प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अगस्त पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 अगस्त पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मे ६ देखि अगस्त १९, २००२ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुन सक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. यर्मिया १८:१-६ ले बताएअनुसार यहोवाले आफ्नो शक्‍ति मानिसहरूलाई जबरजस्ती तिनीहरूको इच्छा विरुद्ध गर्न चलाउनुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ४/१ पृ. २२ अनु. ३-४ हेर्नुहोस्‌।]

२. झूटा अगमवक्‍ताहरूले मानिसहरूलाई परमेश्‍वरको साँचो चेताउनीको सट्टा झूटो कुरा सुन्‍न उक्साएर परमेश्‍वरको वचनको शक्‍ति र त्यसले पार्ने असर चोरे। (यर्मि. २३:३०) [साप्ताहिक बाइबल पढाइ; w९२ २/१ पृ. ४ अनु. ३ हेर्नुहोस्‌।]

३. यर्मिया २५:१५, १६ मा “यो क्रोधको दाखमद्यको कचौरा[को]” कारण “जम्मै जातिहरू . . . बौलाहा होइजानेछन्‌” भनी बताइएको कुराले मूर्ख बनाउने झूटो धर्मको असरलाई बुझाउँछ। [साप्ताहिक बाइबल पढाइ; w-NP९४ ३/१ पृ. १९ अनु. १३ हेर्नुहोस्‌।]

४. मत्तीले यर्मियाको भविष्यवाणी कसरी पूर्ति भयो भनी उल्लेख गरेअनुसार “शत्रुको देश” भनेको मृत्युको देश हो जहाँबाट महान्‌ हेरोदको हातबाट मारिएका बच्चाहरूको पुनरुत्थान हुनेछ। (यर्मि. ३१:१५, १६; मत्ती २:१७, १८) [साप्ताहिक बाइबल पढाइ; w७९ ६/१५ पृ. १९ अनु. १३ हेर्नुहोस्‌।]

५. यर्मिया ३७:२१ ले कठिन आर्थिक अवस्थाको बेलामा यहोवाले आफ्ना जनहरूलाई सम्हाल्नुहुन्छ भनी आश्‍वासन दिन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ९/१५ पृ. ३ अनु. ४-पृ. ४ अनु. २ हेर्नुहोस्‌।]

६. हिब्रू भाषामा “छुडौतीको मोल” भन्‍ने शब्दबाट कैदीलाई मुक्‍त गराउन तिरिने मोल तथा समतुल्यता बोध हुन्छ। [kl-NP पृ. ६५ अनु. ११]

७. विलाप ५:७ ले स्पष्टसित बताएअनुसार यहोवाले आमाबाबुहरूको पापको सजाय सीधै तिनीहरूका छोराछोरीहरूलाई दिनुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१ पृ. २७ पेटी हेर्नुहोस्‌।]

८. इजकिएल ९:४ मा बताइएको निधारको चिह्नको अर्थ मानिसको उद्धार हुने एक मात्र आधार ज्ञान हो। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. १४ अनु. १८ हेर्नुहोस्‌।]

९. एफिसी ४:८,NW मा बताइएको “पुरुषहरूमा वरदान” पवित्र आत्माद्वारा नियुक्‍त मसीही प्राचीनहरू हुन्‌ र तिनीहरूलाई सँगी विश्‍वासीहरूको आध्यात्मिक आवश्‍यकताहरूको हेरविचार गर्ने अख्तियार दिइएको छ। (प्रेरित २०:२८) [w-NP०० ८/१ पृ. ६ अनु. ३]

१०. इजकिएल अध्याय २३ को आधुनिक दिनको पूर्तिमा प्रोटेस्टेन्टवादलाई ओहोलीबा र रोमन क्याथोलिकवादलाई तिनकी दिदी ओहोलासँग तुलना गर्न सकिन्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. २१ अनु. २२ हेर्नुहोस्‌।]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. “पुनरुत्थान” शब्दको शाब्दिक अर्थ के हो? [kl-NP पृ. ८५ अनु. १५]

१२. लूका ९:२३ मा दिइएको निमन्त्रणाको प्रत्युत्तरमा ख्रीष्टको छुडौतीको बलिदानप्रति हाम्रो निष्कपट मूल्यांकन कसरी देखिन्छ? [w-NP०० ३/१५ पृ. ८, अनु. १]

१३. कुन अर्थमा यहोवाले यर्मियालाई “धोका दिनुभयो?” (यर्मि. २०:७) [साप्ताहिक बाइबल पढाइ; w८९ ५/१ पृ. ३१ अनु. ६ हेर्नुहोस्‌।]

१४. पवित्र आत्माले “तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ” भन्‍नुहुँदा येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (यूह. १४:२६) [w-NP०० ४/१ पृ. ८ अनु. ७-८]

१५. यर्मिया ३५:१८, १९ अनुसार आधुनिक समयका रेकाबी वर्गको लागि कस्तो आशा छ? [साप्ताहिक बाइबल पढाइ; su पृ. १३१ अनु. ७ हेर्नुहोस्‌।]

१६. कुन अर्थमा नपीलहरू “शूरवीर” अनि “नाउँ चलेका मानिसहरू” थिए? (उत्प. ६:४) [w-NP०० ४/१५ पृ. २७ अनु. ९]

१७. बारूकले आफ्नो आध्यात्मिक सन्तुलन कसरी गुमाए र तिनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (यर्मि. ४५:१-५) [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ८/१५ पृ. २१ अनु. १४-१६ हेर्नुहोस्‌।]

१८. यर्मिया ५०:३८ मा गरिएको भविष्यवाणी कहिले अनि कसरी पूरा भयो? [साप्ताहिक बाइबल पढाइ; dp-NP पृ. १५० अनु. २-३ हेर्नुहोस्‌।]

१९. विलाप १:१५ अनुसार “यहूदाको कुमारी” अर्थात्‌ यरूशलेमको हालतले मसीहीजगत्‌बारे कस्तो संकेत दिन्छ? [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१ पृ. २७ पेटी हेर्नुहोस्‌।]

२०. इजकिएल २१:२६ मा बताइएको “पगरी हटा र शिरपेच उतारिदे” भन्‍ने भनाइको अर्थ के हो? [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. १९ अनु. १६ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. विनम्र मानिसले असल _________________________-को _________________________ उल्लंघन गर्दैन र उसले गर्नुपर्ने र गर्नसक्ने कुराको पनि _________________________ छ भनेर मानिलिन्छ। (मीका ६:८) [w-NP०० ३/१५ पृ. २१ अनु. १-२]

२२. हुन त पवित्र आत्माले _________________________ वा _________________________ नहटाउला तर यसले हामीलाई _________________________ मदत गर्न सक्छ। (१ कोरि. १०:१३; २ कोरि. ४:७) [w-NP०० ४/१ पृ. ११ अनु. ६]

२३. यहोवा परमेश्‍वर सृष्टिकर्ता हुनुभएकोले आफ्ना सारा _________________________-का लागि _________________________ निर्धारण गर्ने तथा के असल के खराब हो, सो निर्णय गर्ने उहाँको अधिकार थियो। [kl-NP पृ. ५६ अनु. ९]

२४. यहोवाले दुष्टता र आपत्‌-विपत्‌ रहन दिनुभएर परमेश्‍वरबाट _________________________ भएर _________________________-को सृजना गर्न सकिएको छैन भन्‍ने कुरा प्रमाणित भएको छ। [kl-NP पृ. ७७ अनु. १८]

२५. मतभेद सुल्झाउँदा लचिलो हुने सन्दर्भमा अब्राहामले देखाएको उदाहरणले हामीलाई _________________________ वा _________________________-को कारण हाम्रा भाइहरूसँगको अनमोल सम्बन्ध खतरामा नपार्न प्रोत्साहन दिन्छ। (उत्प. १३:५-१२) [w-NP०० ८/१५ पृ. २४ अनु. ३-४]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. अय्यूबले यहोवाको (ज्ञान; दया; न्याय)-लाई एकदमै अनमोल ठान्थे र आफ्ना दासहरूसित पनि (बुद्धिमानीपूर्वक; दयालु; न्यायसाथ) व्यवहार गर्थे। (अय्यू. ३१:१३, १४) [w-NP०० ३/१५ पृ. २६ अनु. १]

२७. यर्मिया १६:२-४ मा अगमवक्‍तालाई (आत्मत्यागी भाव देखाउन; मसीह अविवाहित रहनुहुनेछ भन्‍ने कुरा पूर्वचित्रण गर्न; यरूशलेमको विनाशबारे यहोवाको वचन पक्कै पूरा हुनेछ भनी प्रमाणित गर्न) अविवाहित रहने आज्ञा दिइएको थियो। [साप्ताहिक बाइबल पढाइ; w७८ ४/१५ पृ. ३१ अनु. २ हेर्नुहोस्‌।]

२८. हितोपदेश ४:७ मा बुद्धिले (वास्तविकतासँग परिचित हुनु; वास्तविकताहरू एकअर्कासँग कसरी मेल खान्छन्‌ भनेर बुझ्न सक्नु; असल परिणाम ल्याउन ज्ञान र समझको सदुपयोग गर्नु)-लाई संकेत गर्छ। [w-NP०० ५/१५ पृ. २१ अनु. १]

२९. यूसुफलाई मिश्रमा लगेर पोतीफर नाउँ गरेका मानिसको हातमा बेचिंदा तिनी (१७ वर्ष; १९ वर्ष; २१ वर्ष)-का मात्र थिए। [my-NP अध्याय २२]

३०. इजकिएल अध्याय १ मा वर्णन गरिएको परमेश्‍वरको रथले (परमेश्‍वरको मसीही राज्य; यहोवाको स्वर्गदूतीय आत्मिक संगठन; शेष जनहरूसँग यहोवाको सञ्चार)-को प्रतिनिधित्व गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. ११ अनु. ५ हेर्नुहोस्‌।]

निम्न लिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

हिब्रू १२:१६, १७; लूका ११:४१; हितो. ५:२१; यर्मि. ४६:२८; रोमी १५:४

३१. पवित्र कुराहरूको मूल्यांकन नगर्दा यसले व्यभिचारजस्ता गम्भीर पापहरूतर्फ डोऱ्‍याउन सक्छ। [my-NP अध्याय १७]

३२. परमेश्‍वरले सान्त्वना दिनुहुने एउटा खास माध्यम उहाँको लिखित वचन हो जसमा भविष्यको अद्‌भुत आशा छ। [w-NP०० ४/१५ पृ. ५ अनु. ४]

३३. आमाबाबुहरूले अनुशासन दिंदा मनासिबभन्दा बढी अथवा चाहिंदोभन्दा ज्यादै सुधार र शिक्षा दिने गर्नु हुँदैन। [साप्ताहिक बाइबल पढाइ; kl-NP पृ. १४८ अनु. २० हेर्नुहोस्‌।]

३४. दिंदा अरूहरूलाई प्रभावित पार्ने इच्छाले होइन, तर प्रेमपूर्ण हृदयबाट प्रेरित हुनुपर्दछ। [gt-NP अध्याय ७६]

३५. चाहे यौन अनैतिकता जतिसुकै गोप्य होस्‌ यो परमेश्‍वरको नजरबाट लुकेको हुँदैन। [w-NP०० ७/१५ पृ. ३१ अनु. ३]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने