ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून ३०, २००३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे ३ देखि जून ३०, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
असाइनमेन्ट न. १
१. इपिक्युरीहरूको शिक्षाले कोरिन्थका मसीहीहरूको आध्यात्मिकतालाई किन खतरामा पार्न सक्थ्यो? (१ कोरि. १५:३२, ३३) [w-NP९७ ११/१ पृ. २४, २५]
२. राम्रो लालनपालन नपाए तापनि कुन कुराले योशियाहलाई सही मार्ग छान्न मदत गऱ्यो? (२ इति. ३४:१, २) [w-NP०१ ४/१५ पृ. २७ अनु. १-६; पृ. २८ अनु. ४]
३. हितोपदेश ९:७, ८क को अर्थ के हो र यसलाई क्षेत्र सेवामा कसरी लागू गर्न सकिन्छ? [w-NP०१ ५/१५ पृ. २९ अनु. ४-५]
४. येशूले बताउनुभएको अन्तिम दिनको चिह्नले हाम्रै समयलाई संकेत गर्न सक्छ भनी प्रमाण दिनुहोस्। (मत्ती २४:३) [w-NP९७ ४/१ पृ. ८]
५. यहोवाले दुःखकष्ट रहिरहन दिनुको प्रमुख कारण के हो? [w-NP९७ २/१५ पृ. ५ अनु. ४]
६. कुनै व्यक्तिले गम्भीर पाप गरेपछि साँचो पश्चात्ताप व्यक्त गरेका छन् भने तिनले आफूलाई बेकम्मा ठान्नुपर्दैन भन्ने कुरा भजन ३२:१, ५ तथा भजन ५१:१०, १५ मा दाऊदले व्यक्त गरेका निष्कपट अभिव्यक्तिहरूले कसरी देखाउँछ? [w-NP०१ ६/१ पृ. ३० अनु. १-३]
७. पावलले १ तिमोथी ५:३-१६ मा दिएका निर्देशनहरूबाट आवश्यकतामा परेका व्यक्तिहरूको हेरविचार गर्ने सन्दर्भमा कुन कुरा सिक्न सकिन्छ? [w-NP०१ ६/१५ पृ. ११ अनु. १]
साप्ताहिक बाइबल पढाइ
८. यूहन्ना ३:३ मा लिपिबद्ध गरिएअनुसार, येशूले ‘नयाँ गरी जन्मनु’ भन्ने अभिव्यक्ति चलाउनु हुँदा उहाँले कुन कुरा संकेत गरिरहनुभएको थियो? [w-NP९५ ७/१ पृ. ९-१० अनु. ४-५]
९. आफूले प्राप्त गर्नुभएको शिक्षालाई येशूले कसरी चलाउनुभयो र यसबाट हामी कस्तो मूल्यवान् पाठ सिक्न सक्छौं? (यूहन्ना ७:१५-१८) [w-NP९६ २/१ पृ. ९-१० अनु. ४-७]
१०. यूहन्ना ७:५३–८:११ लाई न्यु वर्ल्ड ट्रान्सलेसन-को मुख्य भागमा समावेश नगरिनुको कारण के हो?
११. येशू जसरी स्वर्गतिर जानुभयो कसरी ‘त्यसरीनै फेरि आउनुभयो?’ (प्रेरित १:११) [w९० ६/१ पृ. ११ अनु. ५]
१२. प्रेरित ५:१३ मा बताइएअनुसार किन “अरूहरूमध्ये कसैको पनि [चेलाहरूसित] मिल्नआउने आँट भएन?”