सन् २००४ का लागि ईश्वरतान्त्रिक सेवकाई स्कूलको तालिका
निर्देशन
सन् २००४ को दौडान ईश्वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स [bi12], प्रहरीधरहरा [w-NP], बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन [be], “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” (१९९० संस्करण) [si] र रिजनिंग फ्रम द स्क्रिप्चर्स (१९८९ संस्करण) [rs]।
गीत गाएर, प्रार्थना तथा स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ अनि यसप्रकार कार्यक्रम सञ्चालन गर्नुहोस्:
वक्तृत्व कला: ५ मिनेट। स्कूल निरीक्षक, सहायक सल्लाहकार वा अर्का योग्य प्राचीनले मिनिस्ट्री स्कूल-मा आधारित वक्तृत्व कलाको छलफल गर्नेछन्। (सीमित प्राचीनहरू मात्र भएको मण्डलीमा योग्य सेवकाई सेवक प्रयोग गर्न सकिन्छ।) अन्यथा उल्लेख गरिएको छैन भने निर्धारित पृष्ठहरूमा भएका पेटीहरू पनि छलफलमा समावेश गर्नुपर्छ। अभ्यासहरू छलफल गर्नुपर्दैन। ती मुख्यतया व्यक्तिगत प्रयोग तथा व्यक्तिगत सल्लाहका लागि हुन्।
असाइनमेन्ट न. १: १० मिनेट। प्रहरीधरहरा, बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन र “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल”-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। यो भाषण दिंदा मौखिक पुनरावृत्ति नगरी यसलाई १० मिनेट लामो निर्देशन भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। भाषणको उद्देश्य विषयवस्तुलाई सिध्याउनु मात्र नभई मण्डलीलाई मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिएका कुराहरूको व्यावहारिक मूल्यमाथि ध्यान केन्द्रित हुनुपर्छ। यस भाषणको लागि दिइएको शीर्षक नै चलाउनुपर्छ। यो भाषण दिने भाइले निर्धारित समयभित्रै भाषण सिध्याउने आशा गरिन्छ। आवश्यक भएमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: १० मिनेट। पहिलो छ मिनेट कुनै योग्य प्राचीन वा सेवकाई सेवकले विषयवस्तुलाई स्थानीय आवश्यकताअनुसार लागू गर्नुपर्छ। तिनले त्यस हप्ताको निर्धारित बाइबल पढाइको कुनै पनि भागमा टिप्पणी गर्न सक्छन्। यो भाषण निर्धारित पढाइको सारांश जस्तो मात्र हुनु हुँदैन। यस भाषणको मुख्य उद्देश्य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोताहरूलाई बुझाउनु हो। सुरुको भागमा निर्धारित छ मिनेटभन्दा बढी समय नलिन वक्ता होसियार हुनुपर्छ। श्रोताहरूसितको छलफलको लागि तिनले बाँकी चार मिनेट छुट्याउनुपर्छ। बाइबल पढाइमा कुनचाहिं भाग रोचक लाग्यो र यसका लाभहरूबारे संक्षिप्तमा टिप्पणी (३० सेकेण्ड वा कम) गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुपर्छ। त्यसपछि स्कूल निरीक्षकले असाइनमेन्ट पाएका विद्यार्थीहरूलाई अरू कक्षमा पठाउनेछन्।
असाइनमेन्ट न. २: ४ मिनेट। यो भाषण भाइले दिनेछन्। पढाइ अक्सर बाइबलबाट हुनेछ। महिनाको एक चोटि यो भाषणले प्रहरीधरहरा-बाट लिइएको विषयवस्तु ढाक्नेछ। विद्यार्थीले तोकिएको विषयवस्तुमा परिचय वा समापन केही नदिई पढ्नुपर्छ। प्रत्येक हप्ता पढिने विषयवस्तुको अंश फरक-फरक हुनेछ तर यसको लागि चार मिनेट वा त्योभन्दा कम समय लाग्छ। स्कूल निरीक्षकले असाइनमेन्ट दिनुअघि विषयवस्तु हेर्नुपर्छ र विद्यार्थीको उमेर अनि योग्यतालाई सुहाउँदो असाइनमेन्ट दिनुपर्छ। स्कूल निरीक्षकले विद्यार्थीलाई खास गरी स्पष्ट, सरर्र पढ्न, ठीक ठाउँमा जोड दिन, स्वरको उतार-चढाव, ठीक ठाउँमा रोक्न र स्वाभाविकता झल्काउन मदत गर्ने कोसिस गर्नुपर्छ।
असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग बहिनीले प्रस्तुत गर्नेछिन्। यो भाग पाउने विद्यार्थीलाई या त भूमिका दिइनेछ वा मिनिस्ट्री स्कूल पाठ्यपुस्तकको पृष्ठ ८२ मा दिइएको सूचीबाट छान्नुपर्नेछ। विद्यार्थीले दिइएको शीर्षक नै चलाउनुपर्छ र यसलाई स्थानीय मण्डलीको इलाकामा यथार्थ र व्यावहारिक हुने गरी क्षेत्र सेवकाईको कुनै पक्षमा प्रयोग गर्नुपर्छ। स्रोत सामग्री केही संकेत गरिएको छैन भने विद्यार्थीले यस भागको लागि विश्वासी र बुद्धिमान् दास वर्गले प्रबन्ध गरेका साहित्यहरूमा अनुसन्धान गरेर तयार पार्नुपर्नेछ। स्रोत सामग्री दिइएका भाषणहरू चाहिं नयाँ विद्यार्थीहरूलाई दिनुपर्छ। स्कूल निरीक्षकले विशेष गरी विद्यार्थीले घरधनीसित कसरी तर्क गर्छन्, प्रस्तुत गरिएका विषयवस्तु बुझाउन र शास्त्रपदहरू चलाउन कस्तो तरिका अपनाउँछन्, त्यसमा ध्यान दिनेछन्। यो भाग पाउने विद्यार्थीले पढ्न जानेको हुनुपर्छ। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्।
असाइनमेन्ट न. ४: ५ मिनेट। दिइएको विषयलाई विस्तार गरेर विद्यार्थीले आफ्नो भाषण बनाउनुपर्छ। स्रोत सामग्री केही संकेत गरिएको छैन भने विद्यार्थीले यस भागको लागि विश्वासी र बुद्धिमान् दास वर्गले प्रबन्ध गरेका साहित्यहरूमा अनुसन्धान गरेर तयार पार्नुपर्नेछ। यो भाग कुनै भाइलाई दिंदा राज्यभवनका श्रोताहरूलाई मनमा राखेर भाषणको रूपमा प्रस्तुत गर्न सकिन्छ। यो भाग कुनै बहिनीलाई दिंदा, तिनले यसलाई सधैं असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाह अनुरूप प्रस्तुत गर्नुपर्छ। स्कूल निरीक्षकले असाइनमेन्ट न. ४ उपयुक्त लागेको बेलामा भाइलाई दिन सक्छन्। कृपया याद गर्नुहोस्, तारक चिह्न भएको विषय सधैं भाषणको रूपमा प्रस्तुत गर्न भाइहरूमा मात्र दिनुपर्छ।
समय: कुनै पनि भाषण वा सल्लाहकारको सल्लाह निर्धारित समयभन्दा बढी जानु हुँदैन। निर्धारित समय सिद्धिएमा असाइनमेन्ट न. २ देखि ४ सम्ममा कौशलतापूर्वक रोक्नुपर्छ। वक्तृत्व कलामा सुरुको भाषण, असाइनमेन्ट न. १ वा बाइबल पढाइका विशेषताहरू सँभाल्ने भाइहरूले बढी समय लिएको खण्डमा तिनीहरूलाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। सबैले समयमा विशेष ध्यान दिनुपर्छ। कार्यक्रमको जम्मा समय: ४५ मिनेट, गीत र प्रार्थनाबाहेक।
सल्लाह: १ मिनेट। प्रत्येक विद्यार्थीको प्रस्तुतिपछि भाषणको प्रशंसायोग्य पक्षमा केही सकारात्मक टिप्पणी दिन स्कूल निरीक्षकले एक मिनेट भन्दा बढी समय लिने छैनन्। तिनको लक्ष्य “राम्रो भयो” भन्ने मात्र होइन तर प्रस्तुतिको कुन पक्ष किन प्रभावकारी थियो भनी खास कारणहरूमा ध्यान खिच्नु हो। प्रत्येक विद्यार्थीको आवश्यकताअनुसार अझ उन्नति गर्नको लागि सभापछि वा अर्को समयमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
सहायक सल्लाहकार: प्राचीनहरूका निकायले सहायक सल्लाहकारको जिम्मेवारी निभाउन उपलब्ध छन् भने स्कूल निरीक्षकबाहेक अर्का एक जना दक्ष प्राचीनको छनौट गर्न सक्छन्। मण्डलीमा प्राचीनहरू थुप्रै छन् भने यो असाइनमेन्ट हरेक वर्ष विभिन्न योग्य प्राचीनहरूले सँभाल्न सक्छन्। सहायक सल्लाहकारको जिम्मेवारी असाइनमेन्ट न. १ र बाइबलका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तवरमा सल्लाह दिइनेछ। सँगी प्राचीन वा सेवकाई सेवकले दिएको प्रत्येक भाषणपछि त्यस्तो सल्लाह दिनु आवश्यक नहुन सक्छ। यो प्रबन्ध २००४ को दौडान लागू हुनेछ र त्यसपछि छाँटकाँट गर्न सकिन्छ।
सल्लाह पर्ची: पाठ्यपुस्तकमा।
मौखिक पुनरावृत्ति: ३० मिनेट। दुई महिनाको एक चोटि स्कूल निरीक्षकले मौखिक पुनरावृत्ति सञ्चालन गर्नेछन्। यो वक्तृत्व कला र माथि उल्लेख गरेझैं बाइबल पढाइका विशेषतापछि गरिनेछ। मौखिक पुनरावृत्ति अघिल्लो दुई महिनाको स्कूलको विषयवस्तुमा आधारित हुन्छ र यसमा त्यही हप्ताको विषयवस्तु पनि समावेश हुनेछ।
तालिका
जन. ५ बाइबल पढाइ: उत्पत्ति १-५ गीत १५४
वक्तृत्व कला: जानकारीको व्यावहारिक महत्त्व स्पष्ट पार्नु(be पृ. १५७ ¶१-पृ. १५८ ¶१)
न. १: रूपरेखा तयार गर्ने (be पृ. ३९-४२)
न. २: उत्पत्ति २:७-२५
न. ३: के “नयाँ नियम”-मा भावी पार्थिव प्रमोदवनबारे संकेत गरिएको छ वा “पुरानो नियम”-मा मात्र संकेत गरिएको हो? (rs पृ. २८५ ¶१-३)
न. ४: *लापर्बाहीका कारण हुने पापहरूबारे बाइबल उदाहरणहरूबाट हामी के सिक्न सक्छौं
जन. १२ बाइबल पढाइ: उत्पत्ति ६-१० गीत २१५
वक्तृत्व कला: विषयवस्तुको व्यावहारिक उपयोग (be पृ. १५८ ¶२-४)
न. १: सरसफाइ—वास्तवमा यसको अर्थ के हो? (w-NP०२ २/१ पृ. ४-७)
न. २: उत्पत्ति ८:१-१७
न. ३: झूट बोल्नु किन गलत हो
न. ४: लूका २३:४३, NW मा संकेत गरिएको “प्रमोदवन” किन हेडिस वा स्वर्गको भाग हुन सक्दैन (rs पृ. २८६ ¶१–पृ. २८७ ¶१)
जन. १९ बाइबल पढाइ: उत्पत्ति ११-१६ गीत २१८
वक्तृत्व कला: अरूलाई मुख्य बुँदा बुझ्न मदत गर्ने (be पृ. १५९ ¶१-४)
न. १: ईश्वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्याउन सक्छ(w-NP०२ २/१५ पृ. ४-७)
न. २: उत्पत्ति १३:१-१८
न. ३: लूका २३:४३, NW मा संकेत गरिएको प्रमोदवन पार्थिव हो भनी कुन कुराले संकेत गर्छ (rs पृ. २८७ ¶२–पृ. २८८ ¶२)
न. ४: यहोवाका साक्षीहरूले आफ्नो आशा किन अरूसँग बाँड्छन्
जन. २६ बाइबल पढाइ: उत्पत्ति १७-२० गीत १०६
वक्तृत्व कला: शब्द छनौट (be पृ. १६० ¶१-३)
न १: समानुभूति—दया र अनुकम्पाको कुञ्जी (w-NP०२ ४/१५ पृ. २४-७)
न. २: w-NP०२ १/१ पृ. १०-११ ¶९-११
न. ३: लूका १३:२४ मा लिपिबद्ध येशूका शब्दहरूको अर्थ के हो
न. ४: हामीमध्ये कसैले साँचो ज्ञान र बुद्धि कसरी प्राप्त गर्न सक्छौं?(rs पृ. २८८ ¶३–पृ. २८९ ¶२)
फेब्रु. २ बाइबल पढाइ: उत्पत्ति २१-२४ गीत ६४
वक्तृत्व कला: सजिलै बुझ्न सकिने भाषा (be पृ. १६१ ¶१-४)
न. १: स्कूलमा विद्यार्थी भाषणको लागि तयार गर्ने (be पृ. ४३ ¶१-पृ. ४४ ¶३)
न. २: उत्पत्ति २१:१-२१
न. ३: मानव दर्शनहरूको मूल स्रोत के हो? (rs पृ. २८९ ¶३–पृ. २९० ¶२)
न. ४: *मगनीलाई किन गम्भीरतापूर्वक लिनुपर्छ
फेब्रु. ९ बाइबल पढाइ: उत्पत्ति २५-२८ गीत ९
वक्तृत्व कला: अभिव्यक्तिमा विविधता र यथार्थता(be पृ. १६१ ¶५–पृ. १६२ ¶४)
न. १: विषय र भूमिकालाई ध्यानमा राख्दै काम गर्ने (be पृ. ४४ ¶४–पृ. ४६ ¶२)
न. २: उत्पत्ति २८:१-१५
न. ३: यस समस्याग्रस्त संसारमा आन्तरिक शान्ति कसरी पाउन सकिन्छ
न. ४: मानव दर्शनहरूको साटो येशू ख्रीष्टका शिक्षाहरू अध्ययन गर्नु किन स्पष्ट सोचाइको प्रमाण हो (rs पृ. २९० ¶३–पृ. २९१ ¶३)
फेब्रु. १६ बाइबल पढाइ: उत्पत्ति २९-३१ गीत १६०
वक्तृत्व कला: जोस, भावना र चाख व्यक्त गर्ने शब्दहरू(be पृ. १६३ ¶१–पृ. १६४ ¶२)
न. १: निष्ठाले सोझाहरूलाई डोऱ्याउँछ (w-NP०२ ५/१५ पृ. २४-७)
न. २: w-NP०२ २/१ पृ. १५-१६ ¶६-१०
न. ३: परमेश्वर कसका प्रार्थनाहरू सुन्न इच्छुक हुनुहुन्छ?(rs पृ. २९२ ¶१–पृ. २९३ ¶२)
न. ४: सद्गुण मसीहीहरूको लागि किन महत्त्वपूर्ण गुण हो
फेब्रु. २३ बाइबल पढाइ: उत्पत्ति ३२-३५ गीत १
वक्तृत्व कला: व्याकरणका नियमहरूसित मेल खाने बोली(be पृ. १६४ ¶३–पृ. १६५ ¶१)
मौखिक पुनरावृत्ति
मार्च १ बाइबल पढाइ: उत्पत्ति ३६-३९ गीत ४९
वक्तृत्व कला: रूपरेखाको प्रयोग (be पृ. १६६ ¶१–पृ. १६७ ¶२)
न. १: मण्डलीमा दिइने भाषणहरूको लागि तयारी (be पृ. ४७ ¶१–पृ. ४९ ¶१)
न. २: उत्पत्ति ३७:१२-२८
न. ३: हाम्रो विश्वास किन धीरजसित जोडिएको हुनै पर्छ?
न. ४: *कस्ता कारणहरूले गर्दा कुनै व्यक्तिको प्रार्थना परमेश्वरको लागि अस्वीकार्य हुन सक्छ? (rs पृ. २९३ ¶३–पृ. २९४ ¶३)
मार्च. ८ बाइबल पढाइ: उत्पत्ति ४०-४२ गीत २०५
वक्तृत्व कला: आफ्ना विचारहरूको सिलसिला मिलाउने(be पृ.१६७ ¶३–पृ. १६८ ¶२)
न. १: सेवा सभाका भाग तथा अरू भाषणहरूको लागि तयारी गर्ने(be पृ. ४९ ¶२-पृ. ५१ ¶२)
न. २: उत्पत्ति ४२:१-२०
न. ३: यहोवासँग कसरी नजिकको सम्बन्ध विकास गर्ने
न. ४: *प्रार्थना गर्ने उचित विषयहरू के-के हुन्? (rs पृ. २९४ ¶४–पृ. २९५ ¶३)
मार्च १५ बाइबल पढाइ: उत्पत्ति ४३-४६ गीत ६७
वक्तृत्व कला: तपाईंको भाषणको रूपरेखा सरल बनाउने(be पृ. १६८ ¶३–पृ. १६९ ¶५)
न. १: लगनशील प्रयत्न—यसमा यहोवाले कहिले आशिष् दिनुहुन्छ?(w-NP०२ ८/१ पृ. २९-३१)
न. २: उत्पत्ति ४३:१-१८
न. ३: #कसैले ‘पहिला मसँग प्रार्थना गर्नुहोस्, अनि त्यसपछि तपाईंको सन्देश सुनाउनुहोस्’ भन्यो भने (rs पृ. २९५ ¶४-५)
न. ४: हामीले कसरी अधर्मको धनले मित्र बनाउन सक्छौं?
मार्च २२ बाइबल पढाइ: उत्पत्ति ४७-५० गीत १८७
वक्तृत्व कला: विषयवस्तुलाई सिलसिलेवार ढंगमा अघि बढाउने(be पृ. १७० ¶१–पृ. १७१ ¶२)
न. १: यहोवाले किन हाबिलको बलि स्वीकार्नुभयो र कयिनको स्वीकार्नुभएन? (w-NP०२ ८/१ पृ. २८)
न. २: उत्पत्ति ४७:१-१७
न. ३: अझै पूरा हुन बाँकी केही उल्लेखनीय बाइबल भविष्यवाणीहरू के-के हुन्?(rs पृ. २९६ ¶२–पृ. २९७ ¶३)
न. ४: किन यहोवाको भय नै ज्ञानको सुरु हो
मार्च २९ बाइबल पढाइ: प्रस्थान १-६ गीत ५२
वक्तृत्व कला: तर्कसंगत ढंगमा जानकारी प्रस्तुत गर्ने(be पृ. १७१ ¶३–पृ. १७२ ¶५)
न. १: सोच्ने क्षमताले तपाईंलाई कसरी सुरक्षा दिन सक्छ?(w-NP०२ ८/१५ पृ. २१-४)
न. २: w-NP०२ २/१५ पृ. १९-२० ¶७-११
न. ३: यहोवाले घमण्डप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ
न. ४: बाइबलका अगमवाणीहरूमा मसीहीहरूले किन उत्सुकतासाथ चासो राख्नुपर्छ? (rs पृ. २९७ ¶४-८)
अप्रि. ५ बाइबल पढाइ: प्रस्थान ७-१० गीत ६१
वक्तृत्व कला: सान्दर्भिक विषयवस्तु मात्र चलाउने (be पृ. १७३ ¶१-४)
न. १: जनभाषणको लागि तयारी गर्दा (be पृ. ५२ ¶१–पृ. ५४ ¶१)
न. २: प्रस्थान ८:१-१९
न. ३: कसैले यसो भन्यो भने, ‘तपाईं भविष्यवाणीलाई बढ्तै महत्त्व दिनुहुन्छ’(rs पृ. २९८ ¶१-२)
न. ४: आशा किन “प्राणको लङ्गर जस्तो” हो
अप्रि. १२ बाइबल पढाइ: प्रस्थान ११-१४ गीत ८७
वक्तृत्व कला: फरर्र भाषण दिने (be पृ. १७४ ¶१–पृ. १७५ ¶४)
न. १: वक्ताका निर्णयहरू (be पृ. ५४ ¶२-४; पृ. ५५, पेटी)
न. २: प्रस्थान १२:१-१६
न. ३: हामीले यहोवाको अनुशासनलाई किन स्वीकार्नुपर्छ?
न. ४: पापमोचन स्थानको शिक्षा केमा आधारित छ? (rs पृ. २९९ ¶१-६)
अप्रि. १९ बाइबल पढाइ: प्रस्थान १५-१८ गीत १७१
वक्तृत्व कला: फरर्र भाषण दिंदाका खतराहरूबाट अलग रहने(be पृ. १७५ ¶५–पृ. १७७ ¶१)
न. १: परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ? (w-NP०२ ९/१ पृ. २९-३१)
न. २: w-NP०२ ३/१ पृ. १५-१६ ¶८-११
न. ३: के मृत्युपछि पनि पापको लागि अझ सजाय दिनु आवश्यक छ?(rs पृ. ३०० ¶२-६)
न. ४: *विवाह किन जीवनभरको बन्धन हुनुपर्छ
अप्रि. २६ बाइबल पढाइ: प्रस्थान १९-२२ गीत ५९
वक्तृत्व कला: जब अरूले कारण सोध्छन् (be पृ. १७७ ¶२–पृ. १७८ ¶२)
मौखिक पुनरावृत्ति
मे ३ बाइबल पढाइ: प्रस्थान २३-२६ गीत १३
वक्तृत्व कला: वार्तालापको शैली (be पृ. १७९-८०)
न. १: शिक्षकको हैसियतमा योग्यता विकास गर्नुहोस्(be पृ. ५६ ¶१–पृ. ५७ ¶२)
न. २: प्रस्थान २३:१-१७
न. ३: मानिसहरूको खराब बानी हटाउन यहोवाले कसरी मदत गर्न सक्नुहुन्छ
न. ४: विभिन्न जातिहरूको सुरुवात कहाँबाट भयो? (rs पृ. ३०१ ¶१-४)
मे १० बाइबल पढाइ: प्रस्थान २७-२९ गीत २८
वक्तृत्व कला: आवाजको गुणस्तर (be पृ. १८१ ¶१-४)
न. १: “भेद राख्नू” (be पृ. ५७ ¶३–पृ. ५८ ¶२)
न. २: प्रस्थान २८:२९-४३
न. ३: एउटै मात्र परिवार थियो भने कयिनले आफ्नो लागि पत्नी कहाँबाट ल्याए? (rs पृ. ३०१ ¶५-पृ. ३०२ ¶१)
न. ४: किन जातीय पूर्वाग्रह गलत हो
मे १७ बाइबल पढाइ: प्रस्थान ३०-३३ गीत ९३
वक्तृत्व कला: नियन्त्रित ढंगमा श्वास लिनुहोस्(be पृ. १८१ ¶५–पृ. १८४ ¶१; पृ. १८२, पेटी)
न. १: श्रोताहरूलाई सोच्न प्रोत्साहन दिनुहोस् (be पृ. ५८ ¶३–पृ. ५९ ¶३)
न. २: प्रस्थान ३०:१-२१
न. ३: किन विनयी हुने?
न. ४: विभिन्न जातीय चिनारीहरू हुनुको कारण के हो?(rs पृ. ३०२ ¶२-पृ. ३०३ ¶२)
मे २४ बाइबल पढाइ: प्रस्थान ३४-३७ गीत ८६
वक्तृत्व कला: तनावग्रस्त माशंपेशीहरूलाई शान्त गर्ने(be पृ. १८४ ¶२–पृ. १८५ ¶३; पृ. १८४, पेटी)
न. १: उपयोग बताउनुहोस् र असल उदाहरण बसाल्नुहोस्(be पृ. ६० ¶१–पृ. ६१ ¶३)
न. २: प्रस्थान ३६:१-१८
न. ३: के सबै मानवहरू परमेश्वरका छोराछोरी हुन्?(rs पृ. ३०३ ¶३-पृ. ३०४ ¶४)
न. ४: सानो कुरामा पनि किन विश्वासी हुने?
मे ३१ बाइबल पढाइ: प्रस्थान ३८-४० गीत २०२
वक्तृत्व कला: अरू मानिसमा चासो देखाउने (be पृ. १८६ ¶१-४)
न. १: वार्तालापको शैलीमा कसरी उन्नति गर्ने (be पृ. ६२ ¶१–पृ. ६४ ¶१)
न. २: w-NP०२ ५/१ पृ. १९-२० ¶३-६
न. ३: पहिलो यूहन्ना ३:१९, २० को कुरा बुझ्दा कसरी सान्त्वना पाउन सकिन्छ?
न. ४: के सबै जातका मानिसहरू भाइबहिनीको रूपमा कहिल्यै एकताबद्ध हुनेछन्? (rs पृ. ३०४ ¶५-पृ. ३०५ ¶३)
जून ७ बाइबल पढाइ: लेवी १-५ गीत १२३
वक्तृत्व कला: ध्यान दिएर सुन्ने (be पृ. १८७ ¶१-५)
न. १: वार्तालापलाई कसरी कायम राख्ने (be पृ. ६४ ¶२–पृ. ६५ ¶४)
न. २: लेवी ३:१-१७
न. ३: येशू ख्रीष्टको मृत्यु सहीद भएका अन्य मानिसहरूको भन्दा कसरी फरक थियो? (rs पृ. ३०६ ¶१-४)
न. ४: तन्त्रमन्त्र खेलाउनुमा के खराबी छ?
जून १४ बाइबल पढाइ: लेवी ६-९ गीत १२१
वक्तृत्व कला: अरूलाई उन्नति गर्न मदत गर्ने (be पृ. १८७ ¶६–पृ. १८८ ¶३)
न. १: प्रश्न सोध्नेको दृष्टिकोण बुझ्ने (be पृ. ६६ ¶१–पृ. ६८ ¶१)
न. २: लेवी ७:१-१९
न. ३: हामी कसरी खराबीलाई घृणा गर्न सिक्न सक्छौं?
न. ४: जुन ढंगमा छुडौती दिइयो किन त्यस प्रकारले दिनु आवश्यक थियो?(rs पृ. ३०६ ¶६–पृ. ३०७ ¶२)
जून २१ बाइबल पढाइ: लेवी १०-१३ गीत १८३
वक्तृत्व कला: व्यावहारिक सहयोग दिने (be पृ. १८८ ¶४–पृ. १८९ ¶४)
न. १: तपाईंले कसरी जवाफ दिनुपर्छ थाह पाउनुहोस्(be पृ. ६८ ¶२–पृ. ७० ¶३)
न. २: लेवी ११:१-२५
न. ३: आज्ञा पालन गर्नेहरू सधैंभरि बाच्न सक्नेछन् भन्ने उर्दी परमेश्वरले किन निकाल्नुभएन? (rs पृ. ३०७ ¶३–पृ. ३०८ ¶१)
न. ४: चोरीप्रति यहोवाले कस्तो दृष्टिकोण राख्नुहुन्छ
जून २८ बाइबल पढाइ: लेवी १४-१६ गीत २१६
वक्तृत्व कला: अरूलाई आदर देखाउने (be पृ. १९० ¶१-४)
मौखिक पुनरावृत्ति
जुलाई ५ बाइबल पढाइ: लेवी १७-२० गीत ५४
वक्तृत्व कला: आदरपूर्वक अभिवादन (be पृ. १९१ ¶१-पृ. १९२ ¶१)
न. १: पत्रहरूद्वारा कुराकानी गर्ने (be पृ. ७१-३)
न. २: लेवी १७:१-१६
न. ३: यहोवाको संगठनलाई भरोसा गर्नुहोस्
न. ४: येशूको छुडौतीको लाभ सबैभन्दा पहिला कसलाई लागू भयो र कुन उद्देश्यले? (rs पृ. ३०८ ¶२-३)
जुलाई १२ बाइबल पढाइ: लेवी २१-२४ गीत १३८
वक्तृत्व कला: आदरपूर्ण ढंगमा आफ्नो कुरा बताउने(be पृ. १९२ ¶२–पृ. १९३ ¶२)
न. १: प्रगतिशील हुनुहोस्—उन्नति गर्नुहोस् (be पृ. ७४ ¶१–पृ. ७५ ¶३)
न. २: लेवी २२:१-१६
न. ३: येशूको छुडौतीबाट हाम्रो दिनमा अरू क-कसले लाभ उठाइरहेका छन्(rs पृ. ३०९ ¶१-३)
न. ४: के यहोवा यहूदीहरूको कूल देवता हुनुहुन्थ्यो?
जुलाई १९ बाइबल पढाइ: लेवी २५-२७ गीत ७
वक्तृत्व कला: विश्वस्तताका साथ व्यक्त गर्ने (be पृ. १९४ ¶१–पृ. १९५ ¶२)
न. १: तपाईंको वरदान प्रयोग गर्नुहोस् (be पृ. ७५ ¶४–पृ. ७७ ¶२)
न. २: लेवी २५:१-१९
न. ३: आंतकवादको अन्त कसरी हुनेछ
न. ४ छुडौताको बलिदानको फलस्वरूप भविष्यमा कस्ता आशिष्हरूको आनन्द उठाउन सकिनेछ? (rs पृ. ३१० ¶१-४)
जुला. २६ बाइबल पढाइ: गन्ती १-३ गीत ३०
वक्तृत्व कला: विश्वस्तता कसरी प्रकट हुन्छ (be पृ. १९५ ¶३–पृ. १९६ ¶४)
न. १: के मसीहीहरू डाही हुनु उचित हो? (w-NP०२ १०/१५ पृ. २८-३१)
न. २: w-NP०२ ६/१५ पृ. १८-१९ ¶६-९
न. ३: येशूको छुडौतीबाट लाभ उठाउन हामीसँग के माग गरिएको छ?(rs पृ. ३१० ¶५–पृ. ३११ ¶३)
न. ४: के प्रियजनको मृत्युमा शोक मनाउनु गलत हो?
अग. २ बाइबल पढाइ: गन्ती ४-६ गीत १२८
वक्तृत्व कला: कौशलतापूर्ण तर दृढ (be पृ. १९७ ¶१-३)
न. १: यहोवासामु आफ्ना दिनहरू मूल्यवान् बनाउने(w-NP०२ ११/१५ पृ. २०-३)
न. २: गन्ती ६:१-१७
न. ३: एकअर्कालाई घृणा गर्न छोड्न बाइबलले मानिसहरूलाई कसरी मदत गर्न सक्छ?
न. ४: हामीले आफ्नो जीवन प्रयोग गर्ने तरिकामा छुडौतीले कस्तो असर गर्नुपर्छ? (rs पृ. ३११ ¶४-६)
अग. ९ बाइबल पढाइ: गन्ती ७-९ गीत ३५
वक्तृत्व कला: कौशलतासाथ साक्षी दिने (be पृ. १९७ ¶४–पृ. १९८ ¶५)
न. १: के वर्ग विभाजनरहित समाज साँच्चै सम्भव छ? (w-NP०२ १/१ पृ. ४-७)
न. २: गन्ती ८:१-१९
न. ३: प्रेरित पावलले मसीहीहरू प्रभुको “साथमा रहनेछौ” भनी बताउँदा कुन विषयमा छलफल भइरहेको थियो? (rs पृ. ३१२ ¶१-२)
न. ४: ख्रीष्ट विरोधी को हो?
अग. १६ बाइबल पढाइ: गन्ती १०-१३ गीत २०३
वक्तृत्व कला: सही समयमा सही शब्द (be पृ. १९९ ¶१-४)
न. १: वास्तविक परमेश्वर यहोवामाथि भरोसा राख्नुहोस्(w-NP०२ १/१५ पृ. ५-७)
न. २: गन्ती १२:१-१६
न. ३: के परमेश्वरको न्यायदण्ड उहाँको प्रेम अनुरूप छ?
न. ४: के ख्रीष्ट संसारले देख्ने गरी बादलमा प्रत्यक्ष देखा पर्नुभएर विश्वासी मसीहीहरूलाई स्वर्गमा लैजानुहुनेछ? (rs पृ. ३१३ ¶१-३)
अग. २३ बाइबल पढाइ: गन्ती १४-१६ गीत २०७
वक्तृत्व कला: परिवार तथा अरूसँग कौशलतासाथ व्यवहार गर्ने(be पृ. २०० ¶१-४)
न. १: भिन्नाभिन्नै मनोवृत्ति विकास गर्ने दाजुभाइ (w-NP०२ १/१५ पृ. २१-३)
न. २: w-NP०२ ७/१५ पृ. २३-४ ¶१५-१९
न. ३: के मसीहीहरूलाई तिनीहरूको भौतिक शरीरमै स्वर्ग लैजान सम्भव छ?(rs पृ. ३१४ ¶१-२)
न. ४: *हिंस्रक भिडिओ गेमहरू किन मसीहीहरूका लागि होइनन्
अग. ३० बाइबल पढाइ: गन्ती १७-२१ गीत १५०
वक्तृत्व कला: उत्थानदायी र सकारात्मक (be पृ. २०२ ¶१–पृ. २०३ ¶२)
मौखिक पुनरावृत्ति
सेप्टे. ६ बाइबल पढाइ: गन्ती २२-२५ गीत २२
वक्तृत्व कला: सकारात्मक तरिकामा बोल्ने (be पृ. २०३ ¶३–पृ. २०४ ¶१)
न. १: किन त्यो पुरातन संसार विनाश भयो? (w-NP०२ ३/१ पृ. ५-७)
न. २: गन्ती २२:१-१९
न. ३: के विश्वासी मसीहीहरूको मृत्यु नभईकन तिनीहरूलाई गोप्य तरिकामा स्वर्गमा लगिनेछ? (rs पृ. ३१४ ¶३–पृ. ३१५ ¶२)
न. ४: *मसीही आमाबाबुले किन आफ्ना छोराछोरीलाई पढेर सुनाउनुपर्छ
सेप्टे. १३ बाइबल पढाइ: गन्ती २६-२९ गीत ७१
वक्तृत्व कला: सँगी विश्वासीहरूसित कुरा गर्दा (be पृ. २०४ ¶२–पृ. २०५ ¶४)
न. १: अशक्तताको अन्त कसरी हुनेछ (w-NP०२ ५/१ पृ. ४-७)
न. २: गन्ती २९:१-१९
न. ३: महासंकष्टको दौडान साँचो मसीहीहरूलाई कस्तो सुरक्षा गरिनेछ?(rs पृ. ३१५ ¶३–पृ. ३१६ ¶३)
न. ४: परमेश्वरका प्रतिज्ञाहरू कसरी येशू ख्रीष्टमार्फत हो भएको छ?
सेप्टे. २० बाइबल पढाइ: गन्ती ३०-३२ गीत ५१
वक्तृत्व कला: जोड दिनको लागि दोहऱ्याउने (be पृ. २०६ ¶१-४)
न. १: धार्मिकता छर्नुहोस्, परमेश्वरको दया कटनी गर्नुहोस्(w-NP०२ ७/१५ पृ. २८-३१)
न. २: गन्ती ३०:१-१६
न. ३: केही मसीहीहरू किन ख्रीष्टसँग हुन स्वर्गमा लगिन्छन्?(rs पृ. ३१६ ¶५-८)
न. ४: *किन अश्लील कुराहरूदेखि अलग रहने
सेप्टे. २७ बाइबल पढाइ: गन्ती ३३-३६ गीत १००
वक्तृत्व कला: क्षेत्र सेवकाईमा तथा भाषण दिंदा दोहऱ्याउने(be पृ. २०७ ¶१–पृ. २०८ ¶४)
न. १: साँचो सन्तहरूले कसरी तपाईंलाई मदत गर्न सक्छन्?(w-NP०२ ९/१५ पृ. ४-७)
न. २: w-NP०२ ८/१ पृ. १८-१९ ¶१५-१९
न. ३: #‘के तपाईं स्वर्गगमनमा विश्वास गर्नुहुन्छ?’(rs पृ. ३१६ ¶९–पृ. ३१७ ¶२)
न. ४: रोमाञ्च खोज्ने गतिविधिहरूबाट किन अलग रहने
अक्टो. ४ बाइबल पढाइ: व्यवस्था १-३ गीत १९१
वक्तृत्व कला: मूल विषयलाई विस्तार गर्ने (be पृ. २०९ ¶१-३)
न. १: परमेश्वरको सही ज्ञानमा सान्त्वना (w-NP०२ १०/१ पृ. ५-७)
न. २: व्यवस्था १:१-१८
न. ३: सच्चाइलाई आफ्नो बनाउनुको अर्थ के हो
न. ४. पूरै नयाँ व्यक्ति तथा ठाउँबारे थाह भएको अनौठो अनुभूति हुँदैमा के त्यसले पुनर्जन्म तथ्य हो भनी प्रमाणित गर्छ?(rs पृ. ३१७ ¶३–पृ. ३१९ ¶१)
अक्टो. ११ बाइबल पढाइ: व्यवस्था ४-६ गीत १८१
वक्तृत्व कला: उपयुक्त विषय प्रयोग गर्ने(be पृ. २१० ¶१–पृ. २११ ¶१; पृ. २११, पेटी)
न. १: सा.यु.पू. ५३७ देखि सा.यु.पू. ९९७ सम्म पछिल्तिर गन्दा(si पृ. २८५ ¶५-७)
न. २: व्यवस्था ४:१-१४
न. ३: यूहन्ना ९:१, २ को विवरणले किन पुनर्जन्मलाई प्रमाणित गर्दैन?(rs पृ. ३१९ ¶२–पृ. ३२० ¶२)
न. ४: “आत्मामा मन लगाउनु[मा]” के समावेश छ?
अक्टो. १८ बाइबल पढाइ: व्यवस्था ७-१० गीत ७८
वक्तृत्व कला: मुख्य बुँदाहरूलाई प्रकाश पार्नु (be पृ. २१२ ¶१–पृ. २१३ ¶१)
न. १: सा.यु.पू. ९९७ देखि सा.यु.पू. २३७० सम्म पछिल्तिर गन्दा(si पृ. २८५-६ ¶८-११)
न. २: w-NP०२ ८/१५ पृ. १५-१६ ¶३-६
न. ३: पुनर्जन्म र बाइबलमा दिइएको आशाबीच कत्तिको भिन्नता छ?(rs पृ. ३२० ¶३-४)
न. ४: *यहोवाले धर्मत्यागीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ
अक्टो. २५ बाइबल पढाइ: व्यवस्था ११-१३ गीत ५७
वक्तृत्व कला: धेरै मुख्य बुँदाहरू हुनुहुँदैन (be पृ. २१३ ¶२–पृ. २१४ ¶५)
मौखिक पुनरावृत्ति
नोभे. १ बाइबल पढाइ: व्यवस्था १४-१८ गीत २६
वक्तृत्व कला: चासो जगाउने परिचय (be पृ. २१५ ¶१–पृ. २१६ ¶५)
न. १: सा.यु.पू. २३७० देखि सा.यु.पू. ४०२६ सम्म पछिल्तिर गन्दा(si पृ. २८६-७ ¶१२-१५)
न. २: व्यवस्था १४:१-२३
न. ३: #यदि कसैले भन्छ, “म पुनर्जन्ममा विश्वास गर्छु’ (rs पृ. ३२१ ¶१-३)
न. ४: मसीहीहरूले किन आफ्नो जीवन सरल राख्नुपर्छ
नोभे. ८ बाइबल पढाइ: व्यवस्था १९-२२ गीत १८२
वक्तृत्व कला: क्षेत्र सेवामा मानिसहरूको ध्यान खिच्ने (be पृ. २१७ ¶१-४)
न. १: येशूको पार्थिव बास (si पृ. २९१ ¶१६-१७)
न. २: व्यवस्था २१:१-१७
न. ३: किन यति धेरै धर्महरू छन्? (rs पृ. ३२२ ¶१-पृ. ३२३ ¶२)
न. ४: बाइबल उदाहरणहरूले निरुत्साहसँग सामना गर्न हामीलाई कसरी मदत गर्न सक्छ?
नोभे. १५ बाइबल पढाइ: व्यवस्था २३-२७ गीत १६२
वक्तृत्व कला: परिचयमा तपाईंको विषय चिन्ने (be पृ. २१७ ¶५–पृ. २१९ ¶३)
न. १: येशूको सेवकाईको समय अवधि (si पृ. २९१ ¶१८-१९)
न. २: व्यवस्था २४:१-१६
न. ३: परमेश्वरको समर्थन पाएकाहरूलाई कसरी चिन्ने
न. ४: के साँच्चै सबै धर्ममा असल कुराहरू छन्? (rs पृ. ३२३ ¶३-५)
नोभे. २२ बाइबल पढाइ: व्यवस्था २८-३१ गीत ३२
वक्तृत्व कला: प्रभावकारी समापन (be पृ. २२० ¶१-३)
न. १: प्रेरितहरूका समयको वर्ष गन्ने (si पृ. २९१-२ ¶२०-३)
न. २: व्यवस्था २९:१-१८
न. ३: के आफ्ना आमाबाबुको धर्म छोड्नु उचित हो? (rs पृ. ३२४ ¶१-३)
न. ४: मसीहीहरू किन विनम्र हुनुपर्छ
नोभे. २९ बाइबल पढाइ: व्यवस्था ३२-३४ गीत ४१
वक्तृत्व कला: मनमा राख्नुपर्ने बुँदाहरू (be पृ. २२० ¶४–पृ. २२१ ¶४)
न. १: पावलको दोस्रो मिसनरी यात्रा (si पृ. २९२-३ ¶२४-५)
न. २: w-NP०२ १०/१५ पृ. ११ ¶१०-१३
न. ३: हामीले परमेश्वरको नाउँ पवित्र गर्न सक्ने तरिकाहरू
न. ४: अन्तरविश्वासको सन्दर्भमा बाइबलको दृष्टिकोण कस्तो छ?(rs पृ. ३२५ ¶१–पृ. ३२६ ¶१)
डिसे. ६ बाइबल पढाइ: यहोशू १-५ गीत ४०
वक्तृत्व कला: क्षेत्र सेवकाईमा (be पृ. २२१ ¶५–पृ. २२२ ¶६)
न. १: पावलको तेस्रो मिसनरी यात्रा र अन्तिम वर्षहरू, सा.यु. ५६-१००(si पृ. २९३ ¶२६-३०)
न. २: यहोशू ४:१-१४
न. ३: के स्थापित धर्ममा हुनु आवश्यक छ? (rs पृ. ३२६ ¶२–पृ. ३२७ ¶२)
न. ४: के क्रिसमस मसीही चाड हो?
डिसे. १३ बाइबल पढाइ: यहोशू ६-८ गीत २१३
वक्तृत्व कला: भनाइको यथार्थता (be पृ. २२३ ¶१-५)
न. १: माफी माग्नु—शान्ति स्थापना गर्ने तरिका (w-NP०२ ११/१ पृ. ४-७)
न. २: यहोशू ६:१०-२३
न. ३: किन घर-घरमा प्रचार गरिरहने?
न. ४: के सँगी मानवप्रतिको प्रेम साँच्चै महत्त्वपूर्ण छ? (rs पृ. ३२७ ¶४)
डिसे. २० बाइबल पढाइ: यहोशू ९-११ गीत १३५
वक्तृत्व कला: ‘विश्वासयोग्य वचनमा दृढ रहने’ (be पृ. २२४ ¶१-४)
न. १: आफ्नो हात बलियो बनाउनुहोस् (w-NP०२ १२/१ पृ. ३०-१)
न. २: w-NP०२ ११/१५ पृ. १८-१९ ¶१९-२३
न. ३: के परमेश्वरसँग व्यक्तिगत सम्बन्ध कायम राख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो? (rs पृ. ३२७ ¶५–पृ. ३२८ ¶१)
न. ४: शान्तिमय हुनुको अर्थ के हो
डिसे. २७ बाइबल पढाइ: यहोशू १२-१५ गीत २१०
वक्तृत्व कला: जानकारीको यथार्थतालाई जाँच्ने (be पृ. २२५ ¶१-३)
मौखिक पुनरावृत्ति
*भाइहरूलाई मात्र दिनुहोस्।
#समयले भ्याएमा, स्थानीय इलाकामा सामना गर्नुपर्ने भनाइ, विरोध आदिको जवाफ कसरी दिने, त्यसबारे छलफल गर्नुहोस्।