प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जून पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 जून पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जून: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, मण्डलीको स्टकमा भएको अर्को उपयुक्‍त पुस्तिका चलाउनुहोस्‌। जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई। उपयुक्‍त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस्‌ अफ द डेथ—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: “लेट योर किङडम कम” वा इज दिज लाइफ अल देयर इज? वा मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक वा सन्‌ १९८८ भन्दा अघि प्रकाशित भएका कुनै पनि पुस्तक प्रस्तुत गर्न सकिन्छ।

◼ हालै, जनभाषणका थुप्रै रूपरेखाहरू संशोधन गरिएका छन्‌। सन्‌ २००३ अगस्तमा, अंग्रेजीका सम्पूर्ण नयाँ रूपरेखाहरू वार्षिक फारामहरूसँगै पठाइनेछन्‌। त्यतिन्जेलसम्म स्थानीय भाषामा तयार भएका रूपरेखाहरू पनि मण्डलीहरूलाई पठाइनेछन्‌। स्थानीय भाषाका बाँकी रूपरेखाहरू पछि हुलाकमार्फत पठाइनेछन्‌। नयाँ संशोधित रूपरेखाहरू प्राप्त गरेपछि मण्डलीहरूले पुराना रूपरेखाहरू हटाउनुपर्छ र आफ्नो फाइलमा नयाँ रूपरेखाहरू राख्नुपर्छ।

◼ कहिलेकाहीं साहित्य, पत्रिका, हाम्रो राज्य सेवकाई तथा अन्य सामग्रीहरू एकै ठाउँमा गाभिन्छन्‌ र ढुवानी खर्च जोगाउन मण्डलीलाई एकै चोटि पठाउने गरिन्छ। त्यसकारण, साहित्य तथा पत्रिकाहरू सम्हाल्ने भाइहरूलाई पत्रिकाहरू पाउने बित्तिकै सबै बाकसहरू खोल्ने र आफ्नो विभागसित सम्बन्धित नभएका सामग्रीहरू तुरुन्तै मण्डलीका अध्यक्षलाई बुझाउने निर्देशन दिनुपर्छ।

◼ अब मण्डलीहरूले वाचटावर लाइब्रेरी—२००१ इडिसन अन सीडी-रोम मगाउन थाले हुन्छ। यो कम्प्याक्ट डिस्क अंग्रेजीमा मात्रै उपलब्ध हुनेछ। यो आम वितरण, स्कूलका लाइब्रेरी वा यहोवाका साक्षीहरूप्रति कम चासो देखाउने मानिसहरूका लागि होइन भन्‍ने कुरा कृपया याद गर्नुहोस्‌। वाचटावर लाइब्रेरी—२००१ कम्प्युटर सुविधा भएका मण्डलीका सदस्यहरूका लागि प्रबन्ध गरिएको हो र यो मण्डलीमार्फत मात्रै उपलब्ध गराइनेछ। कम्प्याक्ट डिस्क उपलब्ध भएर ढुवानी नगरुन्जेलसम्म ती मण्डलीको प्याकिङ लिस्टमा “पेन्डिङ”-को रूपमा राखिनेछ।

◼ पुनः उपलब्ध नयाँ प्रकाशन:

द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज (मुसलमानहरूका लागि)—अंग्रेजी, कन्‍नडा, बंगाली, मल्यालम

◼ उपलब्ध नयाँ प्रकाशन:

द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज (मुसलमानहरूका लागि) —गुजराती

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने