प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर पृ. ७

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स? युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सकिन्छ। मण्डलीसित यी प्रकाशनहरू उपलब्ध छैनन्‌ भने, नजिकैका मण्डलीहरूसित छन्‌ कि कृपया सोधखोज गर्नुहोस्‌। जनवरी: मण्डलीको स्टकमा भएका कुनै पनि १९२ पृष्ठे पुस्तक। यदि तपाईंको स्टकमा यी कुनै पनि छैनन्‌ भने, कृपया नजिकका मण्डलीहरूसित बाँकी पुराना प्रकाशनहरू छन्‌ कि सोधखोज गर्नुहोस्‌। पुराना पुस्तकहरू नभएका मण्डलीहरूले म्यानकाइन्ड सर्च फर गड प्रस्तुत गर्न सक्छन्‌। फेब्रुअरी: तल दिइएकामध्ये कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनीटी?, “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्‍त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस्‌ अफ द डेथ—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?

◼ आफ्नो भाषामा बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन भन्‍ने नयाँ पुस्तक नभएका मण्डलीहरूले सन्‌ २००३ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तालिकाको योजना तथा सन्दर्भ-सामग्रीअनुरूप नै गर्नुपर्छ। वक्‍तृत्व कलाअन्तर्गत दिइने पाँच मिनेटको भागको लागि, उपलब्ध छ भने उनीहरूले आफ्नै भाषाको हाउ टु इमप्रुभ योर स्पीकिङ एण्ड टिचिङ अबिलिटी-बाट मिल्दोजुल्दो विषयवस्तु प्रयोग गर्न सक्छन्‌।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले डिसेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्‌नुअघि यसबारे घोषणा गर्नुहोस्‌।

◼ मण्डलीहरूले आफ्नो मुख्य भाषामा साहित्यहरू मगाउँदा त्यसको संख्या लिट्रेचर रिक्वेस्ट फाराम-मा (S-14) “Primary Lang.” को लागि दिइएको ठाउँमा लेख्नुपर्छ अनि अंग्रेजी भाषामा कति चाहिन्छ, त्यसको संख्याचाहिं अंग्रेजीको लागि भनेर दिइएको ठाउँमा लेख्नुपर्छ। अन्य कुनै पनि भाषामा प्रकाशनहरू मगाउँदा फारामको पृष्ठ ३ मा सूचीबद्ध गर्नुपर्छ। मण्डलीले आफ्नो प्रायजसो सभाहरू जुन भाषामा सञ्चालन गर्छ त्यही भाषा मण्डलीको मुख्य भाषा हो भनेर कृपया नबिर्सनुहोस्‌ र यो मण्डलीको प्रमुख भाषा हो। मन्थ्ली सिपिङ अक्नलेजमेन्टमा मुख्य भाषा, मण्डलीको संख्या नजिकै देखाइएको हुन्छ।

◼ क्षेत्रीय सम्मेलन, विशेष सम्मेलन, जिल्ला अधिवेशनहरूमा अनुदानस्वरूप चेक दिंदा, शाखा कार्यालयलाई पठाइने चेक अनि विश्‍वव्यापी कार्यको लागि र राज्यभवन कोषको लागि भनेर स्थानीय राज्यभवनमा राखिएका अनुदान बाकसहरूमा खसालिएका चेकहरू “द वाच टावर सोसाइटी”-को नाउँमा हुनुपर्छ। आर्थिक कुराहरूसम्बन्धी रजिस्टर चिठी पठाउने शाखा कार्यालयको ठेगाना हो, The Watch Tower Bible and Tract Society of India, c/o Post Master, Yelahanka P O, Bangalore 560 064 KAR.

◼ फेब्रुअरी महिनाको दौडान हुने सेवा सभामा फेथफुल अन्डर ट्रायल्स्‌—जेहोभाज्‌ विट्‌नेसेज इन द सोभियत युनियन भन्‍ने भिडियोबारे छलफल गरिनेछ। आफ्नो पुस्तकालयको लागि यसको एक प्रति चाहने मण्डलीहरूले यथाशीघ्र लिट्रेचर रिक्वेस्ट फाराम (S-14) प्रयोग गरेर मगाइहाल्नुपर्छ।

◼ वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स २००१ अंग्रेजी भाषामा हामीसित केही प्रति मात्र उपलब्ध छन्‌। हरेक मण्डलीले आ-आफ्नो मण्डलीको पुस्तकालयको लागि एक प्रति मात्र मगाउन सक्छन्‌ र यसको लागि लिट्रेचर रिक्वेस्ट फाराम-मा “Cong. Use” अन्तर्गतको स्तम्भमा छर्लंग बुझ्ने गरी चिह्न लगाउनुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स २००१ —अंग्रेजी

सिङ प्रेजेज टु जोहोभा (सानो साइज) —अंग्रेजी

आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड दुई—पंजाबी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने