सेवा सभाको तालिका
डिसेम्बर १० मा सुरु हुने हप्ता
गीत २०५
१३ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। डिसेम्बर २४ को हप्तामा हुने सेवा सभामा छलफलको लागि टु दी एन्डस् अफ दी अर्थ् नामक भिडियो हेर्न सबैलाई प्रोत्साहित गर्नुहोस्। पृष्ठ ८ का सुझाउहरू प्रयोग गर्दै (१) डिसेम्बर ८ को ब्यूँझनुहोस्! र (२) डिसेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्।
१२ मि: प्राचीनहरूलाई दिनुपर्ने आदर दिनुहोस्। दुई वा तीन जना सेवकाई सेवकहरूले जून १, १९९९ प्रहरीधरहरा, पृष्ठ १८-१९ का विषयवस्तुहरू छलफल गर्छन्। तिनीहरू प्राचीनहरूले निभाउनुपर्ने धेरै दायित्वहरू जस्तै, जागिर, पारिवारिक तथा ईश्वरतान्त्रिक जिम्मेवारीहरूबारे चर्चा गर्छन्। सबै मिलेर उनीहरूलाई प्रोत्साहन दिन, उनीहरूको बोझ कम गर्न अनि उनीहरूले दिएका निर्देशनहरू पालन गर्न सक्ने तरिकाहरूमा ध्यान दिनुहोस्। प्राचीनहरूले मूल्यवान् सेवा गर्दैछन्, त्यसैले उनीहरूलाई “उच्च आदर” दिनुपर्छ भन्ने कुरामा सेवकाई सेवकहरू सहमत हुन्छन्।—१ थिस्स. ५:१२, १३.
२० मि: “यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा पाइने आशिष्हरू—भाग २”a अनुच्छेद २-६ छलफल गर्ने क्रममा, श्रोताहरूलाई हालै घटेको विपत्ति अनि यसका परिणामहरूले गर्दा निराश अनि चिन्तित भएकाहरूलाई सान्त्वना दिंदा अनि आशाका शब्दहरू व्यक्त गर्दाका प्रोत्साहनदायी अनुभवहरू बताउन आग्रह गर्नुहोस्। ती अनुभवहरूमध्ये एक दुईवटा अभिनय गरेर देखाउनको लागि अग्रिम प्रबन्ध मिलाउनुहोस्।
गीत २२२ र समापन प्रार्थना।
डिसेम्बर १७ मा सुरु हुने हप्ता
गीत २११
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। डिसेम्बर २५ र जनवरी १ को लागि प्रबन्ध गरिएको क्षेत्र सेवाका विशेष प्रबन्धहरूबारे बताउनुहोस्।
२० मि: “परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्।”b अनुच्छेद ४ मा दिइएको प्रस्तुतिको व्यावहारिक प्रदर्शन गरेर देखाउनुहोस्। वर्तमान विश्व परिस्थितिले गर्दा विचलित भएका मानिसहरूलाई ढाडस वा सान्त्वना दिन स्थानीय तवरमा प्रभावकारी साबित भएका प्रस्तुतिहरूलाई प्रदर्शन गरेर देखाउनुहोस्। त्यसपछि, बाइबल चलाएर साक्षी दिंदा प्रभावकारी लाग्नुको कारण के हो, श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१७ मि: ‘मैले कुनचाहिं बाइबल अनुवाद प्रयोग गर्नुपर्छ?’ भाषण तथा श्रोताहरूसित छलफल। स्थानीय भाषामा उपलब्ध सिंगो बाइबल चलाउनुपर्ने महत्त्वलाई जोड दिनुहोस्।
गीत २२५ र समापन प्रार्थना।
डिसेम्बर २४ मा सुरु हुने हप्ता
गीत २१८
१० मि: स्थानीय घोषणाहरू। जनवरीमा प्रस्तुत गर्नुपर्ने साहित्यहरू र मण्डलीमा कुन-कुन पुस्तकहरू स्टकमा छन्, बताउनुहोस्। पृष्ठ ८ का सुझाउहरू प्रयोग गर्दै दुईवटा छोटो पत्रिका प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुहोस्। पहिलो प्रदर्शनमा डिसेम्बर ८ को ब्यूँझनुहोस्! र अर्कोमा जनवरी १ को प्रहरीधरहरा चलाउनुहोस्। एउटा प्रदर्शनचाहिं युवा भाइ वा बहिनीलाई गर्न लगाउनुहोस्।
१० मि: “सन् २००२ को लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल।” स्कूल निरीक्षकद्वारा भाषण। सबैलाई आ-आफ्नो असाइनमेन्ट पूरा गर्नको लागि लगनशील हुन प्रोत्साहन दिनुहोस्।
२५ मि: “पृथ्वीको अन्तसम्मै—साक्षी दिने” श्रोताहरूसित छलफल। स्थानीय रूपमा वा आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेर अरूलाई सुसमाचार सुनाउन अझ बढी के गर्न सकिन्छ, सबैलाई गम्भीरतासाथ सोच्न प्रोत्साहित गर्नुहोस्। जुलाई २००१ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ का कुराहरूलाई समावेश गर्नुहोस्। फेब्रुअरी महिनामा हामी नोवा—ही वक्ड विथ गड शीर्षकको भिडियो पुनरावलोकन गर्नेछौं।
गीत २४ र समापन प्रार्थना।
डिसेम्बर ३१ मा सुरु हुने हप्ता
गीत १०९
१० मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई डिसेम्बर महिनाको सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। यदि तपाईंको मण्डलीले नयाँ वर्षदेखि सभाको समय परिवर्तन गर्दैछ भने, सबैलाई नयाँ समयमा हुने सभाहरूमा नियमित रूपमा उपस्थित हुन आग्रह गर्नुहोस्। सबै जिज्ञासुहरूलगायत निष्क्रिय व्यक्तिहरूले यस परिवर्तनबारे थाह पाएका छन् किन छैनन्, पक्का गर्नुहोस्।
३५ मि: “‘परमेश्वरको वचनका शिक्षकहरू’ जिल्ला अधिवेशनमा सिकेका कुराहरूलाई के तपाईंले व्यवहारमा उतार्दै हुनुहुन्छ?” अधिवेशन कार्यक्रमबारे श्रोताहरूसित छलफल, प्रहरीधरहरा अध्ययन सञ्चालकले यो भाग सञ्चालन गर्नेछन्। एक मिनेट छोटो परिचय दिइसकेपछि, हरेक दिनको कार्यक्रमको लागि १०-१२ मिनेट छुट्याउनुहोस्। प्रत्येक उपशीर्षकअन्तर्गत मुख्य बुँदाहरूलाई छोटकरीमा बताउनुहोस्। त्यसपछि श्रोताहरूलाई (१) निर्देशनहरू प्रयोगमा ल्याउन तिनीहरूले कसरी प्रयत्न गरेका छन्, (२) यसो गर्दा तिनीहरूले कसरी लाभ उठाएका छन् र (३) तिनीहरूलाई अझै आफूले के-के गर्नुपर्ने जस्तो लागेका छन्, टिप्पणी गर्न आग्रह गर्नुहोस्। छलफललाई जीवन्त बनाउन सोचनीय प्रश्नहरू सोध्नुहोस्। सिकेका कुराहरूलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता बुझ्न सबैलाई मदत गर्नुहोस्।
गीत १५१ र समापन प्रार्थना।
जनवरी ७ मा सुरु हुने हप्ता
गीत २०
१० मि: स्थानीय घोषणाहरू।
२० मि: जीवनको पूर्ण सदुपयोग गर्नुहोस्। परिवारका सदस्यहरू बसेर अगस्त १५, १९९८, प्रहरीधरहरा, पृष्ठ ८-९ छलफल गर्छन्। परिवारले नैराश्यको सट्टा आनन्दको मार्ग पछ्याएको बुबा चाहन्छन्। तिनीहरू लेखमा दिइएका धर्मशास्त्रीय सल्लाहहरूलाई पुनरावलोकन गर्छन्, जसले आफ्नो आनन्दलाई कसरी कायम राख्ने, विवेकी हुनुपर्ने आवश्यकतालाई जोड दिने, सही प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा बताउँछ। तिनीहरूले पारिवारिक रूपमा गर्न सकिने व्यावहारिक काँटछाँटबारे बताउँछन्।
१५ मि: आफ्नो राज्यभवनलाई ध्यान दिनुहोस्। प्राचीनद्वारा भाषण। राज्यभवनको अवस्थालाई ध्यान दिनुहोस्। के यो सधैं सफा, चिटिक्क अनि आकर्षक देखिन्छ? के सभाहरूका लागि बनाइएका सिट, ध्वनि प्रणाली र हावा राम्ररी आवतजावत हुने प्रबन्ध राम्रो अवस्थामा छन्? के शौचालयहरू सफा छन्? के भवनका भित्री र बाहिरी भित्ताहरू राम्ररी स्याहार-सम्भार गरिएका छन्? राज्यभवन वरिपरिको अवस्था नि? नियमित रूपमा राज्यभवनको सरसफाइको लागि बनाइएको तालिकाअनुसार गरिएको छ कि छैन? ध्यान दिनुपर्ने वा सुधार गर्नुपर्ने कुराहरू बताउनुहोस्। स्मरणार्थ उत्सवअघि राज्यभवनको पूरापूर सरसफाइ गर्नको लागि के-कस्ता योजनाहरू बनाइएका छन्? त्योभन्दा अघि के-कस्ता मर्मतहरू गरिनु आवश्यक छन्? मण्डलीले कसरी मदत गर्न सक्छन्, बताउनुहोस्। हाम्रो उपासना स्थलले यहोवाको भवनको सुन्दरता र महिमालाई प्रतिबिम्बित गरेको हुनुपर्छ भन्ने कुरालाई जोड दिनुहोस्।—भज. ८४:१.
गीत १२६ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।