ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २५, २००३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जुलाई ७ देखि अगस्त २५, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
असाइनमेन्ट न. १
१. कुनै-कुनै गुनासाहरू औचित्यपूर्ण हुन्छन् भनी कुन धर्मशास्त्रीय उदाहरणले देखाउँछ? [w-NP९७ १२/१ पृ. ३०, ३१]
२. परमेश्वर तथा उहाँका उद्देश्यहरूबारेका निराधार शंकाहरूले हाम्रो मन र हृदयमा जरा गाड्न नदिन हामी कसरी जोगिन सक्छौं? [w-NP०१ ७/१ पृ. १९-२१]
३. मसीहीहरूले धीरजी भई एक-अर्कालाई सहनुपरे तापनि तिनीहरू आफूमाझ कुन कुरा भने सहँदैनन्? (कल. ३:१३) [w-NP०१ ७/१५ पृ. २२ अनु. ७-८]
४. हामी कसरी यहोवाको अनुकम्पा अनुकरण गर्न सक्छौं? [w-NP९७ १२/१५ पृ. २९]
५. खाली ठाउँ भर्नुहोस्: साँचो आनन्द त . . . र . . .-मा आधारित हृदयको अवस्था हो। [w-NP९७ ३/१५ पृ. २३]
६. बुद्धिमान् मानिसले कसरी “ज्ञान सञ्चय गर्छ”? (हितो. १०:१४) [w-NP०१ ७/१५ पृ. २७ अनु. ४-५]
७. अय्यूबका असल बानीहरू किन उल्लेखनीय छन्? (अय्यू. १:१, ८; २:३) [w-NP०१ ८/१ पृ. २० अनु. ४]
साप्ताहिक बाइबल पढाइ
८. परिचालक निकायका सदस्यहरू कसरी “एक मनका भएर” उद्धार पाउनको लागि अन्यजातिका विश्वासीहरूले खतना गर्नु आवश्यक छैन भन्ने निष्कर्षमा पुग्न सके? (प्रेरि. १५:२५)
९. यहोवाले मोशाको व्यवस्था खारेज गरिसक्नुभए तापनि परिचालक निकायले कसरी पावललाई त्यस व्यवस्थाका खास नियमहरू पालन गर्न लगाउन सक्यो? (प्रेरि. २१:२०-२६) [it-१ पृ. ४८१ अनु. ३; it-२ पृ. ११६३ अनु. ६-पृ. ११६४ अनु. १]
१०. प्रेरित पावल विरुद्ध लगाइएका कस्ता झूटा आरोपहरूले हामीलाई हालसालै यहोवाका साक्षीहरू विरुद्ध गरिएका टिप्पणीहरूको स्मरण गराउँछ? (प्रेरि. २४:५, ६) [w-NP०१ १२/१५ पृ. २२ अनु. ७-पृ. २३ अनु. २]
११. दुई वर्षसम्म नजरबन्दमा हुँदा समेत पावलले राज्य उद्घोषकको रूपमा कसरी उदाहरण बसाले? (प्रेरि. २८:३०, ३१)
१२. “उच्च अख्तियारवालाहरू” कुन तरिकामा “परमेश्वरको धार्मिकविधानको” भाग हुन् र मसीहीहरूलाई यसले कस्तो असर गर्नुपर्छ? (रोमी १३:१, २) [w-NP०० ८/१ पृ. ४ अनु. ५]