सेवा सभाको तालिका
जून १० मा सुरु हुने हप्ता
गीत ५८
१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जून २४ को हप्तामा हुने सेवा सभामा छलफलको लागि आवर होल असोसियसन अफ ब्रदर्स् नामक भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ ४ का सुझाउहरू चलाएर जून ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं।) र जून १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी छुट्टाछुट्टै प्रदर्शन देखाउनुहोस्। प्रत्येक प्रदर्शनमा “मलाई धर्ममा चासो छैन” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने फरक-फरक तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ९ हेर्नुहोस्।
१० मि: प्रश्न पेटी। पूरै लेख र उल्लिखित शास्त्रपदहरू पढ्नुहोस्। त्यसपछि हाम्रो राज्य सेवकाई मार्च १९९८ को प्रश्न पेटीमा दिइएका अरू बुँदाहरूलाई विस्तार गर्दै थप टिप्पणीहरू गर्नुहोस्।
२० मि: “प्रशस्तसँग छर्दा प्रशस्तै इनाम पाइन्छ।”a मार्च १, १९९३, प्रहरीधरहरा, पृष्ठ १६-१७, अनुच्छेद १४-१७ मा आधारित टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत २२० र समापन प्रार्थना।
जून १७ मा सुरु हुने हप्ता
गीत १३६
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “आफूसित जे छ त्यसैमा सन्तुष्ट हुनुहोस्।”b उल्लिखित शास्त्रपदहरू समयले भ्याएसम्म धेरै पढ्नुका साथै छलफल गरेर यस सल्लाहको धर्मशास्त्रीय आधारमाथि जोड दिनुहोस्।
गीत १९७ र समापन प्रार्थना।
जून २४ मा सुरु हुने हप्ता
गीत ५२
८ मि: स्थानीय घोषणाहरू। जून ८ (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं।) र जुलाई १ का पत्रिकाहरू प्रस्तुत गर्न पृष्ठ ४ को सुझाउ कसरी चलाउने भनी सेवकाईमा सँगै काम गरिरहेका विवाहित दम्पतीले प्रदर्शन गरेर देखाउँछन्। पतिले ब्यूँझनुहोस्! र पत्नीले प्रहरीधरहरा प्रस्तुत गर्छन्।
१२ मि: स्थानीय प्रकाशकहरूलाई (१) अर्कै भाषा बोल्ने व्यक्तिलाई साक्षी दिएको वा (२) घर-घर वा सडकमा बाहेक अन्यत्र साक्षी दिएको अनुभव बताउन वा अभिनय गर्न लगाउनुहोस्। अर्को हप्ताको सेवा सभाको तयारीको लागि, जुलाई र अगस्त महिनामा प्रस्तुत गरिने कुनै एउटा पुस्तिकाको लागि प्रस्तुति तयार गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।—जनवरी २००२ हाम्रो राज्य सेवकाई परिशिष्ट “अरू प्रकाशनहरू” भन्ने पेटी हेर्नुहोस्।
२५ मि: “हामी किन हाम्रो विश्वव्यापी भ्रातृत्वलाई प्रेम गर्छौं?” दिइएका प्रश्नहरू प्रयोग गरेर श्रोताहरूसँग होल असोसियसन भिडियोबाटै छलफल सुरु गर्नुहोस्।
गीत ९५ र समापन प्रार्थना।
जुलाई १ मा सुरु हुने हप्ता
गीत ८३
१५ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जून महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्। प्रकाशकहरूले जुलाई महिनामा कुन पुस्तिका प्रस्तुत गर्ने र कुनचाहिं प्रस्तुति चलाउने योजना गरेका छन् बताउन लगाउनुहोस्।
१५ मि: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्! भाषण र श्रोताहरूसँग छलफल। यो पुस्तिका बच्चाहरू तथा शैक्षिक योग्यता वा पढ्ने क्षमता कम भएका व्यक्तिविशेषलाई यहोवाबारे सिकाउन शक्तिशाली औजार हुनुको कारणबारे औंल्याउनुहोस्। यसका वर्णनहरू सरल तथा तार्किक छन् भनेर उदाहरणद्वारा छलफल गर्नुहोस्। विद्यार्थीको हृदयसम्म पुग्न चित्रहरू कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउनुहोस्। यो पुस्तिका प्रभावकारी ढंगमा प्रयोग गर्न सकिने तरिकाहरू बताउनुहोस्। आमाबाबुले यो आफ्ना स-साना छोराछोरीसँग अध्ययन गर्नुपर्छ। उपयुक्त भएसम्म सेवकाईमा यो पुस्तिका प्रस्तुत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: “के तपाईं अरूलाई मदत गर्ने ‘इच्छा’ गर्नुहुन्छ?”c मण्डलीका सबैलाई मदत गर्ने इच्छुक मनोवृति राख्न प्रोत्साहन दिनुहोस्।
गीत १५६ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।