पृथ्वीको अन्तसम्मै—साक्षी दिने
टु दी एण्डस् अफ दी अर्थ् नामक भिडियो कसलाई हेर्न मन लाग्नेछ? मिसनरी बन्ने लक्ष्य राखेकाहरूलाई। किन? वाचटावर बाइबल स्कूल अफ गिलियडबारे राम्रो जानकारी पाउन। साक्षी कार्यलाई “पृथ्वीको अन्तसम्मै” विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस बेजोड स्कूलको ५० औं वार्षिक उत्सवलाई यस भिडियोले प्रस्तुत गरेको छ। (भज. २२:२७) यो भिडियो हेर्नाले सबैभन्दा महत्त्वपूर्ण कार्य अर्थात् सुसमाचार प्रचार कार्यप्रति तपाईंको मूल्यांकन बढ्नुका साथै यस कार्यलाई विस्तार गर्न तपाईंलाई उत्प्रेरित गर्नेछ। निम्न प्रश्नहरूलाई विचार गर्नुहोस्: (१) सन् १९४० को सुरुतिर यहोवाको संगठनलाई कुन कुरा सबैभन्दा प्रमुख चासोको विषय भएको थियो? (प्रेरि. १:८) (२) सन् १९४२ मा बाइबलको कुनचाहिं महत्त्वपूर्ण भविष्यवाणी पूरा हुँदै थियो र संसारका मानिसहरूको भन्दा हाम्रो दृष्टिकोण कसरी भिन्न देखियो? (प्रका. १७:८; w८९ ४/१५ पृ. १४ अनु. १२) (३) दोस्रो विश्व युद्धपश्चात् आशा गरिएको शान्तिको समयबाट फाइदा उठाउन के-कस्ता योजनाहरू बनाइए? ( jv पृ. ५२२ अनु. १-२) (४) गिलियड स्कूलको पहिलो कक्षाका विद्यार्थीहरूको कुन-कुन गुण तपाईंलाई मनपऱ्यो? (५) गिलियडको प्रथम ५० वर्षमा कति जना विद्यार्थीहरू स्नातक भए अनि जम्मा कतिवटा मुलुकहरूमा तिनीहरूलाई पठाइयो? (६) विद्यार्थीहरूले बाइबलबाट कति शिक्षा हासिल गर्छन्? (७) केले गर्दा एउटा दक्ष मिसनरी र परमेश्वरको वचनको एउटा दक्ष शिक्षक बनाउँछ? (८) मिसनरीको जीवन कस्तो हुन्छ र कस्ता कठिनाइहरूको सामना गर्नुपर्छ? (९) आफूले बिताइरहेको जीवनप्रति मिसनरीहरू कस्तो दृष्टिकोण राख्छन् र आत्मत्यागी भावबाट तिनीहरू कस्ता विशेष आनन्दहरू उठाउँछन्? (१०) हजारौं मिसनरीहरूले अहिलेसम्म के-कस्ता उपलब्धि हासिल गरेका छन्? उदाहरणहरू दिनुहोस्। (११) प्रचारको लागि “पृथ्वीको अन्तसम्मै” गएका भाइ तथा बहिनीहरूबारे तपाईंको कस्तो दृष्टिकोण छ? (१२) मिसनरीहरूले बसालेको उदाहरणले तपाईंलाई के गर्न प्रोत्साहित गर्छ र किन?