सेवा सभाको तालिका
फेब्रुअरी ११ मा सुरु हुने हप्ता
गीत ६
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। फेब्रुअरी २५ को हप्तामा हुने सेवा सभामा छलफलको लागि उत्पत्ति ६:१ देखि ९:१९ सम्म पढ्न वा पुनरावृत्ति गर्न अनि नोवा—ही वक्ड विथ गड नामक भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: ‘परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्।’a (अनुच्छेद १–१३) यो भाग मण्डलीका अध्यक्षले सञ्चालन गर्नेछन्। मार्च र त्यसपछि हामीले पूरा गर्न चाहेको कामबारे प्रोत्साहनजनक छलफल। मार्च महिनाको दौडान सेवकाईमा यथासक्दो भाग लिने योजना बनाउनको लागि सबैले परिशिष्टमा दिइएको क्यालेण्डर प्रयोग गरेर व्यावहारिक तालिका बनाउनुपर्छ। त्यस महिना सहायक अग्रगामी गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। अनुच्छेद ७–८ छलफल गर्दा गत वर्ष स्मरणार्थको समयमा अग्रगामी गरेकाहरूले पाएको आशिष्बारे बताउन लगाउनुहोस्। सहायक अग्रगामी गर्नको लागि सभापछि आवेदन फाराम उपलब्ध हुनेछ भनी घोषणा गर्नुहोस्।
१३ मि: “पत्रिकाहरूबारे के भन्ने।” हाम्रो राज्य सेवकाई-मा दिइएको यस भागले प्रकाशकहरूलाई आजको यस कठिन समयका दुःखदायी घटनाहरूबारे कुरा गर्दै पत्रिका प्रस्तुत गर्न कसरी मदत गरेको छ सोध्नुहोस्। मानिसहरूलाई सान्त्वना दिन र तिनीहरूलाई पिरोलिरहेका प्रश्नहरूको बाइबल आधारित जवाफ दिने सन्दर्भमा कोही-कोहीले कस्ता अनुभवहरू बटुलेका छन्? फेब्रुअरी ८ को ब्यूँझनुहोस्! र फेब्रुअरी १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भन्ने सन्दर्भमा दुईवटा छोटो प्रदर्शन देखाउनुहोस्।
गीत ४९ र समापन प्रार्थना।
फेब्रुअरी १८ मा सुरु हुने हप्ता
गीत ९५
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१० मि: ‘जोगाएर साँचिराख्नुहोस्।’ श्रोताहरूसँग छलफल। विश्वव्यापी कार्यका लागि उदारचित्तसाथ दिएकोमा मण्डलीको सराहना गर्नुहोस्।
२५ मि: ‘परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्।’b (अनुच्छेद १४–२३) यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नेछन्। मार्चमा विस्तृत क्रियाकलाप गर्नका लागि स्थानीय रूपमा तयार पारिएका विशेष योजनाहरूबारे फेरि बताउनुहोस्। त्यस महिनाको लागि आयोजना गरिएको क्षेत्र सेवा सभाको सम्पूर्ण तालिका घोषणा गर्नुहोस्। निष्क्रिय प्रकाशकहरूलाई पुनः सक्रिय बनाउन र साना केटाकेटी तथा अन्य बाइबल विद्यार्थीहरूलाई बप्तिस्मा अप्राप्त प्रकाशक बन्न सहयोग गर्ने विषयमाथि जोड दिनुहोस्। मार्चमा सहायक अग्रगामी गर्न आवेदन दिएकाहरूको नाउँ घोषणा गर्नुहोस् र अरूलाई पनि ती अग्रगामीहरूलाई साथ दिन प्रार्थनापूर्वक विचार गर्न प्रोत्साहन दिनुहोस्।
गीत १४३ र समापन प्रार्थना।
फेब्रुअरी २५ मा सुरु हुने हप्ता
गीत १७४
१५ मि: स्थानीय घोषणाहरू। एउटा फेब्रुअरी ८ को ब्यूँझनुहोस्! र अर्को मार्च १ को प्रहरीधरहरा चलाएर दुईवटा छोटो प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुहोस्। तीमध्ये कुनै एउटा प्रस्तुति जवानलाई गर्न लगाउनुहोस्। प्रकाशकहरूलाई फेब्रुअरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्।
१५ मि: “साक्षी दिने भिडियोहरूको असर।” श्रोताहरूसँग छलफल। अहिलेसम्म हामीले सेवा सभाको कार्यक्रममा आठवटा भिडियो पुनरावृत्ति गरिसक्यौं। लेखमा दिइएका उदाहरणहरू छोटकरीमा छलफल गरिसकेपछि यी भिडियोहरू अरूलाई देखाउँदा प्रकाशकहरूले कस्तो सफलता हासिल गरे, सो बताउन आग्रह गर्नुहोस्।
१५ मि: “नोवा—ही वक्ड विथ गड भन्ने भिडियोबाट सबैले सिक्न सक्छन्।” यस पृष्ठको पेटीमा दिइएका प्रश्नहरू मात्र प्रयोग गरेर श्रोताहरूसँग सीधै नोवा भन्ने भिडियोको छलफल सुरु गर्नुहोस्। अप्रिल महिनामा हामी यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स? भिडियोको पुनरावृत्ति गर्नेछौं।
गीत २१५ र समापन प्रार्थना।
मार्च ४ मा सुरु हुने हप्ता
गीत २०७
५ मि: स्थानीय घोषणाहरू।
१२ मि: “पृथ्वीका सबैभन्दा सुखी मानिसहरू।”c अक्टोबर १५, १९९७, प्रहरीधरहरा-को पृष्ठ ६ मा दिइएको “आनन्द प्राप्तिको लागि उठाउनुपर्ने कदमहरू” भन्ने लेख छोटकरीमा समावेश गर्नुहोस्।
१२ मि: अध्ययनहरू सुरु गर्न ज्ञान पुस्तक चलाउनुहोस्। मार्चमा हामी गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयत्न गर्न चाहन्छौं। अगस्त १९९८ हाम्रो राज्य सेवकाई, पृष्ठ ४, अनुच्छेद ८ मा दिइएको अनुभव छोटकरीमा बताउनुहोस्। कसैले भर्खरै ज्ञान पुस्तकबाट अध्ययन थालेका छन् भने, उनले त्यो कसरी गर्न सके अभिनय गरेर देखाउन लगाउनुहोस्। जनवरी २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएको “ज्ञान पुस्तक प्रस्तुत गर्नका लागि सुझाउहरू” भन्ने लेखबारे सबैलाई सम्झाउनुहोस्। यो पुस्तक चलाएर परिशिष्टको पृष्ठ ६ मा दिइएको “सीधै प्रस्ताव राख्ने” भन्ने शीर्षकबाट कुनै एउटा सुझाउ प्रदर्शन गरेर देखाउनुहोस्।
१६ मि: “किन प्रचार गरिरहने?”d धेरै वर्षदेखि प्रचार गर्दै आइरहेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिएर टुंग्याउनुहोस्। उनीहरू यस काममा किन लागिरहे र यसबाट उनीहरूले कसरी लाभ उठाएका छन् भनी बताउन लगाउनुहोस्।
गीत २२३ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।