प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जनवरी पृ. १
  • “तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?”
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “सब जातिहरूलाई साक्षी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • लुतकी पत्नीलाई सम्झ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जनवरी पृ. १

“तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?”

१ येशूले जोड दिंदै यसो भन्‍नुभयो: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कू. १३:१०) सन्‌ २०००, मे ११ मा भारतको जनसंख्या एक अरब पुगेको घोषणा गरियो। तथापि, असोसिएटेड प्रेसले यसो भन्यो: “हरेक दिन ४२,००० बच्चा जन्मने राष्ट्र भारतमा एक अरब जनसंख्या कहिले पुग्यो, त्यसबारे किटेर भन्‍न सजिलो छैन।” भारतका लगभग २३,००० हजार साक्षीहरूको लगनशील प्रयत्नको बावजूद लाखौं मानिसहरूले व्यक्‍तिगत तवरमा साक्षी पाएका छैनन्‌। परिवर्तित आर्थिक अवस्थाका कारण टाढ-टाढा इलाकासम्म प्रचार गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका सयौं विशेष अग्रगामीहरूको मदत अब हामीसँग छैन। त्यसोभए, “तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?”—रोमी १०:१४.

२ यहोवामा भरोसा राख्नुहोस्‌: यहोवाले सबै मानिसहरूको हृदयको अवस्था जान्‍नुहुन्छ भनेर हामीले कहिल्यै बिर्सनुहुँदैन। मानिसको परिस्थिति जस्तोसुकै भए तापनि इमानदारीसाथ साँच्चै परमेश्‍वरबारे सच्चाइ खोजेको खण्डमा उसले त्यो भेट्टाउनेछ।—१ इति. २८:९.

३ सदोम र गमोराका बासिन्दाहरूबारे अब्राहाम चिन्तित थिए। तर त्यहाँ दश जना मात्र धर्मी मानिसहरू पाइएको खण्डमा पनि सदोमलाई नाश नगर्ने आश्‍वासन परमेश्‍वरले तिनलाई दिनुभयो। (उत्प. १८:२०, २३, २५, ३२) लूत र तिनका छोरीहरूको छुटकाराले देखाएअनुसार, परमेश्‍वरले कहिल्यै पनि दुष्ट व्यक्‍तिहरूसँगसँगै धर्मीहरूलाई नाश गर्नुभएको छैन।—२ पत्रु. २:६-९.

४ एक चोटि एलियाले यहोवाको सेवा गर्ने सन्दर्भमा आफू एक्लो छु भन्ठाने। त्यस बेला, यहोवाले तिनी एक्लो छैनन्‌ र तिनले सुरु गरेको काम अवश्‍य पूरा हुनेछ भनेर तिनलाई आश्‍वस्त पार्नुभयो। (१ राजा १९:१४–१८) हाम्रो समयमा नि?

५ परमेश्‍वरको सेवामा व्यस्त रहनुहोस्‌: प्रचार कार्य अझै कति व्यापक तवरमा गरिनुपर्छ, त्यो हामीलाई थाह छैन। यस कामको लागि यहोवा जिम्मेवार हुनुहुन्छ र यसको निरीक्षण गर्न उहाँले स्वर्गदूतहरूलाई चलाइरहनुभएको छ। (प्रका. १४:६, ७) सबै जातिहरूलाई कुन हदसम्म साक्षी दिनुपर्छ भनेर उहाँले नै निर्धारण गर्नुहुन्छ। यहोवाले चाहनुभएमा, उहाँले धेरैभन्दा धेरै मानिसहरूले “सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌” भनी राज्य सन्देश फैलाउन हामीले कल्पनै नगरेका तरिकाहरू पनि चलाउन सक्नुहुन्छ। (प्रेरि. १५:७) यहोवाले जे गर्नुहुन्छ, त्यो उहाँको व्यक्‍तित्वअनुरूप मायालु, बुद्धिमान्‌ र न्यायी कार्य हुनेछ।

६ सबैले सुसमाचार सुनून्‌ भन्‍ने यहोवाको इच्छाअनुसार यथाशक्य गर्न पाउनु हाम्रोलागि ठूलो सम्मानको कुरा हो।—१ कोरि. ९:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने