प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 अक्टोबर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! प्रस्तुत गर्नुहोस्‌। चासो देखाएमा गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। यदि मानिसहरूसित यी प्रकाशनहरू छन्‌ भने, उपासनामा एकताबद्ध पुस्तक प्रस्तुत गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिका वा तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ! भन्‍ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००४ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र २००४ को वर्षभरि तालिका हेर्न यो आफैसँग राख्नुपर्छ।

◼ यदि तपाईंको मण्डलीमा जनवरी १ देखि सभाको समय परिवर्तन हुनेवाला छ भने, मण्डलीका सचिवले कंग्रिगेसन मिटिङ इन्फरमेसन फाराम (S-5) भरेर यस परिवर्तनबारे शाखा कार्यालयलाई जानकारी दिनुपर्छ। हातेपर्चीहरू आवश्‍यक परेमा, हेण्डबिल रिक्वेस्ट फाराम (S-16) भरेर मगाउन सकिन्छ। हातेपर्चीहरू मगाउँदा तपाईंलाई चाहिने मितिभन्दा कम्तीमा पनि आठ हप्ताअघि नै अनुरोध गर्नुपर्छ।

◼ नोभेम्बर ८-९, २००३ को दौडान आइज्वलमा सम्पन्‍न हुने “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” जिल्ला अधिवेशन भवनको नयाँ ठेगाना हो: Archives Conference Hall, Art and Culture Department, Near Basketball Court, Babutlang, Aizawl 796 001 Mizoram.

◼ बंगलौरस्थित बेथेल परिवार आउनै लागेको नयाँ शाखा कार्यालय समर्पण कार्यक्रमको सिलसिलामा एकदमै व्यस्त हुनेछ। त्यसकारण नोभेम्बर ७, २००३ देखि डिसेम्बर २२, २००३ सम्म बेथेल भ्रमणको प्रबन्ध गरिनेछैन।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?—हिन्दी, पंजाबी

तपाईंको प्रियजनको मृत्यु हुँदा —कन्‍नडा, तेलगु, मल्यालम, हिन्दी

कसरी बाइबलबारे छलफल शुरु गर्ने र कायम राख्ने —हिन्दी, पंजाबी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने