सेवा सभाको तालिका
अप्रिल १४ मा सुरु हुने हप्ता
गीत २०
१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै अप्रिल ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अप्रिल १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।
१० मि: प्रश्न पेटी। प्राचीनद्वारा भाषण।
२० मि: ‘ज्योतिहरूझैं चम्किने।’a भाषणको अन्तमा, जून १, १९९७ को प्रहरीधरहरा, पृष्ठ १४-१५, अनुच्छेद ८-१३ मा आधारित विषयवस्तुबारे पाँच मिनेट बताएर आफ्नो भाग टुंग्याउनुहोस्। हामीले अरूबाट राज्य सन्देश नलुकाउनुको कारणबारे जोड दिनुहोस्।
गीत १३४ र समापन प्रार्थना।
अप्रिल २१ मा सुरु हुने हप्ता
गीत २५
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “के तपाईं आफ्नो घरमा ठाउँ दिन सक्नुहुन्छ?” पुस्तक अध्ययन निरीक्षकद्वारा भाषण। मे २००१ र मार्च १९९० को हाम्रो राज्य सेवकाई-मा भएको प्रश्न पेटीका टिप्पणीहरू समावेश गर्नुहोस्। मण्डलीमा कतिवटा पुस्तक अध्ययन समूहहरू छन् र ती समूहहरूको औसत उपस्थिति कति छ, उल्लेख गर्नुहोस्। आफ्नो घरमा पुस्तक अध्ययन सञ्चालन गर्दा कसरी आफू तथा आफ्ना परिवारले लाभ उठाएका छन्, एक दुई जना प्रकाशकलाई बताउन लगाउनुहोस्। पुस्तक अध्ययनको लागि आफ्नो घर उपलब्ध गराउन चाहने व्यक्तिहरूले यसबारे मण्डलीका अध्यक्षलाई जानकारी दिनुपर्छ।
२० मि: ‘ग्रहण गर्नुहोस्’b राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन अविवाहित अवस्थाको लाभ उठाइरहेका एक दुई जनाको अन्तरवार्ता समावेश गर्नुहोस्। आफ्नो सेवामा सन्तुष्टि प्राप्त गर्न उनीहरूलाई कुन कुराले मदत गर्छ, त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्।
गीत ३५ र समापन प्रार्थना।
अप्रिल २८ मा सुरु हुने हप्ता
गीत ५१
१० मि: स्थानीय घोषणाहरू। अप्रिल महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाउँदै अप्रिल ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र मे १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्।
१५ मि: वर्सिप गड पुस्तक पुनरावलोकन गर्नुहोस्। भाषण तथा श्रोताहरूसित छलफल। दोस्रो अध्ययन पुस्तकको रूपमा यो नयाँ पुस्तक प्रबन्ध गरिएको छ भनी बताउनुहोस्। (हाम्रो राज्य सेवकाई ६/०० पृ. ४ अनुच्छेद ५-६) आफूलाई एकदमै रोचक लागेका यस प्रकाशनका विशेषताहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। पुस्तकका कुनै-कुनै भागहरूमा दिइएका प्रश्न तथा शास्त्रपदहरूले विद्यार्थीलाई परमेश्वरको वचनमा गहिरिएर सोच्न लगाउनेछ भनेर प्रकाश पार्नुहोस्। पृष्ठ ४७-९, अनुच्छेद १३ मा दिइएको उदाहरण बताउनुहोस्।
२० मि: “पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्याउँछ।”* दिइएका प्रश्नहरू चलाउँदै यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। छलफल गरिएका बुँदाहरूलाई समर्थन गर्ने क्षेत्र सेवाका संक्षिप्त अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। अनुच्छेद ५ छलफल गर्दा स्थानीय इलाकामा बाइबल अध्ययन सुरु भएको अनुभवलाई पुनः अभिनय गरेर देखाउनुहोस्।
गीत ८९ र समापन प्रार्थना।
मे ५ मा सुरु हुने हप्ता
गीत १२०
१० मि: स्थानीय घोषणाहरू। “राज्यभवन पुस्तकालयको लागि नयाँ प्रबन्ध” भन्ने विषय संक्षिप्तमा छलफल गर्नुहोस्। राज्यभवन पुस्तकालयको पुस्तकाध्यक्षको रूपमा कसले काम गर्नेछन् उल्लेख गर्नुहोस्।
२० मि: “‘परमेश्वरलाई महिमा दिनुहोस्’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००३।”c अनुच्छेद ४-१२ मा दिइएका कुराहरूमा ध्यान केन्द्रित गर्दै यसलाई मण्डलीका सचिवले सञ्चालन गर्नुपर्छ। अनुच्छेद ९-१० छलफल गर्दा मण्डलीका लागि सचिवले अधिवेशन संयोजकको रूपमा निभाउने भूमिकामा जोड दिनुहोस्। अधिवेशनका लागि प्रबन्धहरू यथाशक्य चाँडै मिलाएकोमा सबैको हार्दिक सराहना गर्नुहोस्।
१५ मि: “राम्रो रिपोर्ट—हर्षित हुने कारण।” (हितो. १५:३०) मार्च र अप्रिल महिनाको दौडान गरेको विशेष प्रयत्नको परिणामस्वरूप मण्डलीले के-कस्ता उपलब्धिहरू हासिल गऱ्यो भन्ने कुरा देखाउँदै श्रोताहरूसित छलफल। निम्न क्षेत्रहरूमा आफ्नो सकारात्मक अनुभवहरू छन् भने, त्यसबारे बताउन मण्डलीलाई आमन्त्रित गर्नुहोस्: (१) इच्छुक व्यक्तिलाई स्मरणार्थमा उपस्थित हुन मदत गरेको, (२) सहायक अग्रगामीको रूपमा सेवा गरेको, (३) निष्क्रिय प्रकाशकलाई मण्डलीसित सरसंगत गरेर फेरि आफ्नो गतिविधि सुरु गर्न प्रोत्साहन दिएको, (४) प्रचारको काम सुरु गर्न नयाँ व्यक्तिलाई मदत गरेको र (५) स्मरणार्थमा उपस्थित भएका व्यक्तिहरूको चासो बढाएको। यीमध्ये कुनै-कुनै बुँदामा टिप्पणी दिन पहिल्यै प्रबन्ध मिलाउनुहोस्। प्रशंसा गर्नुहोस् र आगामी दिनहरूमा पनि यसरी नै प्रयास गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत १२६ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।