त्यस्तै बनाउने निष्कपट _______________ गर्दा विकास हुन्छ। [w-NP९९ ७/१५ पृ. २१ अनु. ३]
२५. साथीहरूको सकारात्मक दबाउले नैतिक तथा आध्यात्मिक आवश्यकताहरूलाई _______________ र _______________-ले यहोवाको सेवा गर्न मदत दिनसक्छ। [w-Np९९ ८/१ पृ. २४ अनु. ३]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. मोर्दकै “राजाको दरवारमा उपस्थित” हुनुले उनी (राजाको अंगरक्षक; राजा अहासूरसको एक जना पदाधिकारी; राजाको दर्शनभेटको लागि प्रतिक्षारत) थिए भन्ने स्पष्ट हुन्छ। (एस्तर २:१९, २०) [साप्ताहिक बाइबल पढाइ; w८६ ३/१५ पृ. २४ अनु. ९.]
२७. अय्यूब १९:२५-२७ मा बताएअनुसार, “परमेश्वरलाई नै म देख्नेछु” भनी अय्यूबले विश्वास प्रकट गर्नुको मतलब (तिनले दर्शन पाउने थिए; स्वर्गमा तिनको पुनरुत्थान हुने थियो; यहोवाको सत्यता थाह पाउन तिनका समझका आँखा खोलिने थिए)। [साप्ताहिक बाइबल पढाइ; w९४ ११/१५ पृ. १९ अनु. १७ हेर्नुहोस्।]
२८. छोराछोरीको (अबुझपना; मूर्खता; चकचके स्वभाव) देखेर आमाबाबु छक्क पर्नु पर्दैन। (हितो. २२:१५) [fy-Np पृ. १४९ अनु. २०]
२९. पतिपत्नीको आपसमा कुरा नमिल्दा तिनीहरू दुवै (सुन्नालाई छिट्टो, बोल्नलाई छिट्टो, रिसाउनालाई छिट्टो) हुनुपर्छ। (याकू. १:१९) [fy-Np पृ. १५६ अनु. ९]
३०. विवाहित दम्पतीले इमानदारीपूर्वक खुलस्त कुराकानी गऱ्यो भने विवाह भक्षक (वृद्धावस्था, अस्वस्थता; शैतान)-ले आक्रमण गर्दा पनि वैवाहिक सम्बन्ध अझ बलियो बनाउनसक्छन्। [fy-Np पृ. १६७ अनु. १३]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
नहे. ३:५; भज. १२:२; १९:७; ७२:१३; लूका ४:१६-२१
३१. शारीरिक परिश्रमलाई आफ्नो प्रतिष्ठाभन्दा तलको काम सम्झँदै घमण्डी भएर पछि नहटी हामीले तत्परता देखाउनुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w८६ २/१५ पृ. २५ अनु. १२, १९ हेर्नुहोस्।]
३२. येशूको पार्थिव सेवकाईको समयमा यहूदीहरूको सभा घरलाई निर्देशन दिने, प्रार्थना गर्ने, धर्मशास्त्र पढ्ने अनि व्याख्या गर्नुका साथै यसको अर्थ बुझाउने ठाउँको रूपमा प्रयोग गरिन्थ्यो। [gt-NP २१]
३३. एक अनुकम्पापूर्ण राजाको हैसियतमा येशूले आफ्नो राज्य शासनमा सबै दुःखीहरूलाई मदत गर्ने आफ्नो हार्दिक इच्छा पूरा गर्नुहुनेछ। [gt-NP २५]
३४. यदि हामी परमेश्वरको मित्रता चाहन्छौं भने, हामी आडम्बरी होइन तर भित्री रूपमा निष्कपट हुनुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w८९ ९/१५ पृ. २६ अनु. ७ हेर्नुहोस्।]
३५. परमेश्वरको व्यवस्थाप्रतिको आज्ञाकारिताले आत्मालाई जागृत गराउँछ र कुनै पनि व्यक्तिको भलो गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP०० १०/१ पृ. १३ अनु. ४ हेर्नुहोस्।]