प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 अगस्त पृ. ७

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनीटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई। उपयुक्‍त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस्‌ अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुशन अर बाइ क्रिएशन? विकल्पको रूपमा तपाईं आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ चलाउन सक्नुहुन्छ। अक्टोबर: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू। इच्छुक व्यक्‍तिलाई बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयत्न गर्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। मानिसहरूसित यी छन्‌ भने, पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ।

▪ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढिसकेपछि घोषणा गर्नुपर्छ।

▪ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००२ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिट्‌रेचर इन्भेन्ट्री फाराममा (S-18) भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका समूहअन्तर्गत रहेका प्रत्येक मण्डलीका पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिट्‌रेचर इन्भेन्ट्री फाराम (S-18) प्राप्त गर्नेछन्‌। कृपया सेप्टेम्बर ६ अघि नै सोसाइटीलाई त्यसको सकल प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। संयोजक मण्डलीको सचिवले इन्भेन्ट्रीमा भर्ने कार्यको सुपरिवेक्षण गर्नुपर्छ। संयोजक मण्डलीको सचिव र मण्डलीको अध्यक्ष दुवैले फाराममा हस्ताक्षर गर्नेछन्‌।

▪ कहिलेकाहीं मण्डली तथा प्रकाशकहरूले यहोवाको उपासना गर्ने सम्बन्धमा कानूनी चुनौतीहरू सामना गर्छन्‌। यी मामिलाहरूमा मदतको लागि सन्‌ १९५० मा डिभेन्डिङ एण्ड लिगल्ली इस्टेबलाइजिङ द गुड न्युज भन्‍ने पर्चा प्रकाशित गरिएको थियो। यो पर्चा विगतमा प्रयोग गरिएको भए तापनि यसमा नवीनतम कानूनी जानकारी भने छैन। तसर्थ, व्यक्‍तिविशेष प्रकाशकहरूलगायत प्राचीनहरूको निकायले यस पर्चामा दिइएको जानकारीको आधारमा कानूनी मामिलाहरू सुल्झाउने कोसिस गर्नुहुँदैन।

▪ प्रत्येक महिना चिठी तथा पोस्ट कार्ड दुवैमा अपर्याप्त टिकट टाँसेर पठाएको कारण शाखा कार्यालयले ठूलो रकम तिर्नु परिरहेको छ। त्यसैले, शाखा कार्यालयलाई चिठी पठाउनुहुँदा कृपया सही हुलाक टिकट प्रयोग गर्नु भएको छ वा छैन पक्का गर्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने