प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००३
  • उपशीर्षकहरू
  • जुलाई १४ मा सुरु हुने हप्ता
  • जुलाई २१ मा सुरु हुने हप्ता
  • जुलाई २८ मा सुरु हुने हप्ता
  • अगस्त ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई पृ. २

सेवा सभाको तालिका

सूचना: अधिवेशन महिनाहरूको दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” विषयक जिल्ला अधिवेशनमा उपस्थित हुनको लागि मण्डलीहरूले आवश्‍यक छाँटकाँट गर्न सक्छन्‌। उपयुक्‍त भएमा, यस महिनाको परिशिष्टमा दिइएअनुसार स्थानीय तवरमा लागू हुने सल्लाहहरू पुनः दोहोऱ्‍याउनको लागि अधिवेशनअघिको सेवा सभामा १५ मिनेट छुट्याउनुहोस्‌। जनवरी महिनाको दौडान, अधिवेशन कार्यक्रमका विशेषताहरू पुनरावलोकन गर्न एउटा पूरै सेवा सभा छुट्याइनेछ। त्यस छलफलको तयारीको लागि हामी सबै जनाले अधिवेशनमा अर्थपूर्ण टिपोटहरू लिनुका साथै आफ्नो व्यक्‍तिगत जीवनलगायत क्षेत्र सेवकाईमा प्रयोग गर्न चाहने खास-खास बुँदाहरूको सूची बनाउन सक्छौं। तब भने अधिवेशनमा उपस्थित भएदेखि यता हामीले ती सुझावहरू कसरी लागू गरेका छौं भनी बताउन सक्नेछौं। प्राप्त असल निर्देशनबाट कसरी लाभ उठाए भन्‍ने कुरा एकअर्काको मुखबाट सुन्‍न पाउँदा सबैको लागि त्यो उत्थानदायी हुनेछ।

जुलाई १४ मा सुरु हुने हप्ता

गीत ५६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै जुलाई ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जुलाई १५ को प्रहरीधरहरा कसरी मण्डलीको इलाकामा प्रस्तुत गर्न सकिन्छ, दुईवटा व्यावहारिक प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।

१५ मि: “यहोवाको प्रशंसा गर्न सँगै भेला हुने।”a दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। पहिलो दिनको बिहानदेखि तेस्रो दिनको अपराह्नसम्मैका कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गर्नुहोस्‌। सुन्‍ने मात्र नगरेर सिकेका कुरा लागू गर्नुको महत्त्वमा जोड दिनुहोस्‌। जनवरी महिनामा हुने सेवा सभाको लागि बनाइएको योजना अर्थात्‌ जिल्ला अधिवेशनका विशेषताहरू पुनरावलोकन गरिनेछन्‌ भन्‍ने विषयमा माथि दिइएको सूचना छलफल गर्नुहोस्‌। सबैलाई टिपोट लिन प्रोत्साहन दिनुहोस्‌।

२० मि: “परमेश्‍वरको कृपाको लागि कृतज्ञता।”b अनुच्छेद ३ छलफल गर्दा, अक्टोबर १९९८ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा आधारित सल्लाहअनुरूप पत्रिका रुट सुरु गर्ने सुझावहरू दिनुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने सन्दर्भमा कस्तो तरिका प्रभावकारी पाएका छन्‌, एक वा दुई जना योग्य प्रकाशकहरूलाई सोध्नुहोस्‌। बाइबल अध्ययन सुरु तथा सञ्चालन गर्ने लक्ष्य राख्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।— om पृ. ९१.

गीत १७६ र समापन प्रार्थना।

जुलाई २१ मा सुरु हुने हप्ता

गीत १८४

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: “बढिया काममा नमुना बन्‍नुहोस्‌।”c दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। हाम्रै फाइदाको लागि गरिएका आवासका प्रबन्धहरूअनुरूप चल्नुपर्ने महत्त्वमा जोड दिनुहोस्‌। अधिवेशन अवधिभरि नै सरसफाइमा ध्यान दिनुपर्ने महत्त्व बुझ्न सबैलाई मदत गर्नुहोस्‌। सबैले असल आचरण देखाउनु किन जरुरी छ बताउनुहोस्‌।

२० मि: प्रचारकार्यमा उनीहरूको साहसको अनुकरण गर्नुहोस्‌। वर्सिप गड पुस्तक, पृष्ठ १७०-१ मा आधारित विषयवस्तुमा श्रोताहरूसित छलफल। अनुच्छेद ७ मा दिइएका प्रश्‍नहरूको जवाफ दिन र उद्धृत शास्त्रपदहरू आफ्नो टिप्पणीमा समावेश गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। छानिएका शास्त्रपदहरू पढ्‌नुहोस्‌। यी विवरणहरूबाट हामीले सिक्ने पाठ तथा प्रचार गर्ने हाम्रो जिम्मेवारीप्रति सही दृष्टिकोण राख्न यसले हामीलाई कसरी मदत गर्छ, प्रकाश पार्नुहोस्‌।

गीत २०१ र समापन प्रार्थना।

जुलाई २८ मा सुरु हुने हप्ता

गीत ४५

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जुलाई महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। पृष्ठ ८ का सुझावहरू चलाउँदै जुलाई ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र अगस्त १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा, प्रकाशकले अनौपचारिक साक्षी दिइरहेको देखाउनुहोस्‌।

१५ मि: “भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ।”d यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। राम्रोसँग पढ्‌ने भाइलाई प्रत्येक अनुच्छेद ठूलो स्वरमा पढ्‌न लगाउनुहोस्‌।

२० मि: “सामूहिक साक्षीकार्यले आनन्द ल्याउँछ।”e अनुच्छेद ३ छलफल गर्दा, सेप्टेम्बर २००१ को हाम्रो राज्य सेवकाई प्रश्‍न पेटीमा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। मण्डली पुस्तक अध्ययन निरीक्षकको छोटो अन्तरवार्ता लिनुहोस्‌। आफ्नो पुस्तक अध्ययन समूहको लागि तिनले मिलाएको क्षेत्र सेवाका प्रबन्धहरू र साक्षीकार्यमा सँगै भाग लिंदा समूहले कसरी लाभ उठाएका छन्‌, सोध्नुहोस्‌।

गीत ३६ र समापन प्रार्थना।

अगस्त ४ मा सुरु हुने हप्ता

गीत १७८

१० मि: स्थानीय घोषणाहरू। यस महिना प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। चलाउन सकिने एक दुईवटा छोटो प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

२० मि: “बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने।”f दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ३ छलफल गर्दा, स्थानीय इलाकामा बोलिने अर्को भाषामा सरल प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌, जहाँ त्यस भाषाको मण्डली छैन।

१५ मि: “अशक्‍त—तरैपनि फलदायी।”g अगस्त २२, १९९० को अवेक!, पृष्ठ २२-३ मा दिइएको “के गर्न सकिन्छ?” भन्‍ने उपशीर्षकअन्तर्गत विषयवस्तुमा आधारित अरूले कसरी सहयोग गर्न सक्छन्‌ भन्‍ने विषयमा टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत ४९ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

f एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

g एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने