प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 डिसेम्बर पृ. ७

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- डिसेम्बर र जनवरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स? युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्‍ने पुस्तक चलाउन सकिन्छ। मण्डलीसित यी प्रकाशनहरू उपलब्ध छैनन्‌ भने, नजिकैका मण्डलीहरूसित छन्‌ कि कृपया सोधखोज गर्नुहोस्‌। फेब्रुअरी: तल दिइएकामध्ये कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्‌योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनीटी?, “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्‍त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्‌स अफ द डेड—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयत्न गरिनेछ।

◼ कृपया याद गर्नुहोस्‌, सन्‌ २००४ को स्मरणार्थ उत्सव आइतबार, अप्रिल ४ का दिन सूर्यास्तपश्‍चात्‌ मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन्‌ भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून्‌ भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्‍न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्‍याओस्‌ भन्‍ने हेतुले प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएको कारण प्राचीनहरूको निकायले स्मरणार्थको वक्‍ताको रूपमा भाइहरूलाई पालैपालो छान्‍नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्‍नुपर्छ। भाषण दिन सक्ने अभिषिक्‍त योग्य भाइ छन्‌ भने तिनलाई नै छान्‍नुपर्छ।

◼ परिभ्रमण निरीक्षकको भ्रमणको दौडान ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन हुने तरिकामा छाँटकाँट गरिएको छ। जनवरी २००३ देखि सुरुको गीत तथा प्रार्थनापछि लगभग २५ मिनेटको लागि स्कूलको कार्यक्रम हुनेछ। वक्‍तृत्व कलासम्बन्धी पाँच मिनेट लामो भाषण हुनेछ, दस मिनेट निर्देशन भाषण र दस मिनेट बाइबलका विशेषताहरू प्रस्तुत गरिनेछ। असाइनमेन्ट न. २, ३ र ४ दिइनेछैन। स्कूलपछि आधा घण्टाको सेवा सभा हुनेछ। गीतपछि आधा घण्टा परिभ्रमण निरीक्षकको कार्यक्रम र समापन गीत तथा प्रार्थना हुनेछ।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

पारिवारिक आनन्दको रहस्य —नेपाली

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? —गुजराती

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६)—गुजराती, तामिल

डज फेट रुल आवर लाइभस्‌?—अर डज गड होल्ड अस रेसपन्सिबल? (पर्चा न. ७१)—हिन्दी, उर्दू

द ग्रेटेस्ट नेम (पर्चा न. ७२) —हिन्दी

हु आर जेहोभाज्‌ विट्‌नेसेज? (पर्चा न. ७३)—हिन्दी

हेलफायर—इज इट पार्ट अफ डिभाइन जस्टिस? (पर्चा न. ७४) —हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने