घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाएको व्यक्तिलाई पत्रिका रूटमा समावेश गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्याउँछ। घरधनीसँग यी प्रकाशनहरू छन् भने, मण्डलीको स्टकमा भएका अन्य कुनै उपयुक्त पुस्तिका प्रस्तुत गर्नुहोस्। जुलाई: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई। उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस् अफ द डेथ—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?
◼ जनवरी महिनाको मासिक स्टेटमेन्टसँगै सबै मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स् पठाइएको थियो। सन् २००२ को लागि अधिवेशनको बिल्ला तथा सन् २००३ को लागि अन्य वार्षिक सामग्रीहरूको अहिलेसम्म पनि माग नपठाएका मण्डलीहरूले आ-आफ्नो माग तुरुन्तै पठाइहाल्नुपर्छ। किङडम हल लिटरेचर इनभेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत रहेका मण्डलीहरूले आफ्नो अनुरोध “संयोजक मण्डलीमार्फत” पठाउनुपर्छ। संयोजक मण्डलीको सचिवले आफ्नो साहित्य समूहमा पर्ने सबै मण्डलीहरूले आवश्यक मात्रामा अनुरोध गरेका छन् कि छैनन्, पक्का गर्नुपर्छ।
◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। पीन कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।
◼ मण्डलीका सचिवले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामीले निवेदन फाराम भरेपछि पूरा भयो कि भएन, फेरि दोहोऱ्याएर हेर्नुहोस्। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउनसक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ।
◼ व्यक्तिगत यात्राको दौडान अन्य मुलुकका मण्डलीका सभाहरू, सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि त्यस मुलुकमा भइरहेको कामको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा सूचीबद्ध गरिएको छ।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
“अल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनिफिसियल” —तामिल
अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री—तामिल