प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 डिसेम्बर पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 डिसेम्बर पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा सेप्टेम्बर २ देखि डिसेम्बर २३, २००२ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुन सक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. यहोवासँग घनिष्ठ सम्बन्ध गाँस्न उहाँका अद्‌भुत गुणहरूमाथि मनन गर्नु अत्यावश्‍यक छ। (भज. १४३:५) [w-NP०० १०/१५ पृ. ४ अनु. ६]

२. इजकिएल ३७:१५-२४ मा बताइएको दुईवटा लौरो जोड्‌नुको आधुनिक समानान्तरमा सन्‌ १९१९ मा विश्‍वासी अभिषिक्‍त जनहरू “एउटै राजा” र “एउटै गोठाला” ख्रीष्टको अधीनतामा एकताबद्ध भए। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. २५ अनु. १३ हेर्नुहोस्‌।]

३. आखिरी दिनसम्बन्धी भविष्यवाणीहरूका केही भागहरूले इतिहासको अरू नै समयावधिलाई संकेत गरेको जस्तै लाग्न सक्छ। [kl-NP पृ. १०६ अनु. १६]

४. भरपर्दो स्रोत वा विद्वान्‌ भनेर कहलिएका व्यक्‍तिहरूबाट सुनेका कुराहरूलाई झूटा भनेर तिरस्कार गर्न मिल्ने कुनै ठोस आधार नहुन सक्छ। [w-NP०० १२/१ पृ. २९ अनु. ७-८]

५. ईश्‍वर भक्‍तिसाथ जीवन बिताउँदा हामीसित सबैले राम्रो व्यवहार गर्नेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी छ। [kl-NP पृ. ११८ अनु. २]

६. मण्डलीका प्राचीनहरू परमेश्‍वरका सेवक तथा दासहरू हुन्‌। हाम्रा मालिक येशू ख्रीष्टले जस्तै उनीहरूले पनि आफ्ना सँगी उपासकहरूको सेवा गर्छन्‌। (यूह. १०:१४, १५) [kl-NP पृ. १३७ अनु. २०]

७. ओबदिया १६ ले, यहूदालाई घृणा गरेको कारण एदोमीहरूको विनाश हुने कुराबारे भविष्यवाणी गर्छ। (ओब. १२) [साप्ताहिक बाइबल पढाइ; w८९ ४/१५ पृ. ३० पेटी हेर्नुहोस्‌।]

८. सपन्याह ३:९ मा बताइएको “शुद्ध भाषा[मा]” परमेश्‍वर र उहाँका उद्देश्‍यहरूसित सम्बन्धित सत्य कुरा बुझ्नु समावेश छ। [साप्ताहिक बाइबल पढाइ; w-NP०१ २/१५ पृ. २७ अनु. १८ हेर्नुहोस्‌।]

९. तुच्छ अपराधीको रूपमा मर्नुपर्दा त्यसले यहोवा र उहाँको पवित्र नाउँमा कस्तो प्रभाव पार्ला भनेर चिन्तित हुनुभएको कारण येशूले गेतसमनीको बगैंचामा तीव्र भावनात्मक दबाब महसुस गर्नुभयो। (मत्ती २६:३८; लूका २२:४४) [w-NP०० ११/१५ पृ. २३ अनु. १]

१०. जकरिया ९:६, ७ मा दिइएको “पलिश्‍ती” ‘यहूदामा एउटा कुलपति जस्तै’ हुने विवरणले “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रशिक्षित र आवश्‍यकताअनुसार अख्तियार पाएका अरू भेडाका सदस्यहरूबारे भविष्यसूचक ढंगमा वर्णन गर्छ। (मत्ती २४:४५) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ७/१ पृ. २३ अनु. १४ हेर्नुहोस्‌।]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. प्रचार गर्ने हाम्रो जिम्मेवारीलाई कसरी पहरेदारको रूपमा इजकिएलको जिम्मेवारीसँग तुलना गर्न सकिन्छ? (इज. ३३:१-११) [साप्ताहिक बाइबल पढाइ; w८८ १/१ पृ. २८ अनु. १३ हेर्नुहोस्‌।]

१२. इजकिएलले दर्शनमा देखेका सुकेका हाडहरूको कस्तो आधुनिक समानान्तर देखियो? (इज. ३७:५-१०) [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. २४ अनु. १२ हेर्नुहोस्‌।]

१३. हाम्रोलागि परमेश्‍वरको इच्छा के हो भनी सारांशमा कसरी बताउन सकिन्छ? [kl-NP पृ. १७० अनु. ३]

१४. इजकिएलको दर्शनको शहरले केको प्रतिनिधित्व गर्छ? (इज. ४८:१५-१७) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ३/१ पृ. १८ अनु. २२ हेर्नुहोस्‌।]

१५. यूहन्‍ना ११:९, १० मा “दिन[को]” उज्यालो समय र “रात” भन्दा येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? [gt-NP अध्याय ८९]

१६. तीस दिनसम्म राजाबाहेक अरू कुनै पनि देवता वा मानिसलाई प्रार्थना नगर्नू भन्‍ने राजाको उर्दीप्रति दानियलले देखाएको प्रतिक्रियाबाट कस्तो पाठ सिक्न सकिन्छ? (दानि. ६:७-१०) [साप्ताहिक बाइबल पढाइ; dp-NP पृ. १२५ अनु. २५-८ हेर्नुहोस्‌।]

१७. यहोवाको कुन सन्देश घोषणा गर्दा शेष जनहरू जाति-जातिहरूका बीचमा सिंह जस्ता भएका छन्‌? (मीका ५:८) [साप्ताहिक बाइबल पढाइ; w८१ ७/१५ पृ. २३ अनु. १० हेर्नुहोस्‌।]

१८. हबकूक ३:१४ मा दिइएको “तिनीहरूका दलको नेतालाई तपाईंले आफ्नै भालाले छेंड़नुभयो” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? [साप्ताहिक बाइबल पढाइ; w-NP०० २/१ पृ. २२ अनु. १५; w८१ ८/१ पृ. २९ अनु. ६-७ हेर्नुहोस्‌।]

१९. सपन्याह २:३ मा “सायद” भन्‍ने शब्दले के बुझाउँछ? [साप्ताहिक बाइबल पढाइ; w-NP०१ २/१५ पृ. १९ अनु. ८ हेर्नुहोस्‌।]

२०. जकरिया ८:६ अनुसार, सन्‌ १९१९ देखि यताका वर्षहरूमा कसरी यहोवाले मानव दृष्टिकोणबाट हेर्दा एकदमै कठिनजस्तो देखिने काम पूरा गर्नुभएको छ? [साप्ताहिक बाइबल पढाइ; w-NP९६ १/१ पृ. १६ अनु. १८-१९ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. हामी यहोवासित _________________________ -मार्फत कुरा गर्छौं र परमेश्‍वरलाई गरिने यो सम्बोधन उपासनासहितको सम्बोधन हो; तर उहाँले भने हामीसँग मुख्यतया आफ्नो _________________________ -मार्फत कुरा गर्नुहुन्छ। (भज. ६५:२; २ तिमो. ३:१६) [w-NP०० १०/१५ पृ. ५ अनु. २-३]

२२. येशूको उदाहरणको उडन्ता पुत्रले परमेश्‍वरका ती जनहरूलाई प्रतिनिधित्व गर्दछ जो सांसारिक ________________________ -को आनन्द उपभोग गर्न बाहिर जान्छन्‌, तर यिनीहरू समयमा _________________________ गर्दै फर्किन्छन्‌ र फेरि परमेश्‍वरका _________________________ सेवकहरू हुन्छन्‌। [gt-NP अध्याय ८६]

२३. “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्‍ने वचन” _________________________ मा निस्किएपछि ६९ हप्ता सुरु भयो र यो मसीह देखा पर्नुभएपछि _________________________ -मा सिद्धियो। (दानि. ९:२५) [साप्ताहिक बाइबल पढाइ; dp-NP पृ. १९० अनु. २०-पृ. १९१ अनु. २२ हेर्नुहोस्‌।]

२४. यहोवाको कुनै पनि उपासकले बेग्लाबेग्लै _________________________ -सित मिलेर विभिन्‍न प्रकारको _________________________ -मा भाग लिने गर्दैन नता उसले महान्‌ बेबिलोनको कुनै पनि भागसित आध्यात्मिक सम्बन्ध नै राख्छ। (गन्ती २५:१-९; २ कोरि. ६:१४) [kl-NP पृ. १२५ अनु. १५]

२५. परमेश्‍वरसित _________________________ -मा प्रार्थना गर्नाले उहाँसित हाम्रो _________________________ अझ बलियो हुन्छ। यहोवासित दिनहुँ प्रार्थना गर्दा हामी झन्‌-झन्‌ उहाँको _________________________ हुन्छौं। [kl-NP पृ. १५३-४ अनु. १०]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. येशू ख्रीष्टले राज्यद्वारा पृथ्वीभरि यहोवाको नाउँमा (शान्ति; सिद्धता; शासन) पुनर्स्थापित गर्नुहुनेछ र सदाका लागि परमेश्‍वरको आधिकारिक सार्वभौमिकतालाई (पवित्र; उच्च; प्रमाणसिद्ध) पार्नुहुनेछ। [kl-NP पृ. ९१ अनु. ५]

२७. बाइबलमा एउटा “महासङ्‌कष्ट[बारे]” भविष्यवाणी गरिएको छ। यस संसारको (व्यापारिक संगठन; राजनैतिक तत्त्व; सामाजिक संरचना)-ले “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यमाथि आक्रमण गरेपछि उक्‍त महासङ्‌कष्ट सुरु हुनेछ। [kl-NP पृ. १०६ अनु. १५]

२८. सिकारीले जनावरहरूलाई जालमा फसाउन विभिन्‍न प्रकारको खानेकुरा प्रदर्शित गरेझैं (दुष्टात्माहरू; भ्रष्ट मानिसजाति; आत्मिक माध्यमहरू)-ले पनि मानिसहरूलाई आफ्नो वशमा पार्न प्रेतवादको विभिन्‍न रूपलाई बढवा दिन्छन्‌। (भजन ११९:११० तुलना गर्नुहोस्‌।) [kl-NP पृ. १११ अनु. ६]

२९. योएल १:४-६ मा उल्लिखित सलहहरूको प्रतीकात्मक जातिले (इस्राएल राष्ट्र; अभिषिक्‍त मसीहीहरू; रोमी सेना)-लाई चित्रण गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ५/१ पृ. ९ अनु. ९ हेर्नुहोस्‌।]

३०. मर्कूस १०:२९, ३० मा येशूले उहाँका चेलाहरू संसारमा जहाँ गए तापनि, तिनीहरूले आफ्ना निजी परिवारका सदस्यहरूसँग भन्दा बढी अनमोल र नजिकको सम्बन्ध, (अपरिचित व्यक्‍ति; शत्रु; आफ्ना सँगी मसीही)-हरूसित अनुभव गर्छन्‌ भनी प्रतिज्ञा गर्नुहुन्छ। [gt-NP अध्याय ९६]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

फिलि. ४:१३; योए. २:३२; प्रेरि. ५:३२; याकू. ४:१७; रोमी १२:२

३१. हामीले आफ्नो सोचाइलाई समाज वा सांसारिक स्तरहरूअनुरूप हुनदिनु हुँदैन। [w-NP०० ११/१ पृ. २१ अनु. ५]

३२. यहोवा परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ। उहाँले हामीलाई आफ्नो खराब बानी त्यागेर उहाँको इच्छा पूरा गर्ने, उहाँलाई प्रसन्‍न तुल्याउने शक्‍ति दिन सक्नुहुन्छ। [kl-NP पृ. ११९ अनु. ४]

३३. उद्धारको लागि ईश्‍वरीय नाउँ धारण गर्ने व्यक्‍तिलाई चिन्‍नु, तिनलाई आदर गर्नु र तिनमा भर पर्नु अत्यावश्‍यक छ। [साप्ताहिक बाइबल पढाइ; w८९ ३/१५ पृ. ३० पेटी हेर्नुहोस्‌।]

३४. पवित्र आत्माको निम्ति प्रार्थना गर्ने र परमेश्‍वरको विश्‍वासी सेवक भएर उहाँको आज्ञा पालन गर्ने सबैलाई यहोवाले आफ्नो पवित्र आत्मा दिनुहुन्छ। [kl-NP पृ. १७९ अनु. १९]

३५. परमेश्‍वरको ज्ञान लिएपछि यहोवाको सामु जिम्मेवारी पनि उठाउनुपर्छ। [kl-NP पृ. १८२ अनु. ४]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने