घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”। सेप्टेम्बर: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्ने पुस्तिका वा तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! भन्ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्नुहोस्। चासो देखाएमा गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। नोभेम्बर: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। यदि मानिसहरूसित यी प्रकाशनहरू छन् भने, उपासनामा एकताबद्ध पुस्तक प्रस्तुत गर्नुहोस्।
◼ अक्टोबर २०, २००३ को हप्ताको सुरुदेखि हामी मण्डली पुस्तक अध्ययनमा वर्सिप दी ओन्ली ट्रु गड अध्ययन गर्नेछौं।
◼ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढिसकेपछि घोषणा गर्नुहोस्।
◼ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००३ भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिटरेचर इन्भेन्ट्री फाराममा (S-18) भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। संयोजक मण्डलीका सचिवले इन्भेन्ट्रीको सुपरिवेक्षण गर्नुपर्छ। तिनी र संयोजक मण्डलीका अध्यक्षले उक्त फाराममा हस्ताक्षर गर्नेछन्। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिटरेचर इन्भेन्ट्री फाराम (S-18) प्राप्त गर्नेछन्। कृपया सेप्टेम्बर ६ अघि नै सोसाइटीलाई त्यसको सकल प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ।
◼ अगस्त २९ र ३०, २००३ सम्ममा सोसाइटीले बंगलौर बेथेलमा भएका सबै साहित्यहरूको इन्भेन्ट्री तयार गर्नेछ। यसकारण, यस समयावधिमा मण्डलीको कुनै पनि साहित्य मागहरू पठाइने छैनन्।
◼ अर्गनाइजड टु अकम्प्लिस आवर मिनिस्ट्री पुस्तकको संशोधित संस्करण मल्यालम भाषामा छापिंदैछ। मण्डलीहरूले अर्को लिटरेचर रिक्वेस्ट फाराममा आफ्नो माग समावेश गर्न सक्छन्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
पारिवारिक जीवनको आनन्द उठाउनुहोस् (पर्चा न. २१) —मिजो
येशू ख्रीष्ट—उहाँ को हुनुहुन्छ? (पर्चा न. २४)— अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम, मिजो, नेपाली, हिन्दी
हाउ टु इम्प्रुभ योर स्पिकिङ एण्ड टिचिङ अबिलिटी—आसामी, मिजो
◼ पुनः उपलब्ध प्रकाशनहरू:
परमेश्वर हामीबाट के चाहनुहुन्छ?— गुजराती, पंजाबी
सबैका लागि उपयोगी किताब—मल्यालम, पंजाबी, तामिल
पारिवारिक जीवनको आनन्द उठाउनुहोस् (पर्चा न. २१) — अंग्रेजी, ओरिया, कंकनी (रोमन), कन्नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मल्यालम, मराठी, नेपाली, हिन्दी
बाइबलका आधारभूत शिक्षाहरू—हिन्दी, पंजाबी