सेवा सभाको तालिका
जनवरी १४ मा सुरु हुने हप्ता
गीत ३
१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। “नयाँ विशेष सम्मेलन दिन कार्यक्रम” छलफल गर्नुहोस्। आउँदो विशेष सम्मेलन दिनको मिति घोषणा गर्नुहोस् र सबैलाई पूरै कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुहोस्। प्रकाशकहरूलाई नवजिज्ञासु तथा बाइबल विद्यार्थीहरूलाई पनि निमन्त्रणा दिन प्रोत्साहित गर्नुहोस्।
२० मि: मायालु प्रबन्धहरूबाट लाभ उठाउने। योग्य प्राचीनद्वारा शाखा कार्यालयबाट प्राप्त डिसेम्बर १, २००१ को रूपरेखामा आधारित भाषण। मण्डलीसित एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देशन/पुर्जी) पर्याप्त मात्रामा हुनुपर्छ। सभापछि बप्तिस्मा प्राप्त साक्षीहरूलाई यो कार्ड उपलब्ध गराइनेछ तर यो तिनीहरूले आजै भरिहाल्नु हुँदैन। साक्षीहरूको हस्ताक्षर तथा कार्डमा मिति लेख्ने काम अर्को पटकको मण्डली पुस्तक अध्ययनपछि गरिने छ र कुनै पनि प्रकारको मदत चाहिएको खण्डमा मण्डली पुस्तक अध्ययन सञ्चालकबाट लिनुपर्छ। हस्ताक्षर गरेको साक्षी बस्नेहरू सबैले प्रत्यक्ष देखेकै हुनुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा चलाइएको भाषा प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्वासको आधारमा आफैले व्यक्तिगत निर्देशन पुर्जी बनाउन सक्नेछन् साथै आफ्नो बच्चाको लागि पनि बनाइदिन सक्छन्। बाइबल प्रशिक्षित अन्तस्करणको आधारमा स्वास्थ्यसम्बन्धी निर्णय पहिल्यै लिनुपर्ने बुद्धिमानीमाथि जोड दिनुहोस्। (हितो. १४:१५; २७:१२) तपाईं कस्तो प्रकारको उपचारविधि तथा औषधीहरू चाहनुहुन्छ, त्यसबारे स्वास्थ्यकर्मीहरूसँग पहिल्यै छलफल गर्नु आवश्यक छ। सही निर्णयहरू गर्न ध्यान दिएर व्यक्तिगत अध्ययन गर्नुपर्छ। जून १५, २००० र अक्टोबर १५, २००० को प्रहरीधरहरा-का “पाठकहरूका प्रश्नहरू” भन्ने लेखबाट उपयुक्त अनुच्छेदहरू छानेर पढ्नुहोस्। प्राचीनहरू मदत गर्न तयार छन्, तर उनीहरूले अरूका लागि निर्णय भने गर्न सक्दैनन्। आफूले गरेका निर्णयहरूको लिखित पुर्जी तयार पार्ने तरिकाबारे बताउनुहोस्।
१० मि: “पत्रिकाहरूबारे के भन्ने।” जनवरी ८ को ब्यूँझनुहोस्! र जनवरी १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भन्ने सन्दर्भमा प्रदर्शनहरू। पत्रिका दिनमा भाग लिन सबै प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
गीत ५५ र समापन प्रार्थना।
जनवरी २१ मा सुरु हुने हप्ता
गीत १०४
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१३ मि: के तपाईंले दिनहुँ धर्मशास्त्र जाँचिरहनुभएको छ? पारिवारिक छलफल। दैनिक पदको छलफलद्वारा अझ बढी लाभ उठाउन तिनीहरू डिसेम्बर १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १८, अनुच्छेद १३-१४ छलफल गर्छन्। हालै दुई तीन दिनअघि पढेको पद कसरी लाभकारी भयो भनेर छोटकरीमा पुनरावलोकन गर्नुहोस्। परिवारका सदस्यहरूलाई आध्यात्मिक तवरमा सक्रिय राख्न दैनिक पदको छलफल नियमित पारिवारिक अध्ययनको भाग बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्।
२२ मि: “परमेश्वरको राज्यलाई प्रथम स्थान दिइरहनुहोस्।”a सेप्टेम्बर १, १९९८, प्रहरीधरहरा, पृष्ठ १९–२१ बाट मुख्य बुँदाहरूमा आधारित केही प्रश्नहरू समावेश गर्नुहोस्।
गीत १६८ र समापन प्रार्थना।
जनवरी २८ मा सुरु हुने हप्ता
गीत १९६
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। यस पृष्ठका सुझाउहरू चलाउँदै एउटा जनवरी ८ को ब्यूँझनुहोस्! र अर्को फेब्रुअरी १ को प्रहरीधरहरा-बाट दुईवटा छोटो प्रस्तुति प्रदर्शन गर्नुहोस्। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्य उल्लेख गर्नुहोस् र मण्डलीको स्टकमा रहेका किताबहरूबारे बताउनुहोस्।
१० मि: “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम।” भाषण। आगामी क्षेत्रीय सम्मेलनको मिति घोषणा गर्नुहोस्। बाइबल विद्यार्थीहरूलाई निमन्त्रणा दिन सबैले विशेष प्रयत्न गर्नुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूलाई आगामी सम्मेलनमा यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतिकात्मक रूप दिने विषयमा गम्भीरतासाथ सोच्न प्रोत्साहन दिनुहोस्। सबैलाई प्रत्येक दिन बिहान तथा अपराह्न उपस्थित हुन आग्रह गर्नुहोस्।
२५ मि: “आमाबाबुहरू हो—आफ्ना छोराछोरीहरूलाई बाल्यकालदेखि नै प्रशिक्षण दिनुहोस्।”* अप्रिल १५, १९९८, प्रहरीधरहरा, पृष्ठ ३२ मा भएका टिप्पणीहरू समावेश गर्नुहोस्। बाल्यकालदेखि नै छोराछोरीहरूलाई आध्यात्मिक तवरमा प्रशिक्षण दिन थाल्दा प्राप्त भएका असल नतिजाहरूबारे बताउन आमाबाबुहरूलाई आमन्त्रण गर्नुहोस्।
गीत २०२ र समापन प्रार्थना।
फेब्रुअरी ४ मा सुरु हुने हप्ता
गीत २१२
८ मि: स्थानीय घोषणाहरू।
१७ मि: “तिनीहरूले कसरी सुन्नसक्लान्?”b अनुच्छेदमा दिइएका शास्त्रपदहरू कसरी लागू हुन्छन् भनी श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। अगस्त १५, १९९८, प्रहरीधरहरा, पृष्ठ २०, अनुच्छेद १७-१८ बाट प्रश्नहरू समावेश गर्नुहोस्।
२० मि: “क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू।” सेवा निरीक्षकले श्रोतासँग छलफल गर्दै प्रस्तुत गर्नेछन्। यस परिशिष्टमा पहिले-पहिले हाम्रो राज्य सेवकाई-मा आइसकेका र केही नयाँ, सुझावित प्रस्तुतिहरू छन्। भविष्यमा आउने तथा स्थानीय क्षेत्रमा प्रभावकारी हुन सक्ने अरू सुझाउहरू टिप्नको लागि यसमा दिइएका खाली हरफहरु प्रयोग गर्न सकिन्छ। श्रोताहरूलाई कुनचाहिं प्रस्तुति सबैभन्दा मनपऱ्यो र मन पर्नुको कारण के हो, बताउन लगाउनुहोस्। फेब्रुअरी महिनाको साहित्य प्रस्तुत गर्दा प्रयोग गर्न सकिने एक दुईवटा प्रदर्शन गरेर देखाउनुहोस्। यस परिशिष्टलाई सुरक्षित राख्न र सेवकाईको लागि तयारी गर्दा बेला-बेलामा हेर्न सबै प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
गीत २२४ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।