प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • हामीलाई मण्डली चाहिन्छ
    हाम्रो राज्य सेवकाई—१९९५
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के तपाईं बसाइँ सर्नुहुँदैछ?
    हाम्रो राज्य सेवकाई—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर पृ. ७

प्रश्‍न पेटी

◼ हामी बस्ने इलाकाको मण्डलीमा उपस्थित हुनुका फाइदाहरू के-के हुन्‌?

मण्डलीले गरेको प्रबन्धमार्फत हामी ‘प्रेम र सुकर्ममा उत्तेजित’ हुने प्रोत्साहन पाउँछौं। (हिब्रू १०:२४, २५) मण्डलीमार्फत हामी सच्चाइ सिक्नुका साथै चेला बनाउने आफ्नो जिम्मेवारी पूरा गर्न सुसज्जित हुन्छौं। (मत्ती २८:१९, २०) विश्‍वासी भई परीक्षाहरू सहन पनि हामी बल पाउँछौं र हामीलाई अचाक्ली दबाब तथा फिक्रीहरूको सामना गर्न मदत गर्ने मायालु निरीक्षकहरू पनि छन्‌। स्पष्टतया, आध्यात्मिक तवरमा जीवित रहिरहन मण्डली अत्यन्तै आवश्‍यक छ। तथापि, आफू बस्ने इलाकाको मण्डलीमा उपस्थित हुँदा के फाइदा हुन्छ?

व्यक्‍तिविशेषको परिस्थिति फरक-फरक हुन्छ र जागिर, बेग्लै विश्‍वास भएका पति वा पत्नी अनि यातायातजस्ता कारणहरूले मण्डली छनौट गर्ने सन्दर्भमा फरक पारिरहेको हुन्छ। तथापि, आफू बस्ने इलाकाको मण्डलीमा संगति गर्दा आध्यात्मिक तथा अन्य ठोस फाइदाहरू हुन्छन्‌। आपत्‌कालीन अवस्थामा प्राचीनहरूले तुरुन्तै सबै प्रकाशकहरूसँग सम्पर्क राख्न सक्छन्‌। पहिला-पहिलाका प्रश्‍न पेटीहरूले अन्य थुप्रै फाइदाहरू प्रकाश पारेका छन्‌।—जून १९९१, अप्रिल १९७६ र मार्च १९६७.

सामान्यतया, नजिकको मण्डलीका सभाहरूमा उपस्थित हुनु धेरै सजिलो हुन्छ किनभने सभा स्थल नजिकै छ भने छिट्टै आएर अरूसित कुराकानी गर्न, आवश्‍यक कामकुरा गर्न र सुरुको गीत तथा प्रार्थनामा भाग लिन सकिन्छ। हाम्रो छिमेकमा नयाँ इच्छुक व्यक्‍तिहरू छन्‌ भने, साधारणतया हामी उनीहरूसित सजिलै सम्पर्क राख्न सक्छौं, उनीहरूसित बाइबल अध्ययन सञ्चालन गर्नुका साथै उनीहरूलाई पायक पर्ने सभाहरूबारे थाह दिन सक्छौं।

के गर्दा आफ्नो परिवारको आध्यात्मिक तथा शारीरिक हित हुन्छ, त्यसमा विथोलित सबै कुराहरूलाई राम्ररी विचार गरेर परिवारका शिरहरूले यस विषयमा प्रार्थनापूर्वक विचार गर्नेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।—१ तिमो. ५:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने