के तपाईं हाम्रा साहित्यहरूको मूल्यांकन गर्नुहुन्छ?
१ हीरा तथा अन्य रत्नहरू त्यसको सुन्दरताले गर्दा मात्र होइन तर त्यो भेट्टाउन र खानिबाट निकाल्न निक्कै खर्च लाग्ने भएकोले गर्दा पनि अत्यन्तै बहुमूल्य हुन्छ। यहोवा र येशू ख्रीष्टको ज्ञानको मूल्य त्योभन्दा कता हो कता बढी छ अनि संसारमा हाम्रा प्रकाशनहरूले मात्रै यी आध्यात्मिक धनसम्पत्तिको विस्तृत तथा ईश्वरीय बुद्धिसहित व्याख्या गर्छ। (रोमी ११:३३; फिलि. ३:८) हामी कसरी हाम्रा साहित्यहरूप्रति साँचो मूल्यांकन देखाउन सक्छौं?
२ व्यक्तिगत तथा पारिवारिक तवरमा धेरैजसोले नियमित रूपमा केही अनुदान साँचेर राख्छन् अनि राज्यभवनमा “सोसाइटीको विश्वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” भनी लेखिएका बाकसहरूमा खसाल्छन्। साहित्य वा पत्रिकाहरू लिंदा र क्षेत्र सेवकाईमा प्राप्त गरेका अनुदानहरू बुझाउँदा पनि व्यक्तिविशेषले विश्वव्यापी कार्यलाई थप अनुदान दिन्छन्।
३ मूल्यांकन देखाउने अर्को तरिका क्षेत्र सेवामा भेटिने जोसुकैलाई साहित्य नदिएर हो। हामी हीराजस्तो बहुमूल्य कुरा यसको मोल नबुझ्ने बच्चालाई कदापि पनि दिन चाहँदैनौं। त्यस्तै गरी, आध्यात्मिक कुराको पटक्कै मूल्यांकन नगर्ने व्यक्तिविशेषलाई पनि हामी मूल्यवान् साहित्य दिंदैनौं। (हिब्रू १२:१६ तुलना गर्नुहोस्।) अरूका लागि खुसीसाथ समय निकाल्दा र हाम्रा साहित्यहरू दिंदा हाम्रो विवेकी मनोवृत्ति झल्किन्छ। के घरधनी कुराकानी गर्न इच्छुक छन्? हामीले कुरा गर्दा के तिनी ध्यान दिएर सुन्छन्, हामीले सोधेका प्रश्नहरूको जवाफ दिन्छन् र बाइबलबाट पढेर सुनाउँदा के तिनी पनि सँगसँगै पढ्छन्? यस्तो चासो देखाएमा हामी खुसीसाथ तिनलाई सुहाउने प्रकाशन दिन्छौं। जसै हामी हाम्रा प्रकाशनहरूबाट अध्ययन सञ्चालन गर्छौं, बाइबलले सिकाउने कुरा सिक्न मानिसहरूले मदत पाउनुका साथै उनीहरूका लागि यहोवासित सम्बन्ध गाँस्ने बाटो खुल्छ। हाम्रा साहित्यहरूबाट तिनीहरूले कत्तिको लाभ उठाउँछन् भन्ने कुरा यसलाई कसरी प्रयोग गरिन्छ, त्यसमा निर्भर हुन्छ।
४ राज्यभवन वा हाम्रो घरको तखतामा थन्किएका साहित्यहरूले यसको उद्देश्य पूरा गर्दैन र यो कत्तिको मूल्यावान् छ भन्ने कुरा बुझेको रहेनछ भन्ने थाह हुन्छ। पुराना अंकका पत्रिका, पुस्तिका, सजिल्द पुस्तक तथा पर्चाहरूको पूरापूर सदुपयोग गर्नुपर्छ। हाल आफूसँग भएका साहित्यहरूको सूची नजाँचेको कति भइसक्यो? कति धेरै साहित्य थुप्रिसकेका रहेछन् भनी थाह पाउँदा हामी तीनछक पर्न सक्छौं। के हामीसित भएका साहित्यहरू अझै राम्रो अवस्थामा छन् अर्थात् के यिनीहरू पहेंलो रङका, च्यातिएका वा बिग्रिएका छैनन्? यदि छैनन् भने, यसलाई क्षेत्र सेवकाईमा वितरण गर्ने सक्दो प्रयास गर्नुपर्छ। च्यातिएका, बिग्रिएका साहित्यहरू व्यक्तिगत प्रयोगको लागि राख्न वा कतै तह लाउन सकिन्छ। मुख्यतः ताजा प्रस्तुतिमा ध्यान दिए तापनि कहिलेकाहीं हामी भिन्नै प्रकाशन प्रयोग गर्ने विचार गर्न सक्छौं।
५ वितरण गर्नका लागि तपाईंलाई साँच्चै कति साहित्य चाहिन्छ सधैं राम्ररी विचार गर्नुहोस्। सही निर्णय गर्नु आवश्यक छ। विशेष गरी यदि तपाईं अग्रगामी गरिरहनुभएको छ भने, आफूसित प्रशस्त मात्रामा साहित्य हुनुपर्छ तर यसको मतलब आफूसित साहित्यहरू सधैं टनाटन राख्नै पर्छ भन्ने छैन किनभने सभाअघि र पछि पनि राज्यभवनबाट धेरै साहित्यहरू लिन सकिन्छ। महिनाको सुरुतिर आफूसित प्रशस्त मात्रामा साहित्य राख्नुहोस् र साहित्य सिद्धिंदै गएपछि अरू लिनुहोस्।
६ परमेश्वरको वचनको सत्य मूल्यांकन गर्ने व्यक्तिहरूको हातमा हाम्रो प्रकाशन पर्दा यसको महत्त्व झनै बढ्छ। त्यसैले आउनुहोस्, जेजति प्रबन्ध गरिएका छन् त्यसको प्रयोग गर्ने सन्दर्भमा हामी सबै जना बुद्धिमान् र विवेकशील होऔं। यसो गर्दा हामी साहित्यहरूको धेरै मूल्यांकन गर्छौं भन्ने कुरा देखाइरहेका हुनेछौं।