प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 डिसेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • डिसेम्बर ९ मा सुरु हुने हप्ता
  • डिसेम्बर १६ मा सुरु हुने हप्ता
  • डिसेम्बर २३ मा सुरु हुने हप्ता
  • डिसेम्बर ३० मा सुरु हने हप्ता
  • जनवरी ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००२
km02 डिसेम्बर पृ. २

सेवा सभाको तालिका

डिसेम्बर ९ मा सुरु हुने हप्ता

गीत १९३

१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै डिसेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र प्रहरीधरहरा र डिसेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: “राज्य सन्देश घोषणा गर्नुहोस्‌।” a अनुच्छेद ३ छलफल गर्दा, सुसमाचार सुनाउँदा कसरी बाइबलबाटै पढेर सुनाउने भन्‍ने सुझावहरू समावेश गर्नुहोस्‌।—km-NP१२/०१ पृ. १, अनु. ३.

१८ मि: हरेक असल कार्यमा फल फलाउनुहोस्‌। श्रोताहरूसित छलफल गर्दै भाषण दिनुहोस्‌। यसलाई प्राचीनले सञ्चालन गर्नेछन्‌। मण्डली स्थापना गर्न गरिएका प्रयासहरूलगायत स्थानीय मण्डलीको इतिहास र प्रगतिबारे पुनरावृत्ति गर्नुहोस्‌। त्यतिबेला उपस्थित कसै-कसैलाई प्रोत्साहनदायी अनुभवहरू बताउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्‌। थप वृद्धिको कस्तो सम्भावना छ, छलफल गर्नहोस्‌ र सबैलाई मण्डलीका गतिविधिहरूमा जोसिलो भई सहयोग गर्न प्रोत्साहन दिनुहोस्‌।

गीत ११९ र समापन प्रार्थना।

डिसेम्बर १६ मा सुरु हुने हप्ता

गीत २९

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। डिसेम्बर २५ र जनवरी १ को लागि मिलाइएका विशेष क्षेत्र सेवा प्रबन्धहरूबारे घोषणा गर्नुहोस्‌।

१५ मि: ज्ञानी अगुवाहरूले बुझ्नेछन्‌। (दानि. १२:३, १०) प्रदर्शन। जिज्ञासु व्यक्‍तिले सोध्छन्‌: “तपाईंसित बाइबल शिक्षाको सही समझ छ भनेर म कसरी पक्का हुन सक्छु?” प्रकाशकले बाइबलसम्बन्धी विषयमा कसरी शीर्षकअनुसार अनुसन्धान गर्न सकिन्छ भनी बताउँछन्‌। (w-NP ९६ ५/१५ पृ. १९-२०) रीजनिङ पुस्तक, पृष्ठ ११२-१७ मा दिइएका एक वा दुईवटा उदाहरण चलाउँदै तिनले शास्त्रपदहरू होसियारीसाथ केलाएर हामीले कसरी पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे समझ प्राप्त गरेका छौं भनी देखाउँछन्‌। बाइबलका अन्य शिक्षाहरू सही ढंगमा बुझ्न अनि बाइबल अध्ययनको प्रस्ताव राख्न कसरी यही तरिका उपनाउन सकिन्छ भनी प्रकाशकले बताउँछन्‌।

२० मि: “विश्‍वासी वृद्ध जनहरूलाई नबिर्सनुहोस्‌।”b अगस्त १, १९९४, प्रहरीधरहरा, पृष्ठ २९ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। अशक्‍तहरूको लागि १५/१५ मिनेटको हिसाबले रिपोर्ट दिन सकिने प्रबन्धबारे बताउनुहोस्‌। यस्ता विश्‍वासी वृद्ध जनहरूसित सरसंगत गर्दा कसरी दुवैले आशिष्‌ पाउन सक्छन्‌ भन्‍ने कुरा देखाउँदै एक दुई जनालाई अनुभव बताउन लगाउनुहोस्‌।

गीत १५४ र समापन प्रार्थना।

डिसेम्बर २३ मा सुरु हुने हप्ता

गीत १४८

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै डिसेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र जनवरी १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी प्रदर्शन गरेर देखाउनुहोस्‌। जनवरी ६ को हप्तामा हुने सेवा सभामा गरिने छलफलको लागि तयारी गर्न सबैलाई नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडियो हेर्न प्रोत्साहन दिनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: “के तपाईंले सही रिपोर्ट दिने प्रयास गरिरहनुभएको छ?”c अनुच्छेद २ छलफल गर्दा आवर मिनिस्ट्री पुस्तक, पृष्ठ १०६-८ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १६५ र समापन प्रार्थना।

डिसेम्बर ३० मा सुरु हने हप्ता

गीत १५२

८ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई डिसेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्‌। यदि तपाईंको मण्डलीले नयाँ वर्षदेखि सभाको समय परिवर्तन गर्दैछ भने, सबैलाई नयाँ समयमा हुने सभाहरूमा नियमित तवरमा उपस्थित हुन आग्रह गर्नुहोस्‌। मण्डलीको स्टकमा भएका पुस्तकहरूबारे प्रकाश पार्दै जनवरी महिनामा कुन-कुन साहित्य प्रस्तुत गर्न सकिन्छ बताउनुहोस्‌।

१२ मि: किन विश्‍वासको कमी? श्रोताहरूसित छलफल। हामी अक्सर विश्‍वासको कमी भएका मानिसहरूलाई भेट्‌छौं। (२ थिस्स. ३:२) उनीहरूलाई यहोवाबारे सत्य कुरा सुनाउन सर्वप्रथम हामीले परमेश्‍वरबारे उनीहरूको सोचाइलाई कुन कुराले प्रभाव पारेको छ, त्यो कुरा थाह पाउनुपर्छ। मानिसहरूलाई विश्‍वास गर्न अवरोध खडा गर्ने रीजनिङ पुस्तक, पृष्ठ १२९-३० मा बताइएका चारवटा कारणलाई विचार गर्नुहोस्‌। हरेक बुँदाको कसरी जवाफ दिए बेस होला, त्यसबारे सुझावको लागि श्रोताहरूसित सोध्नुहोस्‌। प्रभावकारी प्रस्तुतिको कुनै एउटा अनुभव बताउनुहोस्‌ वा अगस्त २२, १९९३, को अवेक!, पृष्ठ १४-१५ मा दिइएको अनुभव सुनाउनुहोस्‌।

२५ मि: “स्थानीय प्रचलनहरू तथा साँचो उपासना”d यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। दुईवटा छोटो प्रदर्शन समावेश गर्नुहोस्‌। एउटा प्रदर्शनमा एक जना बहिनीलाई अर्कै धर्म मान्‍ने आफ्नो पतिलाई उचित मौकाको सदुपयोग गर्दै न्वारान वा अन्‍नप्राशन-जस्ता पारिवारिक जमघटहरूप्रतिको आफ्नो अडानबारे कौशलतासाथ बताउन लगाउनुहोस्‌। अर्को प्रदर्शनमा चाहिं सेवकाई सेवकलाई तिनी किन कुनै-कुनै अन्त्येष्टि प्रचलन वा श्राद्ध-सित सम्बन्धित धार्मिक अनुष्ठानमा भाग लिन सक्दैनन्‌ भनी आफ्ना बेग्लै धर्म मान्‍ने आमाबाबुहरूलाई कसरी बताउँछन्‌, अभियन गरेर देखाउन लगाउनुहोस्‌।

गीत २०३ र समापन प्रार्थना।

जनवरी ६ मा सुरु हुने हप्ता

गीत ६७

१३ मि: स्थानीय घोषणाहरू। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष भन्‍ने पुस्तक कसरी प्रस्तुत गर्न सकिन्छ, सो देखाउनको लागि राम्ररी पूर्वाभ्यास गरिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। आफ्नो परिचय दिइसकेपछि प्रकाशकले यसो भन्‍न सक्छन्‌, “कसैले येशूबारे कुरा गऱ्‍यो भने, धेरैजसो मानिसहरूले उहाँलाई कि त एक जना शिशु वा मर्नुअघि पीडाले छट्‌पटाइरहेको व्यक्‍तिको रूपमा सोच्ने गर्छन्‌। येशूबारे उनीहरूको धारणा उहाँको जन्म र मृत्युमा मात्रै सीमित छ। आफ्नो जीवनकालमा उहाँले भन्‍नुभएका र गर्नुभएका आश्‍चर्यलाग्दा कुराहरूलाई अक्सर बेवास्ता गरिन्छन्‌। उहाँले गर्नुभएका कामले यस पृथ्वीमा बाँचेकाहरूमध्ये सबैलाई असर गर्छ। त्यसैकारण, उहाँले हाम्रो खातिर गर्नुभएका अद्‌भुत कुराहरूबारे धेरैभन्दा धेरै सिक्नु नितान्त जरुरी छ।” यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌। महान पुरुष-को परिचयको पहिलो पृष्ठ पल्टाउनुहोस्‌ र चौथो अनुच्छेद पढ्‌नुहोस्‌। साँचो चासो देखाएको खण्डमा प्रकाशकले यसो भन्‍न सक्छन्‌, “म तपाईंलाई यो व्यक्‍तिगत प्रति दिन चाहन्छु र मलाई आशा छ यो पढेर तपाईंले आनन्द उठाउनुहुनेछ। तपाईंलाई पढ्‌न मन लाग्छ भने, तपाईं यो राख्न सक्नुहुन्छ।” घर-घरको प्रचार कार्यमा र अनौपचारिक साक्षी दिंदा मानिसहरूले चासो देखाएको खण्डमा महान पुरुष चलाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: रगतसम्बन्धी परमेश्‍वरको व्यवस्था पालन गर्न मदत। शाखा कार्यालयबाट प्राप्त रूपरेखाको आधारमा योग्य प्राचीनद्वारा भाषण। सचिवसित वितरण गर्नका लागि निम्न कुराहरू पर्याप्त मात्रामा हुनुपर्छ: एड्‌भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड, आइडेन्टिटी कार्ड। सभापछि बप्तिस्मा प्राप्त साक्षीहरूलाई यो कार्ड उपलब्ध गराइनेछ तर यो तिनीहरूले आजै भरिहाल्नु हुँदैन। साक्षीहरूको हस्ताक्षर तथा कार्डमा मिति लेख्ने काम अर्को पटकको मण्डली पुस्तक अध्ययनपछि गरिने छ र कुनै पनि प्रकारको मदत चाहिएको खण्डमा मण्डली पुस्तक अध्ययन निरीक्षकबाट लिनुपर्छ। [आमाबाबुहरूलाई आफ्ना छोराछोरीहरूको लागि पनि परिचय पत्र उपलब्ध गराउनुपर्छ।] हस्ताक्षर गरेको साक्षी बस्नेहरू सबैले प्रत्यक्ष देखेकै हुनुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा चलाइएको भाषा प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्‍वासको आधारमा आफैले व्यक्‍तिगत निर्देशन पुर्जी बनाउन सक्नेछन्‌ साथै आफ्नो बच्चाको लागि पनि बनाइदिन सक्छन्‌।

१७ मि: “तपाईंले नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडियो हेर्नै पर्छ।” यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। पृष्ठ ७ मा दिइएका प्रश्‍नहरू चलाउँदै नो ब्लड भन्‍ने भिडियोको छलफल सुरु गरिहाल्नुहोस्‌। त्यसपछि, पेटीमा दिइएको अन्तिम अनुच्छेद पढ्‌नुहोस्‌।

गीत ७९ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने