प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 डिसेम्बर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीको स्टकमा रहेको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक। पारिवारिक आनन्दको रहस्य पुस्तक स्टकमा हुने मण्डलीहरूले यही पुस्तक पनि प्रस्तुत गर्न सक्छन्‌। फेब्रुअरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? अथवा मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुस्तक। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्नको लागि विशेष प्रयत्न गरिनेछ।

◼ सन्‌ २००३ को स्मरणार्थ उत्सव बुधवार, अप्रिल १६ का दिन सूर्यास्तपश्‍चात्‌ मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन्‌ भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून्‌ भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्‍न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्‍याओस्‌ भन्‍ने हेतुले प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थको वक्‍ताको रूपमा भाइहरूलाई पालैपालो छान्‍नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्‍नुपर्छ। तर भाषण दिनसक्ने योग्य अभिषिक्‍त भाइ छन्‌ भने तिनलाई नै छान्‍नुपर्छ।

◼ नोभेम्बर १, २००१ को अंकदेखि प्रहरीधरहरा आसामी र मिजो भाषामा मासिकरूपमा उपलब्ध हुनेछ।

◼ नयाँ उपलब्ध प्रकाशन:

बाइबलका आधारभूत शिक्षाहरू—ओरिया

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —अंग्रेजी, आसामी, कन्‍नाडा, गुजराती, नेपाली, बंगाली, पंजाबी, मराठी, मल्यालम, मिजो, तेलगु, तामिल, हिन्दी

आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड १ —गुजराती

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने