प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 मे पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 मे पृ. ७

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाएको व्यक्‍तिलाई पत्रिका रूटमा समावेश गर्नुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। जून: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्‍याउँछ। घरधनीसँग यी प्रकाशनहरू छन्‌ भने, मण्डलीको स्टकमा भएका अन्य कुनै उपयुक्‍त पुस्तिका प्रस्तुत गर्नुहोस्‌। जुलाई र अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्‌योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई। उपयुक्‍त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस्‌ अफ द डेथ—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?

◼ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले जून १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढिसकेपछि घोषणा गर्नुहोस्‌।

◼ शाखा कार्यालय सर्ने बेलाका लागि साहित्य तथा पत्रिकाको अनुरोधको सन्दर्भमा मार्च २००२ को हाम्रो राज्य सेवकाई-मा गरिएको घोषणामा निम्न परिवर्तन भएको कुरा ध्यान दिनुहोस्‌। शाखा कार्यालय लोनाभलाबाट बेंग्लोर सर्ने तालिका मे २००२ मा भएकोले त्यस महिना र त्यसपछि पनि केही समयका लागि सोसाइटीले साहित्य वा पत्रिकाहरूको अर्डर पठाउन सक्नेछैन। थुप्रै मण्डलीहरूमा सहित्य तथा पुराना अंकका पत्रिकाहरूको प्रशस्त स्टक भएजस्तो देखिन्छ। त्यसकारण आफ्नो मण्डलीमा थुप्रिएका पत्रिका तथा साहित्यहरू सिद्धयाउनको लागि यस समयको दौडान विशेष अभियानको प्रबन्ध गर्न प्राचीनहरूलाई आग्रह गरिन्छ।

◼ पहिले घोषणा गरिएझैं, बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन नामक नयाँ पुस्तक सन्‌ २००२ को अन्ततिर अंग्रेजी, कन्‍नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी भाषामा उपलब्ध गराइनेछ। यस पुस्तकका लागि अहिलेसम्म पनि अनुरोध नपठाएका मण्डलीहरूले स्पेसल रिक्वेस्ट फर्म फर एनुअल आइटम्स एण्ड मिनिस्ट्री स्कूल बुक फाराम प्रयोग गरेर तुरुन्तै यसको लागि अनुरोध पठाइहाल्नुपर्छ। यी पुस्तकहरू ढुवानी नगरुन्जेलसम्म मण्डलीको प्याकिङ लिस्टमा यसलाई “पेन्डिङ” भनेर जनाइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने