ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २७, २००३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले सेप्टेम्बर १ देखि अक्टोबर २७, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
असाइनमेन्ट न. १
१. दुःखको बेला प्रार्थना गर्दा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ? [w-NP९७ ४/१५ पृ. ५, ६]
२. अनैतिक कुराहरूबारे कल्पना गरिरहने बानीमाथि हामी कसरी विजयी हुन सक्छौं? [w-NP०१ ८/१ पृ. २९, ३०]
३. मत्ती ७:१२ लाई व्यवहारमा उतार्नु अरूसित मिलेर बस्नको लागि कसरी उपयोगी साबित हुन्छ? [w-NP०१ ८/१५ पृ. ४]
४. खाली ठाउँ भर्नुहोस्: युवा पुस्ताको विशेष आवश्यकता अर्थात् . . . र . . . चाहनालाई बाइबलले पूरा गरेको छ। [w-NP०१ ८/१५ पृ. ७]
५. याकूब १:५, ६ अनुसार, हामीले महत्त्वपूर्ण निर्णय गर्नुपर्दा कुन कुरा अत्यावश्यक छ? [w-NP०१ ९/१ पृ. २८ अनु. ४]
६. चमत्कारहरू देखेर पनि किन यसले थुप्रै मानिसहरूको विश्वास जगाउन सक्दैन? [w-NP९७ ३/१५ पृ. ५]
७. हिब्रू धर्मशास्त्रको सही प्रतिलिपि बनाउन मेसोरेटहरूले कस्तो प्रयत्न गरे? यसले पाण्डुलिपिको शुद्धतामा कसरी योगदान पुऱ्यायो? [w-NP९७ ८/१५ पृ. ११]
८. कुन तरिकामा “जसले अपवाद फैलाउँछ त्यो मूर्ख हो”? (हितो. १०:१८) [w-NP०१ ९/१५ पृ. २५ अनु. ३]
९. पादरीहरूले टिन्डेलको अनुवादको किन त्यस्तो तीव्र विरोध गरे? [w-NP९७ ९/१५ पृ. २८]
साप्ताहिक बाइबल पढाइ
१०. सही वा गलत: प्रेरित पावलले १ कोरिन्थी २:९ मा, यहोवाले आफ्ना विश्वासी जनहरूका निम्ति उत्तराधिकारको रूपमा तयार पार्नुभएका कुराहरूलाई संकेत गर्दैछन्। वर्णन गर्नुहोस्। [ip-2 पृ. ३६६ पेटी]
११. पहिलो कोरिन्थी १०:१३ मा लिपिबद्ध शब्दहरू कस्ता परीक्षाहरूको सन्दर्भमा लागू हुन्छ र यहोवाले कसरी “उम्कने बाटो पनि दिनुहुन्छ”? [w९१ १०/१ पृ. १०-११ अनु. ११-१४]
१२. येशूको उदारताको उदाहरणले मसीहीहरूलाई कस्तो असर पार्छ? (२ कोरि. ८:९) [w९२ १/१५ पृ. १६ अनु १०]
१३. व्यवस्था कसरी “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल” थियो? (गला. ३:२४) [w-NP०२ ६/१ पृ. १५ अनु. ११]
१४. नबहकिनको लागि हामी होसियार रहनै पर्ने “संसारको अनुसारका तत्त्वज्ञान” के-के हुन्? (कल. २:८) [w-NP९४ १२/१ पृ. २८ अनु. १२-१३]