प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अप्रिल पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 अप्रिल पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा जनवरी ७ देखि अप्रिल २२, २००२ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. उपदेशक २:२ मा सुलेमानले सुखविलास गर्नै हुँदैन भन्‍न खोजिरहेका थिए। [साप्ताहिक बाइबल पढाइ; w८७ ९/१५ पृ. २४ अनु. ५ हेर्नुहोस्‌।]

२. सम्पूर्ण बाइबलको एउटै सामञ्जस्यपूर्ण ध्येय, मानिसजातिमाथि शासन गर्ने परमेश्‍वरको अधिकारको प्रमाणीकरण तथा आफ्नो राज्यद्वारा उहाँका प्रेमपूर्ण उद्देश्‍यहरूको पूर्ति हो। [kl-NP पृ. १३ अनु. ७]

३. यशैया १:७ मा अगमवक्‍ताले आहाजको शासनकालमा यहूदाको विनाशबारे संकेत गर्छन्‌। [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. १७ अनु. १६ हेर्नुहोस्‌।]

४. यहोवा हाबिलको उपहारसित प्रसन्‍न हुनुभयो किनभने तिनको उपहार कयिनको भन्दा राम्रो थियो। (उत्प. ४:४) [my-NP अध्याय ६]

५. हामीले ‘यहोवालाई आदर गर्न’ उदारचित्त भई बहुमूल्य चीजहरू; जस्तै: हाम्रो समय, सीप, बल तथा भौतिक सम्पत्तिहरू प्रयोग गर्दा प्रशस्त आशिष्‌ पाउनेछौं। (हितो. ३:९, १०) [w-NP०० १/१५ पृ. २५ अनु. १]

६. यशैया २८:२१ मा अग्रिमवाणी गरिएको आधुनिक समयको ‘अनौठो कामले’ आरमागेडोनमा राष्ट्रहरूको विनाशलाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. २९५ अनु. १६; पृ. ३०१ अनु. २८ हेर्नुहोस्‌।]

७. मत्ती २४:३८, ३९ ले देखाएअनुसार नूहका समयका मानिसहरू खान, पिउन र अरू क्रियाकलापमा व्यस्त भएका कारण जलप्रलयद्वारा नाश भएका हुन्‌। [w-NP०० २/१५ पृ. ६ अनु. ६]

८. यहोवा परमेश्‍वरले निःस्वार्थ भई उहाँको सेवा गर्ने नम्र सेवकहरूको बिन्ती सधैं पूरा गरिदिनुहुन्छ। [w-NP०० ३/१ पृ. ४ अनु. ३]

९. यशैया ६०:३ मा उल्लिखित “जाति जातिहरू” परमेश्‍वरले प्रदान गर्नुहुने ज्योतितर्फ आकर्षित भएका राजनैतिक राष्ट्रहरू हुन्‌। [साप्ताहिक बाइबल पढाइ; w-NP०० १/१ पृ. १२ अनु. ४ हेर्नुहोस्‌।]

१०. यहोवाले यर्मियालाई जन्मनभन्दा अघि नै “अलग गरें” भन्‍नुको अर्थ उहाँले यर्मियाको भविष्य पहिले नै पूर्वनिर्धारण गर्नुभएको थियो। (यर्मि. १:५) [साप्ताहिक बाइबल पढाइ; w८८ ४/१ पृ. १० अनु. २ हेर्नुहोस्‌।]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. उपदेशक ११:१ मा ‘अन्‍नको व्यापार गर’ भन्‍नाले के बुझिन्छ? [साप्ताहिक बाइबल पढाइ; w८७ ९/१५ पृ. २५ अनु. ११ हेर्नुहोस्‌।]

१२. यशैया ६:८ मा “हाम्रा” भन्‍नाले यहोवाले कसलाई पनि समावेश गर्दै हुनुहुन्थ्यो? [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. ९३-४ अनु. १३ हेर्नुहोस्‌।]

१३. यशैया ९:२ को पूर्तिअनुरूप, गालीलमा कसरी “ठूलो ज्योति” चम्कियो? [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. १२६ अनु. १७ हेर्नुहोस्‌।]

१४. सा.यु.पू. ५३९ मा बेबिलोनको पतन तथा अन्तत: त्यसको सर्वनाश र वर्तमान समयमा कस्तो समानता पाइन्छ? (यशै. १३:१९, २०; १४:२२, २३) [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. १८८ अनु. ३०-१ हेर्नुहोस्‌।]

१५. यशैया २१:६ मा वर्णन गरिएझैं “विश्‍वासी र बुद्धिमान दास[ले]” कसरी “पहरादार[को]” काम गरेको छ? (मत्ती २४:४५) [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. २२१-२ अनु. ११ हेर्नुहोस्‌।]

१६. विवाह गर्न जोडी खोजिरहेका जवान पुरुषको लागि हितोपदेश ३१:१० मा कस्तो सल्लाह पाइन्छ? [w-NP०० २/१ पृ. ३१ अनु. १]

१७. यशैया ४३:९ मा जाति-जातिहरूको देवलाई कस्तो चुनौती दिइएको छ? [साप्ताहिक बाइबल पढाइ; w८८ २/१ पृ. १६ अनु. ३ हेर्नुहोस्‌।]

१८. परमेश्‍वरको राज्यको शुभ समाचार ल्याउनेहरूका खुट्टा कुन अर्थमा “सुन्दर” छन्‌? (यशै. ५२:७) [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ४/१५ पृ. २७ अनु. ६ हेर्नुहोस्‌।]

१९. हाम्रो हृदयले हामीलाई छक्याउन नदिन के गर्नु आवश्‍यक छ? (यर्मि. १७:९) [w-NP०० ३/१ पृ. ३० अनु. ४]

२०. ‘परमेश्‍वरको मार्गमा हिंड्‌नेहरूले’ के गर्नै पर्छ? (यर्मि. ७:२३) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ८/१५ पृ. २९ अनु. ६ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. “बुद्धिमान मानिसको मन दाहिने हातपट्टि हुन्छ” किनकि “दाहिने हात[ले]” प्रायजसो _________________________-लाई जनाउँछ; तसर्थ, यसले देखाउँछ कि उसको _________________________-ले उसलाई उत्तम मार्ग पछ्याउन उत्प्रेरित गर्छ। (उप. १०:२ NW; मत्ती २५:३३) [साप्ताहिक बाइबल पढाइ; w८७ ९/१५ पृ. २५ अनु. ८ हेर्नुहोस्‌।]

२२. शास्त्र _________________________ त्यसमा भएका कुराहरूलाई _________________________, हामी मानवीय शक्‍तिबाट हासिल नहुने _________________________-अनुसार हिंडिरहेका हुनेछौं। [kl-NP पृ. २१ अनु. २०]

२३. यशैया ३३:१ मा वर्णन गरिएअनुसार यहूदाको शहरलाई नाश गर्ने _________________________ हो, जो स्वयम्‌ सा.यु.पू. ६३२ मा पराजित भयो र उनीहरूले _________________________-का बासिन्दाहरूका लागि लुटका माल ‘झुसिल्कीरा झैं बटुल्नलाई’ छोडे। (यशै. ३३:४) [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. ३४३ अनु. ४; पृ. ३४५ अनु. ६ हेर्नुहोस्‌।]

२४. यशैया ५४:१ र गलाती ४:२६, २७ लाई तुलना गरेर हेर्दा “बाँझी” स्त्रीले _________________________ र “लोग्ने हुने” स्त्रीले _________________________-लाई चित्रण गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ८/१ पृ. ११ अनु. ८ हेर्नुहोस्‌।]

२५. हाम्रो जन सेवकाईमा खिसी गर्ने र सुन्‍न नचाहने मानिसहरू भेट्‌दा हामीले बिर्सन नहुने कुरा के हो भने, त्यस्तो विरोध _________________________ विरुद्ध नभई हाम्रो सन्देशको स्रोत _________________________ विरुद्ध हो। (२ कोरि. ४:१, ७) [w-NP०० १/१५ पृ. २१ अनु. २]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. येशूको स्वर्गीय महिमाको दर्शनबारे लेख्दा, पावलले आफूलाई “बेला नपुगी जन्मेको मानिस” भन्‍नुको अर्थ (तिनी आत्माद्वारा नयाँ भएर जन्मिएका थिए; अन्य जातिहरूका लागि प्रेरितको रूपमा छानिनेहरूमध्ये तिनी पहिलो भए; आत्मिक शरीरमा बेलै नपुगी जन्मे अर्थात्‌ पुनरुत्थान भए)। (१ कोरि. ९:१; १५:८) [w-NP०० १/१५ पृ. २९ अनु. ६]

२७. “सनातनका पिता” भन्‍ने पदावलीले मानवजातिलाई (आध्यात्मिक शक्‍ति; स्वर्गमा अविनाशी जीवन; पृथ्वीमा अनन्त जीवनको प्रत्याशा) दिन सक्ने मसीही राजाको शक्‍ति र अख्तियारलाई संकेत गर्छ। (यशै. ९:६; यूह. ११:२५, २६) [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. १३१ अनु. २६ हेर्नुहोस्‌।]

२८. यशैया ६६:७ को आधुनिक पूर्तिमा जन्मेको “छोरो[ले]” (येशू ख्रीष्ट; मसीही राज्य; सन्‌ १९१९ मा खडा भएको आत्मिक राष्ट्र)-को प्रतिनिधित्व गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ १/१ पृ. ११ अनु. ३ हेर्नुहोस्‌।]

२९. येशूले पत्रुसलाई “म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु” भन्‍नुहुँदा पत्रुसलाई (प्रेरितहरूमध्ये प्रमुख स्थान दिइएको; विशेषाधिकारहरू दिइने; मण्डलीको जग बनाइएको) छ भन्‍ने कुरा उहाँले प्रकट गर्नुहुँदै थियो। (मत्ती १६:१९) [gt-NP अध्याय ५९]

३०. यर्मिया ७:२८ मा “यो त्यही जाति हो जसले परमप्रभु आफ्ना परमेश्‍वरका आज्ञा पालन गरेनन्‌” भन्‍ने शब्दहरूका आधुनिक पूर्तिले (महान्‌ बेबिलोन; मसीहीजगत्‌; सातौं विश्‍व शक्‍ति)-लाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ४/१ पृ. १८ अनु. १० हेर्नुहोस्‌।]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

हितो. २४:१६; उप. ३:११; यशै. ४०:८; मत्ती ३:१६, १७; यूह. ६:१४, १५

३१. परमेश्‍वरका हरेक उद्देश्‍यहरू कार्यान्वयन हुने ठीक ठाउँ आफ्नो समयमा प्रकट हुनेछ। [साप्ताहिक बाइबल पढाइ; w८७ ९/१५ पृ. २४ अनु. ८ हेर्नुहोस्‌।]

३२. येशूले चमत्कार गर्नुभएर हजारौंलाई खुवाउनुभएको देख्दा उहाँ, मोशाभन्दा महान्‌ अगमवक्‍ता मात्र होइन, तर उहाँ वास्तवमा एक जना बडो वाञ्छनीय शासक पनि हुन सक्नुहुनेछ भन्‍ने निष्कर्षमा मानिसहरू पुगे। [gt-NP अध्याय ५३]

३३. जीवनका अवरोधहरूलाई पूर्णतया हटाउन नसके तापनि धर्मी मानिसले भलाइ गर्न कहिल्यै छोड्‌दैन। [w-NP०० २/१ पृ. ५ अनु. १]

३४. परमेश्‍वरको वचन वा उहाँले बताउनुभएको उद्देश्‍यलाई पूरा हुनबाट ढिला गर्न वा रोक्न सकिंदैन। [साप्ताहिक बाइबल पढाइ; ip-१ पृ. ४०१-२ अनु. १० हेर्नुहोस्‌।]

३५. येशूलाई आफ्नो अनुमोदन व्यक्‍त गर्न यहोवा स्वयम्‌ स्वर्गबाट बोल्नुभयो। [kl-NP पृ. ३८ अनु. १०]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने