प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 सेप्टेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १० मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १७ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २४ मा सुरु हुने हप्ता
  • अक्टोबर १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 सेप्टेम्बर पृ. २

सेवा सभाको तालिका

सेप्टेम्बर १० मा सुरु हुने हप्ता

गीत ८६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१३ मि: स्थानीय आवश्‍यकता।

२२ मि: “के तपाईं आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्दै हुनुहुन्छ?”a प्रश्‍नहरू चलाउँदै श्रोताहरूसित अनुच्छेद १-३ छलफल गरिसकेपछि पत्रिका प्रस्तुत गर्ने दुईवटा छोटो तरिकाहरू अर्थात्‌ पहिलो सेप्टेम्बर ८ ब्यूँझनुहोस्‌! र दोस्रो सेप्टेम्बर १५ प्रहरीधरहरा-को प्रदर्शन गरेर देखाउनुहोस्‌। अनुच्छेद ४ छलफल गरिसकेपछि, ज्ञान पुस्तक प्रयोग गर्दै सुझावित प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌।

गीत १२४ र समापन प्रार्थना।

सेप्टेम्बर १७ मा सुरु हुने हप्ता

गीत ९२

१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “यो इन्डेक्स-मा छ।” क्रिएशन पुस्तकको प्रस्तुती कसरी पत्ता लगाउने भनी देखाउनुहोस्‌।

१५ मि: हामीले गत वर्ष कस्तो गऱ्‍यौं? सेवा निरीक्षकद्वारा भाषण। सन्‌ २००१ सेवा वर्षको मण्डलीको रिपोर्टका विशेषताहरू बताउनुहोस्‌। राम्रा उपलब्धिहरूको लागि सबैको सराहना गर्नुहोस्‌। उन्‍नतिको लागि व्यावहारिक सुझाउहरू दिंदै सभाहरूमा उपस्थित हुन, क्षेत्र सेवामा नियमित तवरमा भाग लिन र बाइबल अध्ययन गतिविधिमा मण्डलीले के-कस्ता गरेका छन्‌, त्यसमाथि जोड दिनुहोस्‌। आगामी वर्षको लागि व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। भाषण। सेवाको लागि आयोजना गरिने सभाको बारेमा मण्डलीको साप्ताहिक तालिका पुनरावलोकन गर्नुहोस्‌। यस्ता सभाहरूमा गरिने छलफललाई फलदायी बनाउन उपस्थित सबैले कसरी योगदान पुऱ्‍याउन सक्छन्‌, बताउनुहोस्‌। मण्डलीलाई यस्ता सेवाका प्रबन्धहरूलाई सहयोग गर्न प्रोत्साहित गर्नुहोस्‌।

गीत १२९ र समापन प्रार्थना।

सेप्टेम्बर २४ मा सुरु हुने हप्ता

गीत ९७

१५ मि: स्थानीय घोषणाहरू। “पत्रिकाहरूबारे के भन्‍ने?” विषयक लेखमा प्रस्तुत गरिएका सुझाउहरू प्रयोग गर्दै दुईवटा प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुहोस्‌। पहिलो प्रस्तुतिमा सेप्टेम्बर ८ को ब्यूँझनुहोस्‌! र अर्को प्रस्तुतिमा अक्टोबर १ को प्रहरीधरहरा चलाउनुहोस्‌।

३० मि: परमेश्‍वरलाई प्रेम गर्नुहोस्‌—संसारमा भएका चीजलाई होइन। (१ यूह. २:१५-१७) गत सेवा वर्षको दौडान आयोजना गरिएको क्षेत्रीय सम्मेलनको कार्यक्रम पुनरावलोकन गर्दै भाषण तथा श्रोतागणसित छलफल। प्रकाशकहरूलाई सिकेका मुख्य बुँदाहरू बताउन र तिनीहरूले व्यक्‍तिगत अनि पारिवारिक तवरमा कसरी ती कुराहरू व्यवहारमा उतार्न सके टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌। (टिप्पणीको लागि भाइबहिनीहरूलाई पहिल्यै खटाउन सकिन्छ।) कार्यक्रमका निम्न भागहरूलाई स्पष्ट पार्नुहोस्‌: (१) “परमेश्‍वरप्रतिको प्रेमले हामीलाई सेवकाईमा उत्प्रेरित गर्छ।” यस्तो प्रेमले हाम्रो प्रचारकार्यमा बाधा पुऱ्‍याउने नकारात्मक भावनाहरू जस्तै लाज, आफू अयोग्य छु भन्‍ने सोचाइ, मानिसहरूको डरजस्ता भावनाहरू विरुद्ध लड्‌न मदत गर्छ। (२) “यहोवालाई प्रेम गर्नेहरू खराबीलाई घृणा गर्छन्‌।” (w९९-NP १०/१ २८-३१) परमेश्‍वरसितको हाम्रो सम्बन्ध उहाँले घृणा गर्नुहुने कुरा हामीले पनि घृणा गर्नु अर्थात्‌ निषेधित पाप मात्र होइन तर धर्मशास्त्र विपरीत सानातिना नियमहरूलाई पनि घृणा गर्नुपर्ने कुरामा आधारित छ। (३) “प्रेमको उत्तम मार्ग पछ्याउनुहोस्‌।” (w९२ ७/१५ २७-३०) पहिलो कोरिन्थी १३:४-८ ले हामी किन अरूको असिद्धतालाई सहन्छौं, स्वार्थ र प्रतिस्पर्धाको भावना राख्दैनौं, हानिकारक निन्दोचर्चो गर्दैनौं र यहोवाको संगठनप्रति वफादार रहन्छौं भनी देखाउँछ। (४) “यस संसारमा भएका चीजहरू—त्यसप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?” हामीले संसारमा भएका चीजहरूलाई प्रेम गर्नु, शरीरका अभिलाषाहरूको वशमा पर्नु, आखाँको अभिलाषामा बहकिनु वा जीवनको शेखी गर्नु हुँदैन। (५) “यस संसारको भाग नहुनु हाम्रो सुरक्षा हो।” दोस्रो कोरिन्थी ६:१४-१७ ले कसरी कुनै विश्‍वास, चलन र आनीबानीहरूले हामीलाई परमेश्‍वरको नजरमा अस्वीकार्य बनाउँछ भनी देखाउँछ। शैतानले थाप्ने पासोलाई हामीले राम्ररी बुझेकै हुनुपर्छ र हामी त्यसमा फस्नु हुँदैन। (६) “परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि ईश्‍वरीय प्रतिज्ञा।” (w८६ ६/१५ ५-६) यहोवाको आशिष्‌ले हाम्रो जीवनमा आनन्द थप्छ र हामीलाई आध्यात्मिकतामा सुसम्पन्‍न बनाउँछ।—१ तिमो. ६:१७-१९.

गीत १३३ र समापन प्रार्थना।

अक्टोबर १ मा सुरु हुने हप्ता

गीत १०६

१० मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌।

१५ मि: म कसरी स्कूलमा अझ राम्रो गर्नसक्छु? आफ्नो स्कूल जाने छोरा वा छोरीसित एक जना प्राचीन र तिनकी पत्नी वा एक जना सेवकाई सेवक र तिनकी पत्नी कुरा गर्छन्‌। तिनीहरू चिन्तित छन्‌ किनभने तिनीहरूको छोरा वा छोरी पढाइमा कमजोर छन्‌। तिनीहरू युवा जनहरू सोध्छन्‌, अध्याय १८ मा दिइएका सल्लाहहरू पुनरावृत्ति गर्छन्‌ र छोरा वा छोरीले उन्‍नति गर्नको लागि के गर्नुपर्छ, त्यसबारे छलफल गर्छन्‌। पूर्ण दक्षताका साथ पवित्र सेवा गर्न कुनै पनि व्यक्‍तिले राम्रो आधारभूत शिक्षा हासिल गर्नुको महत्त्वलाई आमाबाबुले जोड दिन्छन्‌।

२० मि: “के यसले प्रचार गर्न बाधा पुऱ्‍याउँछ?”b प्राथमिकता निर्धारण गर्दा राज्य गतिविधिलाई प्रथम स्थानमा राख्दै संसारिक कामप्रति सन्तुलित हुनुपर्ने आवश्‍यकतामा जोड दिनुहोस्‌। मण्डलीका केही परिवारका शिरहरूलाई तिनीहरूले कसरी आध्यात्मिक आवश्‍यकतालाई बेवास्ता नगरीकन आफ्नो घरपरिवारलाई भौतिक कुराको प्रबन्ध गर्ने चुनौती निर्वाह गरिरहेका छन्‌ बताउन आग्रह गर्नुहोस्‌।

गीत १३७ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने