ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा सेप्टेम्बर ३ देखि डिसेम्बर २४, २००१ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. येशूका बाह्र जना प्रेरितहरूमध्ये ११ जना प्रेरितहरू गालीलका थिए भने येशूलाई धोका दिने यहूदा इस्करयोती एक जना मात्र यहूदियाका बासिन्दा जस्तो देखिन्छ। [१, gt-NP ३४]
२. येशूले गर्नुभएका चमत्कारहरू परमेश्वरको राज्यले गर्ने निवारणको पूर्वझलक मात्र थियो। [२, w-NP९९ ९/१ पृ. ६ अनु. ८]
३. भजन ६८:११ मा उल्लेख गरिएको “स्त्रीहरूको एक ठूलो दल”, इस्राएली पुरुषहरूले शत्रु राष्ट्रहरूमाथि विजयी हासिल गरेपछि तिनीहरूले कैदबाट मुक्त गरिदिएका विदेशी दासीहरू थिए। [३, साप्ताहिक बाइबल पढाइ; w८६ १०/१५ पृ. ३० अनु. ६ हेर्नुहोस्।]
४. मत्ती ११:११, १२ मा येशूले बप्तिस्मा दिने यूहन्ना स्वर्गको राज्यमा हुनेछैनन् भनी बताउँदै हुनुहुन्थ्यो। किनकि स्वर्गको राज्यमा हुने सबैभन्दा सानो पनि तिनीभन्दा ठूला हुन्। [५, gt-NP ३८]
५. “तिम्रो जवानीलाई हेला गर्न नपाओस्” भन्ने पावलको टिप्पणीले तिमोथी त्यतिबेला किशोर वा भर्खरै २० वर्ष मात्र पुगेका थिए भन्ने कुरालाई संकेत गर्छ। (१ तिमो. ४:१२) [६, w-NP९९ ९/१५ पृ. २९ अनु. १-३; पृ. ३१ अनु. २]
६. भजन ११०:१ मा लिपिबद्ध “मेरा प्रभु” भन्ने अभिव्यक्तिले येशूलाई संकेत गर्छ। [१०, साप्ताहिक बाइबल पढाइ; w९४ ६/१ पृ. २८ अनु. ५ हेर्नुहोस्।]
७. परमेश्वरका सेवकहरूले आफ्ना आमाबाबु वृद्ध हुँदा पनि उनीहरूको ठूलो मान गर्नुपर्छ। (हितो. २३:२२-२४) [१२, fy-NP पृ. १८२ अनु. २१]
८. साधारणतया, येशू आफूले निको पार्नु भएका मानिसहरूलाई उहाँले निको पारेको कुरा कसैलाई नभन्नु भन्ने निर्देशन दिनुहुन्थ्यो तर अपवादस्वरूप, पहिले भूत लागेको मानिसलाई येशूले त्यसो भन्नु भएन किनकि येशूले उसको इलाकामा बस्ने मानिसहरकहाँ पुग्ने मौका पाउनुहुने थिएन। (मर्कू. ५:१८-२०) [१२, gt-NP ४५]
९. पवित्र आत्मा परमेश्वरको शक्ति हो भन्नु एकदमै उपयुक्त हुनेछ। [१४, g-NP९९ २/८ पृ. २६ अनु. ३]
१०. हितोपदेश २१:१७ मा पाइने “सुख-विलास प्रेम” नगर भन्ने बाइबलको सल्लाहले रमाइलो गर्नु खराब हो भन्ने कुरालाई बुझाउँछ किनकि यसले बढी महत्त्वपूर्ण काम गर्ने समय खाइदिन्छ। [१७, साप्ताहिक बाइबल पढाइ; w-NP९७ १०/१ पृ. २७ अनु. ७ हेर्नुहोस्।]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. येशूले मार्थालाई दिनुभएको हल्का हप्काइले के औंल्याउँछ? (लूका १०:४०, ४१) [३, w-NP९९ ९/१ पृ. ३० अनु. ७]
१२. भजनरचयितालाई यहोवाले कस्तो “महिमा[मा]” लैजानुभयो? (भज. ७३:२४) [४, साप्ताहिक बाइबल पढाइ; w८६ १२/१५ पृ. २८ अनु. ३ हेर्नुहोस्।]
१३. भजन ८४:१-३ मा लिपिबद्ध गरिएअनुसार भजनरचयिताले सेवाका सुअवसरहरूप्रति कस्तो दृष्टिकोण राखे? [६, साप्ताहिक बाइबल पढाइ; w-NP९७ ३/१५ पृ. ८ अनु. ५-७ हेर्नुहोस्।]
१४. परमेश्वरले साँच्चै नै यहोवाका साक्षीहरूलाई प्रयोग गरिरहनु हुँदैछ भन्ने के प्रमाण छ? [७, je-NP पृ. ११ अनु. ५]
१५. प्रारम्भिक मसीहीहरूले प्रकाशको पुस्तकमा उल्लेख गरिएअनुरूप ख्रीष्टको हजार वर्षे शासन आउनेछ भनी विश्वास गर्थे। तर पछि गएर धर्मत्यागी मसीहीहरूले किन यस ईश्वरीय शिक्षालाई अस्वीकार गरे? [१०, w-NP९९ १२/१ पृ. ६ अनु. ३–पृ. ७ अनु. ५]
१६. मसीहीहरूले कुन हदसम्म “अरूहरूका कुरामा” चासो लिनुहुन्छ? (फिलि. २:४) [११, w-NP९९ १२/१ पृ. २९ अनु. १]
१७. भजन १२८:३ मा छोराछोरीहरू, “भद्राक्षका मुनाहरू जस्तै” हुन् भन्नुको अर्थ के हो? [१२, साप्ताहिक बाइबल पढाइ; w-NP०० ८/१५ पृ. ३० अनु. ४ हेर्नुहोस्।]
१८. हामीले परमेश्वरका कार्यहरू भयानक छन् भनी बुझेका छौं भने, त्यसले हामीलाई कसरी असर गर्नेछ? (भज. १३९:१४) [१३, साप्ताहिक बाइबल पढाइ; w-NP९३ १०/१ पृ. १५ अनु. १८ हेर्नुहोस्।]
१९. हितोपदेश ५:३, ४ ले अनैतिकताको परिणाम किन “ऐरेलुभन्दा तीतो” र “दुई धारे तरवारजस्तै” हुन्छ भनी भन्छ? [१४, साप्ताहिक बाइबल पढाइ; w-NP०० ७/१५ पृ. २९ अनु. २ हेर्नुहोस्।]
२०. हितोपदेश १४:२९ अनुसार समझशक्तिले कसरी अधैर्यता अनि अनियन्त्रित रिसलाई त्याग्न मदत गर्छ? [१६, साप्ताहिक बाइबल पढाइ; w९७ ३/१५ पृ. १३ अनु. ७-८ हेर्नुहोस्।]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. मानिसहरू प्रायजसो अरूको कुरा___________________-अघि तिनीहरूको _________________________-लाई विचार गर्छन्। (मत्ती ५:१६; १ पत्रु. ३:१६) [३, rq-NP पृ. ३० अनु. २]
२२. हितोपदेशको द्विपक्षीय फाइदा छ। ती हुन्, _________________________ र _________________________ दिनु। (हितो. १:१-४) [५, w-NP९९ ९/१५ पृ. १३ अनु. १]
२३. _________________________-को मामिलामा परमेश्वरको पक्ष लिनेहरूको लागि “परम प्रधानको गुप्त ठाउँ” _________________________ हो; _________________________ यो “गुप्त” वा अज्ञातस्थल हो। (भज. ९१:१) [७, साप्ताहिक बाइबल पढाइ; w८६ १२/१५ पृ. २९ अनु. ६ हेर्नुहोस्।]
२४. ‘यहोवाका सबै उपकारहरू नबिर्सनु’ भनी भजन १०३ औं अध्यायमा वर्णन गरिएझैं “उहाँका उपकारहरू” अर्थात् उहाँका मायालु कार्यहरूको _________________________ हो। (भजन १०३:२) [८, साप्ताहिक बाइबल पढाइ; w-NP९९ ५/१५ पृ. २१ अनु. ५-६ हेर्नुहोस्।]
२५. परमेश्वरका सेवकहरू, मृतकहरू _________________________ भइजान्छन् भन्दैमा सबै _________________________ उद्देश्यहीन र _________________________ छन् भन्ने दृष्टिकोण राख्दैनन्। [१५, g-NP९९ ३/८ पृ. ११ अनु. ६]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. शाऊलको व्यवहारदेखि रिसाउने थुप्रै कारण भए तापनि दाऊदले आफ्नो भावनालाई वशमा राखे किनभने (शाऊल असिद्ध थिए र परमेश्वरका सेवकहरू क्षमाशील हुनुपर्छ भन्ने कुरा तिनले महसुस गरे; यहोवासितको आफ्नो सम्बन्धलाई तिनी सधैं मनमा राखिरहन्थे; अरूको न्याय गर्नु गलत हो भनेर तिनलाई थाह थियो)। (१ शमू. २४:६, १५) [१, w-NP९९ ८/१५ पृ. ८ अनु. ७]
२७. (बुद्धि; अनुशासन; धार्मिकता) भनेको समझ, अन्तरदृष्टि, चतुऱ्याइँ र सोच्ने क्षमता जस्ता थुप्रै कुराहरूको मिश्रण हो; (भलाइ; समझ; सही निर्णय) भनेको परिस्थितिलाई राम्ररी नियालेर यसको भाग भाग तथा सम्पूर्ण परिस्थिति बीचको सम्बन्धलाई बुझ्नु हो। (हितो. १:१-४) [५, w-NP९९ ९/१५ पृ. १३ अनु. २]
२८. (व्यभिचारको भर्त्सना गर्ने मोशाको व्यवस्थाको राम्रो ज्ञान भएकोले, तिनको पतिको उच्च ओहदाप्रतिको गहिरो आदरले गर्दा; परमेश्वरसितको आफ्नो सम्बन्धलाई निकै अनमोल ठानेको हुनाले) युसूफले पोतीफरकी पत्नीको अनैतिक प्रस्तावको विरोध गर्न बल पाए। (उत्प. ३९:७-९) [७, w-NP९९ १०/१ पृ. २९ अनु. ३]
२९. भजन ११९ का लेखकको (परमेश्वरको वचन वा नियम; जीवनको वरदान; मुक्तिको आशा) प्रति गहिरो मूल्यांकन थियो, जुन प्रायः भजनका सबै पदहरूमा उल्लिखित छन्। [११, साप्ताहिक बाइबल पढाइ; w-NP९९ ११/१ पृ. ९ अनु. ५; w८७ ३/१५ पृ. २४ अनु. २ हेर्नुहोस्।]
३०. परिवारमा अगुवाइ (आफ्नै फाइदाको लागि गरिएको छ; उचित रीतिले गरिएको छ; कठोरता पूर्वक माग गरिएको छ) भने मात्र परिवार सुखी हुनसक्छ। [१३, fy-NP पृ. १८५ अनु. ६]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
भज. ३७:२१; हितो. २:१९; १४:१५; २ कोरि. १:२४; हिब्रू १३:१८
३१. प्राचीन र सेवकाई सेवकहरू मण्डलीका अरू सदस्यहरू भन्दा माथि छैनन्। [२, rq-NP पृ. २९ अनु. ४]
३२. मसीहीहरूले व्यापारमा बेइमान गर्ने वा अरूको वैध अधिकारलाई बेवास्ता गर्ने गर्नु हुँदैन। [४, w-NP९९ ९/१५ पृ. १० अनु. २]
३३. यौन अनैतिकतामा लाग्नेहरू फर्कनै नसक्ने अवस्था अर्थात् मृत्युमा पुग्न सक्छन्। [९, w-NP९९ ११/१५ पृ. २७ अनु. ४-५]
३४. बुद्धिमान् अनि चतुर व्यक्तिले आफ्ना कार्यहरूको नतिजाको राम्ररी मूल्यांकन गर्छ र लोकप्रिय भयो भन्दैमा अन्धाधुन्ध नयाँ प्रचलनहरूको पछि लाग्दैन। [१६, साप्ताहिक बाइबल पढाइ; g-९४ १२/८ पृ. १६ अनु. १ हेर्नुहोस्।]
३५. मसीही भएर जानाजानी ऋण तिर्दैन भने परमेश्वरको नजरबाट ऊ तल झर्नसक्छ साथै उसको कामले ऊ लोभी र दुष्ट छ भनेर देखाउनसक्छ। [१७, g-NP९९ ४/८ पृ. १९ अनु. ३]